क्रान्तिकारी पत्रकार संघ नेपालले कृष्णसेन स्मृति दिवशको अवसरमा २०६६ जेष्ठ १३ गते विहान ७ बजे प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कृष्णसेन स्मृति दिवशको अवसरमा प्रभातफेरी कार्यक्रम हुने ।
How we have dinner in saudi ?
NPPF First Bitharit Meeting
Tourism of Nepal
Hamisanga Sena 6
Giving Training
नेपाली जन प्रगतिशील मँच्च साउदी अरबको प्रेस विज्ञप्ती
आज र्तक बिर्तक सहित धेरै कुराहरु मिडियामा आउँदा हामी पनि मिडिमाहरुमा सैदान्तिक रुपमा कमल चलाउने भएको हुनाले चिन्त नबुझेका कुराहरु लेख्ने स्वतन्त्र हरेक व्याक्तिमा छ सोहि अनुरुप सहि सत्य लेख्न उचित हुनेछ हामिलाई लेख्दा बोल्दा वहस गर्दा एँव हरेक ठाउमा सिमा हुन्छ त्यो सिमा भन्र्दा बाहिर गएर मनमा जे आयो त्यो चाहि लेख्न बोल्न या वहस गरेमा गैर जिम्मेवारी हुन जान्छ हामीलाई आशा छ जो कसैले पनि गैर जिम्मेवारी लेख्न बोल्र्दा प्रतिकुल रुपमा कसलाई कति असर पर्छ वा सहि सत्य हो वा होईन छुटत्यार कलम चलानु नै सहि यर्थाथमा वस्तु वादी हुनेछ हामीले भन्न खोजेको साउदी अरबमा ४ लाख नेपालीहरु कामदार छन वर्गिय स्वतन्त्र पनि छ भने धेरै सँग सस्था छन । <!–more–> जस्मा एक मात्र यस्तो सँगठन हो जसले आफू र आपनो सँगठन स्वतन्त्र छैन भन्ने स्प्रस्ट पादै आएको छ नेपाली जन प्रगतिशिल मँच हाम्रो सिमा छ सिमा भन्दा बाहिर हामी जान सक्दैनौ अब छलफल गरौ देश छोडी शार्क देश भन्र्दा बाहिर बस्ने नेपाली गैर आवाशी हुन्छ दुई मत छैन तर शोषणअलपत्रठगी धोका एँव हामीलाई यहाँ सम्म पूराउने मुख्य कारक तत्वो चाईमा दुई मत हुनै सक्दैन तर वस्तुवादी विश्लेशण गर्न सक्नु पर्छ तर त्यो हुन नसक्नु बिडम्वना नै हो।
त्यस कारण पनि जुन जुन देशमा नेपाली श्रमजिवी वर्गहरु छन् त्यहाँ सँग सस्था हुन पनि स्वाविकै पनि हो त्यस अनरुप साउदीमा पनि धेरै सँग सस्थाहरु छन् त्यो मुख्य होईन मुख्य त कुन सँगठनले श्रवहारा श्रमजिवी वर्गको न्याए मुक्ति हक अधिकारको वकालत गर्दछ त्यो चाई मुख्य रुपमा हामीले वस्तुवादी तरिकाले बुमुनु पर्छ । तर तेसो हून सकेन र बर्षाका च्याउ जस्तै मजदूरहरुको श्रमजिवी वर्गको नाममा सँगठन या सँस्था निर्माण भएका छन् हूदै छन र हूने पनि छन् जो साउदी अरबमा पनि देखिुएको छ तर छूत्याउने काम आम श्रमजिवी वर्गको नै हो साउदी अरबमा देखिएका धेरै सँग सस्थाको म अहिले वैचारिक रुपमा शस्लेशण गर्न भन्दा एर्थावमा मजदूर वर्गहरुको हकहित न्याए मूक्तिको लाई हामी सबै सँग सस्था सँग सामु सवालमा सहकार्यको निती जन प्रगपतिशिल मँचले अपनाएको स्पस्ट हूदा हूदै पनि कतिपय कोण बाट हाम्रो अथवा साउदी अरकै सँग सँगठनहरुलाई हस्तक्षेप गर्ने तर्क मिडीयामा आउदा हामी अत्यातै भावूक सम्म भएका छौ र सबै सँग सस्थाहरु पनि भावूक छन वा छैनन त्यो हाम्रो टाउको दूखाई होईन तर जन प्रगतिशिल मँचलाई वैचारिक रुपमा सैदान्तिक रुपमा परिचालन गर्ने ने ए माओवादी पार्टी मात्र हो अरु कूनै पनि हून सक्दैन र सक्ने पनि छैन यसमा NRN ले जून विश्लेशण छ सरासर गलत र भ्रामिक छ यो मँचको निस्र्कश पनि छ सैदान्तिक् रुपमा सहमती हुन नसकेपनी मजदुर हरुको श्रम्जिबी बर्गहरुको हक अधिकार न्याए र मुक्ती लाई मन्च सबै संगठन संघ सस्था हातेमालो गर्ने निती भयता पनि तेस लाई गैर जिम्मेबारी पूर्ण अविब्याक्ति दिन N.R.N को निती पर्ति शंका उपसंका गर्न पर्ने हुन्छ हामी नचाहदा नचाहदै पनि बाद्दे भएर N.R.N को बारेमा टिप्प्णी गर्न ठानेका छौ किन कि N.R.N ले साउदी मा रहेका सबै संघ सस्था संगठन हरुलाई चलाएको अविव्याक्तिले प्रश्न चिनह उठेको छ N.R.N पुजिपती को सेरोफेरोमा रहेको सस्था भएको हुनाले हाम्रो मन्च सर्वहारा बर्गको नेत्रूत्व गर्ने पार्टी को जन बर्गिए संगठन लाई कसरी परिचालन गरेको छ N.R.N ले स्पस्ट पारेको हुनुपर्छ भने अरु साउदीमा प्रबासी सँघ तमु समाज लुम्बिनी मन्च मिलन केन्द्र आदी को बाट परिचालित छन त्यो टाउको दु:खाइ हाम्रो होइन उनै सम्स्था हरुको हो N.R.N को वास्तव मा बिस्लेसण गर्दा हामी गैर आबासिय हौ दुई मत छैन तर गैर आबासिय भयता पनि खास गरी खाडी मुलुक बाट पुजिपती को सेरोफेरो लाई आत्मै ढेखी सुइकार गर्न सक्ने हामी लाई लाग्छ N.R.N मात्र हो फेरी हाम्रो बिस्लेसणमा युरोपेलियेन् देशहरुका N.R.N जुन सस्था छ त्यो खाडीका N.R.N भन्दा केही भिन्न देखिनु स्वभाबिकै पनि छ येस्मा थुप्रो बिसएहरु पनि छन जो आगामी दिन्मा छलफल गर्न पर्छ भन्ने सम्म हाम्रो सोचाइ छ हामीलाई लाग्छ साउदी अरब मा भएका सबै सघ सस्था बर्गिए स्वतण्त्र छ वा छैनन त्यो स्वएम संगठन सस्था को निती कार्येकरम् बाट स्पस्ठ हुन्छ तर जन प्रगतिशिल मन्च बर्गिय छ स्वतण्त्र छैन जनबाद् को साथ् साथ् केन्द्रिय सम्म लागु भएको हुनाले N.R.N को परिचालन् गर्न सवाल नै उठदैन उक्त धर्म K.C ज्यु ले दियको अन्तर्वाता बाट भरम मा नपर्न हामी सम्पूर्ण श्रमजिवी वर्गहरुलाई अनुरोध सम्म गर्न चाहान्छौ स्पस्ट रुपमा भन्नू पर्दा पूजिपति र सर्वहारा निम्न सर्वहारा वर्गको अन्तर बिरोध नै मूख्य अँतर बिरोध हो फेरी त्रिर पक्षय खाडी अन्तर बिरोध नै खाडी मूलूका श्रमजिबी वर्गको निकाश पनि होईन किन कि खाडीमा कार्यरत सबै श्रमजिवी वर्गहरुले दिर्धकालिन रुपमा पूजिवादलाई स्वकार गर्न सक्दैनन तर केहि व्याक्तिहरु पूजिवादलाई तफ रुपान्तर हून खेल खेल्ने प्रयास गर्न सक्छन उक्त संग सस्था वा सँगठनका व्याक्तिहरु यर्थाथमा भविश्यमा खेलाउना नै बन्ने छन त्यस कारण खाडी मूलूकमा हामी गैर आवासीय हौ श्रमजिवी हौ र संग सस्था वा सँगठन सँग आवब् छौ कून संग सस्था वा सँगठनको निति कार्यक्रम बूमुन जरुरी छ त्यसै अनूरुप हामी अगाडी बढेमा हामी सवैको हक अधिकार न्याए मूक्ति र रास्टियता जनतन्त्र जन जिबिका का सवाल लाई आत्म साथ गरौ भन्ने सबै संग सस्था सँगठन श्रमजिवी वर्गहरुलाई नेपाली जन प्रगतिशिल मँाच साउदी अरबले ध्यानर्कण गराउन चाहान्छौ ।
नेपाली जन प्रगतिशील मँच्च
केन्द्रिय समिती
नेपाली जनप्रगतिशिल मन्च साउदी अरब
अत्यन्तै दु:ख र पिडा बाट मुक्ती पाउनको निम्ती आफ्नो ज्यान को प्रबाहा नगरि खाडी मुलुकहरुमा बिदेसी को कानुन को दायरा भित्र रही अहिलेको युगमा पनि दासी जिबन बिताइ रहनु पर्दा हामी श्रमिक बर्गहरु को जिबन अत्यन्तै पिडादायी जिबनबाट गुजारिरहेका छौ । फेरि पनी हामी सहेर देशको परीस्थिती लाई नजिक बाट नियाल्दै अरबको चर्को घाम ,दु;ख र पिडा लाई बिर्सिदै भाबी दिनमा अमन ,चयैन र सु ;ख र शान्ती को प्रतिक्षा गर्दै प्रबासमा बसिरहनु भयका सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुलाई हाम्रो बिगतका ति दिनहरु तितो मिठो जे जसरी बिताउनु भय पनि पुरानो बर्ष २०६५ लाई अन्तिम बिदाइ गरौ नयाँ बर्ष २०६६ को आगमन सँग सँगै यहाँहरुको प्रगती ,सु;ख ,शान्ती को कामना गर्दै न्यानो क्रान्तिकारी लाल सलाम अभिबादन का साथ नयाँ बर्ष २०६६ को अग्रिम शुभकामना ब्यक्त गर्दछौ । साथै नयाँ बर्ष २०६६ मा सम्पूर्ण नेपाली तथा दिदी बहिनीहरुले आफुले चाहेको ,रोजेको र बिशेष गरी राज्य बाट उत्पीडित जाती ,जनजाती बर्ग ,क्षेत्र ,लिङ, बर्गका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले गणतन्त्र नेपालबाट, सदियौ देखी पिल्सिदै आयको समान्ती अभिजात बर्गले चलायको निरन्कुश सत्ता बाट पायको दमन ,शोषण अन्यया र अत्चार बाट पूर्ण रुपमा मुक्ती मिलोस आफ्नो हक ,हित र अधिकारको निम्ती बर्गिय माया लाई मुटुको कुनामा राखी ब्यक्तिगत स्वार्थ भन्दा माथि उठी बर्गिय आन्दोलन लाई अझ उचाइ मा उठाउन शक्ती मिलोस । । । । । । नेपाली जनप्रगतिशिल मन्च साउदी अरब केन्द्रिय कमिटी (दमाम) बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस,शुभ 2066 को अवसरमा सु-शब्द शुभ-कामना. : नयाँ बसन्त को पालुवा ले सजियोस
महासचिव भिम चापागाई नेपाली जन प्रगतिशीलमन्च साउदी अरव, अन्तरवार्ता
महासचिव भिम चापागाई नेपाली जन प्रगतिशीलमन्च साउदी अरव अन्तरवार्ता हामि अहिलेको सामन्तवादी सामाजिक संरचना तथा अनियन्त्रिक पुजीवादबाट किसान तथा श्रमिकहरुको मुक्ति असंभव छ भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । प्रश्न - साउदीमा धेरै संघसंस्था स्थापना हुने तथा विघटन् हुने क्रम जारी छ अहिले पनि कयौंन संघ संगठन कि्रयाशिल छन् यी संस्थाहरुको वावजुद पनि तपाईहरुको संगठन नेपाली जन प्रगतिशील माच साउदी अरव किन आवस्यक पर्यो हामि लाखौं निम्न वर्गिय किसानका छोराहरु जो नेपालमा रोजगारीको अवसरबाट वन्चित छौं । ती विरोजगारी सर्वहारा किसानका छोराहरु मजदुरको रुपमा आफ्नो परीवारीक भरण पोषणको लागि रोजीरोटीको लागि विदेश लागेकाछन् र साउदीमा पनि लाखौंको संख्यामा नेपाली युवाहरु श्रमिकको रुपमा कार्यरत छन् । र यसरी रोजगारीमा बाहिरीएका युवा शक्ति देश विकासको मेरुदण्ड हुन् । उहाँहरुको पनि देश निमार्णमा उत्तिकै जिम्मेवारी रहन्छ र विदेशमा रहेर पनि आफ्नो मातृभूमिको विकासमा कि्रयाशील रहनै पर्छ । जुन विद्यमान नेपाली समाजमा खाडि मुलुकमा काम गर्ने नेपालीलाई अशिक्षित वुद्धिहिन अथवा फगत मालिकका वफादार नोकरका रुपमा हेरेकाछन् र राष्ट्रको आर्थिक सामाजिक तथा राजनैतिक संरचनामा अनिभिग्य हुन्छन् भन्ने एउटा सोच छ अब एक्काइसऔं सताप्दिमा पनि हामि ती उपनामबाट परिचित नहोऔं । अव हामि विचार तथा सिद्धान्त प्रति पनि स्पष्ट रहनु पर्ने छ ॥ हामिले कामको साथसाथमा नेपालको समाजिक संरचना आर्थिक अवस्था तथा अहिले सम्म किन नेपाल विस्वकै गरीव हुन पुग्यो त यसको वारेमा अध्ययन गरी वैचारीक रुपमै स्ष्ट हुन जरुरी छ । हामि यहाँ रहेका श्रमिक नेपालीहरुमा हामि विदेशमा आएर विदेशिको गुलामि गर्नुको मुख्य कारक तत्वको वारेमा सैद्धान्तिक ज्ञान हासिल गर्न सक्तैनौ तव सम्म आफ्नो मुक्ति देख्दैनौं मक्तिका बाटाहरुमा अलमल पर्छौ जसले हाम्रो पुस्तौ सम्म असर परी राखेको हुन्छ । त्यसैले हामि अहिलेको सामन्तवादी सामाजिक संरचना तथा अनियन्त्रिक पुजीवादबाट किसान तथा श्रमिकहरुको मुक्ति असंभव छ भन्ने कुरामा स्पष्ट हुन जरुरी छ साथै समाजवादी पुजीवादको विकास र आधुनिक समाजको विकासबाट मात्र सर्वहारा वर्गको पुर्ण मुक्ति गर्न सकिन्छ र त्यो जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र नेपालबाट पुरा गर्न सकिन्छ । जुन रोडम्याप अहिले सरकारको नेतृत्व गरी रहेको नेकपा माओवादीले मात्र गर्न सक्छ भन्ने कुरामा हामि स्पष्ट हुनुपर्छ र नवुझेका साथिहरुलाई वैचारीक खुराक दिई आधुनिक नेपालको निर्माणमा आफ्नो सहभागिता र सहयोग जरुरी रहन्छ । दोस्रो कुरा यहाँ कार्यरत श्रमिकहरुमा धेरै समस्याहरु छन् । कुनै व्याक्तिगत छन त कुनै सामुहिक अथवा संगठित समस्याहरु छन् । यहाँ कार्यरत नेपाली श्रमिक हरुको हक हित तथा मानव अधिकार प्रति देखिएका समस्याहरुलाई समाधान गर्न सैद्धान्तिक उपायहरु खोजी गरी दिर्घकालिन समाधानको बाटो खोज्नु हो । र अहिले सम्म यी माथिका समस्याहरुमा यो भन्दा पहिलेको संघ संगठनहरुले दिर्घकालिन उपायहरुको खोजीको काम गरेनन् र उहाँहरुको मुद्धा यो रहेन पनि साथै उहाँहरु मनोगत सामाजिक संस्थाको रुपमा चिनाउन चहानु भो समस्याको पहिचान र दिर्घकालिन महत्वकांक्षि लक्ष्य लिएनन् जस्ले मजदुरहरु संगठित हुनुको औचित्य दिखिएन त्यसैले यहाँ प्रगतिशील तथा क्रान्तिकारी विचार भएका साथिहरुले राजनितिक तथा सामाजिक सेवाको उदेस्य लिई नेपाली जन प्रगतिशील माच साउदी अरव गठन गरीएको हो । यो आवस्यक्ता पनि हो । प - त्यसो भए के नेपाली जन प्रगतिशील माच साउदी अरव नेकपा माओवादीको अधिकारीक साउदी कार्य क्षेत्र रहेको भातृसंस्था हो निश्चय पनि हामिले राजनितिक उदेस्य राखेर नै माच गठन गरीएको हो । हामिले अन्य संघ संस्था भन्दा भिन्न उदेस्य राखेर निर्माण गरीएको हो । नेपालको आर्थिक विकास विद्यमान समाजिक संरचनालाई आमुल परिवर्तन तथा सर्वहारा मुक्तिको लागि नयाँ नेपालको आवस्यक छ र त्यो निर्माणको अभियानमा यहाँ रहेका नेपाली श्रमिक संगठित गरी रचनात्मक ढंगमा कि्रयाशील तथा कर्तव्यनिष्ट गराउने हो । श्रमिकहरुको जीवनलाई कि्रयाशील उत्पादनशील विवेकशील अनुशासीत परीवार प्रति जिम्मेवारी वोध तथा राष्ट्र प्रति वफादार बनाउनु हो । कति सम्म विकृति यहाँ छ भने आफ्नो सम्पुर्ण कमाई र_िक्स र जुवा तासमा हानेर वर्षौं सम्ममा हल्लेर बसेका व्याक्तिहरु पनि छन् । ती व्याक्तिहरुलाई आफ्नो पारीवार प्रति जिम्मेवार तथा राष्ट्रप्रति वफादार बनाउनु पर्ने पनि छ ,त्यसैले सांस्कृतीक आन्दोलनबाट यी समस्या पनि हल गरीने छ । यो माच पार्टी भातृ संस्थाको रुपमा मात्र नबसेर यसले पार्टीमा देखिएको विचलनलाई खवरदारी गर्ने काम पनि आफ्नो बलबुतोले भ्याए सम्म गर्नेछ । प- नेपाली जन प्रगतिशील माचले साउदी अरबमा देखिएको जल्दोबल्दो समस्या के के हुन् अब यो समस्याहरुको विस्तृत वर्णन गर्दा त एउटा दास्तावेज बन्छ र हामिले यहाँको समस्याहरुलाई बुँदागत ढंगले कडाईका साथ सम्बन्धित निकायमा ज्ञापनपत्र केहि हद सम्म त हामिले प्रस्तुत पनि गरी सक्यौं । अब तपाईले सोधे पछि उत्तर दिनै पर् यो । मुल समस्या त यहाँ श्रमको शोषण नै छ । थोरै पारीश्रमिकमा कडा काम गर्नु पर्ने अवस्था छ । यो समस्या यहाँको कम्पिनि मालिक तथा नेपालको मानव तस्कर र मेनपावर एजे_िन्सहरु नै हुन् । नेपालको मेनपावर एजे_िन्सहरुले श्रमिक उपलव्ध गराउँदा यहाँको कम्पनि सँग श्रमको मुल्यको उचित पारीश्रमिक नमागेर यहाँबाट जाने कम्पनिको एजेन्टलाई उल्टो मेरा यति संख्यामा कामदार छन् यी कामदार लिईदिएको वापत यति कमिसन दिन्छु भन्ने जुन मानव तस्करको अपराध पुर्ण कार्यहरु छन् त्यो नै मुख्य दोसि हो । त्यो कार्यले गर्दा यहाँ नेपाली श्रमिकहरुले जति सम्मान जनक पारीश्रमिक पाउनु पर्ने त्यो पाईरहेका छैनन् र यहाँ व्यवास्थापकले नेपालको त्यो दुर्गति नजिकबाट नियालि रहेकोले गर्दा यहाँ मजदुरहरुले शारेरिक तथा मानसिक शोषण खाईरहनु पर्ने अवस्था छ । अर्को कुरा यति धेरै रिमेतेन्स भित्राउने वैद्धेसिक रोजगारीमा संलग्न श्रमिकहरु वापत जवाफ देहि छैनन् । श्रम मन्त्रालयबाट नै नक्कली श्रम सझौतालाई स्वीकृति दिईरहेको अवस्था छ जुन भिसाबाट आएको व्याक्तिले यहाँ आएर उक्त श्रम सझौता अनुसार काम नपाएर अर्कै सम्झाउता गरी काम गर्न वाध्यछन् । यो तडकारो समस्या हुन् र यसमा नेपाल सरकार र नेपाल एम्बासिले तत्कालै एक्सन लिनु पर्छ । नत्र भने यहाँ नेपालीहरु ठगिने काम रोकिने छैन कम्पनि प्रोडक्सनमा आएको मान्छे उठ र भेँडा चराउन वाध्य हुनेछन् । अर्को महत्व पुर्ण कुरा यहाँ श्रमिकहरुको लाइफ इन्स्यूरेन्स गरीदैन या गरे पनि कम्पनि आफैले लिने गर्छन्र पिडित व्याक्तिलाई दिईन्दैन । अंगभंग भएका तथा मृत्यू भएका व्याक्तिको परीवारलाई कुनै राहत दिईन्दैन यो समस्याको तत्काल समाधान खोज्न जरुरी छ साथै गैर कानुनि रुपमा आएका चेलीवेटीहरु माथि हुने यौन जन्य शोषण छन् यसलाई पनि वैधानिक समाधानको खोजी गरीने छ । प - यहाँ केही संघ संगठनहरुले आफ्नो सदस्यहरुबाट विभिन्न नाम गरी रकम उठाएर भागेका छन् अहिले यहाँ संघ संगठन त टाठाबाठाहरुले सोझा सिधाहरुलाई ठगेर खाने माध्यमको रुपमा लिएका छन् ती म्रमहरु तपाईहरु कसरी चिर्नुहुन्छ यस मामला संग हामि अनभिग्य छैनौ ती केही संघ संस्थाका प्रमुखहरुले जसरी पैसा उठाएर ठगि गरे त्यो अत्यन्त निन्दानीय घृणित तथा तिरस्कृत कर्म हो निश्चित रुपमा हामि जानेर नै ती सिमित भ्रष्टचारी तथा ठगिहरुले बनाएको तिरष्कृत फहोरको डंगुरबाट एउटा नयाँ विरुवाको थालनी गरीएको छ । जस्ले ती पुराना भ्रमहरुलाई चिर्दै यावत श्रमिकहरुको समस्याहरु संग सर्घष गरी मजदुरको हकहित स्थापना गर्ने छ र तमाम मजदुर वर्गको मनको ढुक ढुकी बन्ने छ । हामि निश्चित विचार र सिद्धान्तमा गोलबन्द्ध गरी स्थापना भएका हौं र यहाँ आउनुहुने नयाँ साथिहरु पनि वर्गीय मुक्तिको संघर्ष संग सहमत भएकोले एउटा विचार र लक्ष्य लिएर संगठित भएको संस्थामा कडा अनुशासन हुन्छ र त्यो अनुशासन तोडेर भ्रष्टचार गरे यात कुनै अन्या गम्भिर गल्ति गरेमा त्यो यहाँ मात्र होइन नेपालमा पनि डन्डित हुने छ किनकी यो माचलाई हेर्ने उपल्लो निकाय पार्टी छ यसलाई छलेर कसै पनि बाँच्न सक्तैन । प- हुन त सवै संघ संस्थाहरुले मजदुरहरु कै अधिकारको लागि भन्छन् तर तपाईहरु चाहि कसरी यहाँका समस्याहरुलाई नेपालमा रहेको सम्बन्धित दोषिमा पुर् याउनु हुन्छ तपाईले धेरै महत्वपुर्ण प्रश्न सोध्नु भो यसको लागि हामिले एउटा योजना तयार गरकाछौं कि विदेसमा कार्यरत श्रमिकहरुको हक तथा अधिकारको संरक्षण साथै नेपाल र नेपाली जनताहरुको मुक्ति तथा विकासकोलागि विदेसमा रहेर पनि अहोरात्र संघर्षरत सदस्यहरुको भविष्य र विभिन्न देसहरुमा रहेको नेपाली जनप्रगतिशिल माचहरुको आवाजलाई संगठित गरी निस्चित रुपमा नेपाली सरकार तथा पार्टी सम्म वैदेसिक रोजगारीमा रहेका नेपालीहरुको आवाजहरुलाई पुर् याई जोडदार रुपमा श्रमिकको पक्षमा कार्यन्व्यन गर्ने उदेस्यले यो संगठनको आवस्यक्ता महसुस भएको हो । यस संगठनको स्थापनाबाट नेपालमा रहेका आफन्तजनहरुलाई पनि विदॆसमा रहेका आफन्तहरुका खोजखवर तथा भईपरीआउने विपतिमा यस संगठनको परामर्श तथा सहयोग पछि सम्वन्धित देसको नेपाली जन-प्रगतिशिल माचको सहयोग लिई सेवा पुग्ने हाम्रो ठहर छ । यसले भिविन्न देसमा रहॆको नेपाली जन-प्रगतिशिल माचको प्रभाव र विस्वास बड्ने तथा वैदेसिक रोजगारीमा संलग्न श्रमिकहरुमा यो संरक्षक संगठनमा चाडै परीवर्तित भई चाडैनै लोकपि्रय तथा ढुकढुकि बन्ने छ । यसको स्थापनाको लागि अन्य देशहरुमा रहेको नेपाली जन-प्रगतिशिल माच लाई परामस्र र सम्पर्कको लागि आव्हान गरीएको पनि छ । यसका उदेस्यहरु बुँदागत रुपमा भन्न चाहान्छु क, मुलुककॊ स्वर्वाङगिन विकास गरी नयाँ नेपालको रुपमा स्थापित गर्नलाई निरन्तर संघर्षरत नेकपा माओवादीको िस¢ान्तमा प्रतिवद्ध रोजगारीको क्रममा विदेसमा रहनुहने नेपालीहरुलाई आव¢ गरी पार्टीको संघर्षमा ऐक्यव¢ गरी संगठित गर्ने । ख, वैदेशिक रोजगारी अस्थाई हो जो कोहि पनि नेपाल फर्किनु पर्छ तर विभिन्न देसमा माउ पार्टीको विचार प्रति संगठित तथा श्रमिकहरुको हितमा अहोरात्र खटिएका नेपाली जनप्रगतिशिल माचहरुको सदस्यहरु नेपाल फर्किए पछि के गर्ने त भन्ने समस्या हुनेछ । पार्टीले पनि तुरुन्त जिम्मेवारी नदिनेहुँदा व्याक्तिमा भएको जोस र विचार पनि मर्न सक्छ यसले अप्रत्यक्ष रुपमा माउ पार्टिलाई नै वेफाइदा गर्दछ । त्यसैले यदि यस माच नेपाली जनप्रगतिशिल माचहरु को सदस्यहरु नेपाल जाँदा अन्योलमा नपरोस र तत्कालै जिम्मेवारी पाउस भन्ने हो । यसले जहिले पनि सम्वन्धित व्याक्तिको जोस र जाँगरलाई याथावत राख्दै पार्टी संगठनमा लाग्ने एउटा प्लेट फर्म पाउने छ । ग ,नेपाली जनप्रगतिशिल माचहरुको कल्याणकारी विपत्ति कोषहरुलाई नेपालमा सम्वन्धित व्याक्तिहरुमा पुराउन म¢त गर्दछ जसले आम नेपालीहरुमा यो माच प्रति सकारात्मक धारणा फैलिने छ । घ, नेपाली जनप्रगतिशिल माचहरुको पदाधिकारीहरु र सदस्यहरु आफ्नो श्रमिकहरुको हक र अधिकारहरुलाई सरकार संग कार्यन्वयन गर्नुपरेमा नेपाल सम्म आउने तत्कालै सम्भव न्यून हुने हुदाँ यस कार्यको निम्ति नेपाल मै रहेको विस्व नेपाली जनप्रगतिशिल सम्पर्क माचको नेतृत्वले पुरा गर्नेछ यसो भएमा हामिले बाहिरबाट पनि नेपाल सरकार संग दबाव मुलक कार्यक्रम संचालन गर्न सकिनेछ । ङ, नेपाली जनप्रगतिशिलमन्चहरुको आर्थिक कोषहरुलाई नेपालमा लगानी गर्न संभाव्य स्थानहरुको खोजि तथा संरक्षण गर्न म¢त गर्दछ । च वैदेशिक रोजगारीमा आश्रित परिवारहरु हक र हितमा संघर्ष तथा विदेस जाने क्रममा नेपालको मेनपावरबाट ठगिएकालाई कानुनि तथा भौतिक सहयोग गर्नेछ । साथै विदेसमा दुर्घटना ,आकस्मात मृत्यू ,जेल परेकाहरुको रिहाई तथा विभिन्न गतिविधिमा संलग्न रहेर पक्राउ परेका नेपालीहरुको मानव अधिकारको रक्षाको लागि यस संगठनले सम्वन्धित परीवारलाई नेपाली जनप्रगतिशिलमन्चहरु संग परामस्र गरी सहयोग गर्नेछ यसले गर्दा हाम्रो प्रभाव र विस्वास अझ विस्तार हुने म¢त गर्दछ । यसरी हामि हाम्रो कार्यक्रम र योजनाहरुलाई आफ्नै सन्यन्त्रबाट लागु गर्ने एउटा नविन विचार लिएका छौं र यो कार्ययोजना यो भन्दा पहिले अरु संघ संंस्थाले नल्याएका कारण असफल भएका हुन् तर हामि यथास्थितिबाट माथि उठेर प्रगतिशील कार्य योजनाहरु ल्याएका छौं । खाडीमा अनेक संगठन सस्थाहरु छन् के बामपंथी बिचार राख्ने संगठन छन् त । उत्तर . यदि त्यस्ता संगठन भएको भए अरु संगठनहरुको निर्माण जरुरी थिएन फेरी नभएता पनि स्वतन्त्र बामपंथी बिचार राख्ने धेरै शक्तिको रुपमा युवाहरु छन् । तपाईहरुको बिच एउटा कुरा राखौ कुनै पनि देशमा सच्चा माक्शवादी कम्युनिस्ट पार्टी एउटा बाहेक अरु हुदैन र उक्त पार्टीले मा ले मा बादी सिद्धान्तलाई आत्मसाथ गरि सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने राजनितिक पार्टीको रुपमा निती निर्माण संगै देश को अवस्था अनुरुप क्रन्तिको बाटो अपनाउँछ त्यसै अनुरुप लेनिनको पार्टीले बोल्सेविक हरुले अक्टुवर क्रन्तिर क्रन्ति नचाहाने गैर कम्युनिस्ट ले मेन्शेबिक लेनिन पार्टीबाट बिवाजन भई पतन माओले सर्वहारा जनवादी सास्कृतिक क्रन्ति नेपालमा माओवादी द्धारा जनयुद्ध द्धारा सामंतवाद को अंत्य सङघिय लोगतान्त्रीक गणतन्त्र स्थापना आदी बिषय बाट पनि हामी सजिलै मुल्याकन गर्न सकिन्छ । यदि आफ्नो पार्टीलाई कम्युनिस्ट को वकालत गरि माक्शवादी हौ भन्नु माक्शवादी सिद्धानतलाई तोडमोड गर्नु सम्शोधन हो उत्त पार्टी कम्युनिस्ट हुन सक्दैन्न यस्लाई माओले त यस रिबिश्लेशण गरेका छन् । जनता राष्ट्र एवं तमाम खाले पिडिीत वर्गहरुको प्रतिनिधी त्यो गर्ने कम्युनिस्ट पार्टी र पार्टी को मातहातमा जनमुक्ति सेना र सम्युत्य मोर्चा द्धारा ई तिन छोडी बनन्दुकको नाल मा टिकाई राखेको राज्यसत्ता बन्दुक बाट कब्जा गर्न पर्छ त्यहि नै जनवादी राज्य ब्याबस्था हुन्छ र मुक्ति कामी जनताका समस्याको पनि हल हुन्छ । उक्त भनाईलाई सहि माक्शवादी कम्युनिस्टहरुले अनुसरण गरेकै हुनु पर्छ तव कम्युनिस्ट को वकालत गर्ने अधिकार हुन सक्छ त्यस कारण पनि एउटा देशमा कम्युनिस्ट पार्टी एउटे हुन्छ । उक्त मात्र हातमा गठन निर्माण गरिने जनवर्गिय संगठन बामपंथी बिचारका नै हुन्छ । बैधानिक रुपमा सामंन्य समराथन गरेता पनि अबैधानीक रुपमा उक्त पार्टीर उसका जनवर्गिय संगठन नङ्ग र मासु को जस्तै सम्वन्ध जस्तै हुन्छ । त्यस्तै कारण संसार धेरै मुलुकहरु जस्तै स्वतन्त्र बामपंथी बिचार राख्ने ब्याक्ति समुहलाई बैचारिक रुपमा एकता हुँदै सच्चा कम्युनिस्ट पार्टीको जनवर्गिय संगठन साउदीमा पनि नेपाली जन प्रगतिशिलमन्च गठन हुनु स्वाबिकै हो र थप रहेको संघ सस्था हरुलाई पनि अथवा सबैखाले मानिसमा एक खाले बहस सुरु हुन थाल्नु पनि स्वाबिकै हो । प - नेपाली जनप्रगतिशिलमन्च को विस्तार र सांगठानिक ढाँचावारे छोटकरीमा भनी दिनु हुन्छ की उत्तर - नेपाली जन प्रगतिशीलमन्च स्थापना भएको करिब १बस्रको अन्र्तरालमा जुवेल दमाम कतिफ अरअर र रियादमा कमिटहिरु गठन भई सकेका छन् र खोबार हपुफ खोबर यान्बु जेद्धा र अलकासिममा बृहत क्षेत्रिय कमिटी गठन गर्ने चरणमा पुगी सकेका छौ साथै हाम्रो सांगठानिक स्वरुप केन्द्रिय कमिटि क्षेत्रिय कमिटी इलाका कमिटी र इकाई कमिटीको व्यवस्था छ । अन्तयमा केहि भन्न चाहानु हुन्छ की । उत्तर . अहिले सम्म देश को जनताको अनेक समस्या मध्ये बैदेशिक रोजगारमा रहेका श्रमजिवी गर्वको जुन समस्या छ । दिन प्रतिदीन दिनानु बिकरल बन्दै गएको कसै बाट लुकेको छैन हामी संवन्धित सबै निकायहरुलाई बिनम्ब्र अनुरोध साथ उक्त कृयाकलावमा लागी श्रमजिबी युवा वर्गहरु माथी जुन खेलवाड गरिएको छ त्यस्ता अपराधी जोसुकै लाई पनि कानुनको दायारामा ल्याई डण्ड सजाय दिने प्रावधान अगाडी ल्याउदै आगामी दिनमा लेखिने ऐनमा बैदेशिक श्रमजिबी युवावर्गहरुको हकहित न्याए ऐन मा खाका कोरि मुर्तरुप दिनु पर्नेमा बैदेशिक रोजगारमा पिडित रहेको देशका कर्णधारहरुले आ आफ्नो ठाउँ बाट सल्लाह सुझाब एवं खवरदारी संबिधान सधा प्रतिनिती हरुलाई दवाब दिदै साझा एजन्डमा कार्यगत एकता गर्दै बैचारिक रुपमा एकताको नेपाली जन प्रतिशिलमन्च सबै खाले बिचार बोकेका युवा श्रमजिबी वर्गलाई अपिल गर्न चाहान्छु न्याय प्रेमी प्रगतिशील तथा क्रान्तिकारी विचारधाराका सम्पुर्ण साथीहरु यदी यस मन्च मा आवद्ध हुन चहानु हुन्छ भने फोन नं। ०५५७३२०७४५तधा ०५०५५४२८१४ अर्थात njpmksa@yahoo.com मा इमेल गरी सम्पर्क गरी दिनहुन अनुरोध गर्दछु ।
साउदी अरबमा एक महिला को मृत्यु
साउदी अरबमा एक महिला को मृत्यु झापा जिल्ला ,बिर्तमोड बाट रोजगारको क्रममा साउदी अरबमा आइपुगेकी राम माया लिम्बु साउदी अरब आइपुगेको २९ दिन को दिन आफ्नै कोठा मा झुन्डियर मरेको अवस्था मा फेला परेको समाचार प्राप्त भयको छ । नेपाली राजदुताबास प्रथम सचिब खड्ग दाहाल ले बताउनु भएको अनुसार निज राम माया लिम्बुलाई छिमिकी मुलुक भारतको बाटो हुँदै दलालहरुले घरेलु कामदारको निम्ती पठाएको र साउदी अरब आइपुगेको दिन देखीनै बच्चा लाई सम्झिदै रुने कराउने ,घर पठाइदेउ भनेर चिच्याउने घर बाट भाग्ने कोशीस गर्दा साउदीले समातेर घर भित्र राखेको र साउदी ले यस्लाई राख्नु हुन्न भनेर टिकेट लियर रेडी गरेर राखेको जुन दिन टिकेट लियर तयार गरियो त्यही दिन राती आफ्नै कोठा मा झुण्डियर मरेको समाचार दुताबास मार्फत प्राप्त भयको छ । मानब तस्करीहरुको सन्जाललाई चक्नाचुर नगरिकन नेपाली युबा युबतीहरु मुक्त हुन सकिदैन आज राम माया लिम्बु को यो गती भोली अरु कती नेपाली चेलीहरुले भोग्नु पर्ने हो यो अवस्था सम्पूर्ण गणतान्त्रिक नेपालका सचेत नागरिकहरु किन मौन बस्छ? महिला मात्रै हैन पुरुष पनि आत्मा हत्या गरेर मरिरहेको छ। मुख्य जड् मानब तस्करहरुनै हो त्यसैले तस्करीहरु निर्मुल गर्न नेपाली जनप्रगतिशिल मन्च साउदी अरब हर दम प्रयासरत गरी रहेका छौ । आउनुहोस् हामीलाई तपाईं हरुले सहयोग गर्नुहोस् हामी तपाईंहरुलाई स्वागत गर्दछौ
नेपाली तमाङ समाज साउदी अरेबियाको
नेपाली तमाङ समाज साउदी अरेबियाको स्थापना देखी नै बिबिध कार्यक्रम सन्चालन गर्दै तमाङ समाज साउदी अरबमा पनि सकृया रुपले आफ्नो समाज को बिस्तार् गर्दै अगाडि बड्ने जमर्को का साथ हिजो दल्लाको खुद्रियामा ११ सद्स्य इकाइ कमिटी को गठन गरियको छ ।केन्द्रिय कमिटी सल्हाकार ,यम बोम्जन, केन्द्रिय कमिटीको माहासचिब ,डम्बर योन्जन ,सचिब भक्त लामा को बिशेष उपस्थितीमा चन्द्र दोङ को सयोजक मा उपाध्यक्ष ,ईन्द्र लो ,सचिब, सानु भाई बल ,सह सचिब मान बहादुर ग्लान ,कोषाद्यक्ष उध्दब घिसिङ ,सद्स्यहरुमा क्रमस ;शुक्र राज वाइबा , तारा वीर पाख्रिन ,ब्रिष घिसिङ ,लीला बोम्जन ,प्रताप सिङ गोम्बा ,सोमलाल मोक्तन ,सल्हाकार प्रेम बोम्जन र निर बोम्जन को चयन गरियको छ । यम मोक्तन ले तमाङ को परम्परा ,धर्म को बारे मा बोल्नु भाको थियो भने डम्बर योन्जन ले संगठ्न को खाचो र देश बिकास मा पनि जोड दिनु भाको थियो ,भने कार्यक्रमको सन्चालन बैरागी ले गर्नु भाको थियो ।
नेपाली जनप्रगतीशिल मन्च साउदी अरब को कतिफमा
नेपाली जनप्रगतीशिल मन्च साउदी अरब को कतिफमा क, भिम चापागाइ र मन्चको केन्द्रिय कोषाध्यक्ष क , प्रेम लामा को बिशेष उपस्थीतिमा क ,नारान वाग्ले को बिशेष पहल मा कतिफ क्षेत्रीय कमिटी को गठन गरियको छ । माहासचिब क , भिम चापागाइ ले नेपाल को वर्तमान राजनिती र साउदी अरबमा यस मन्चको आवश्यकता र संगठन को महत्व बारे प्रकाश पार्नु भाको थियो भने क ,प्रेम लामा ले सङगठनको योजना र भाबी कार्यदिशा को बारे र केन्द्रिय सदस्य क , नारान वाग्ले जि ले हामीहरु देश बिकास र नयाँ नेपाल निर्माण गर्न को निम्ती संसार को जुन सुकै कुना कप्चामा बसेर श्रम गर्ने नेपाली युबाहरुको दाईत्व र सचेत नेपाली नागरिक हरु लाग्नै पर्छ भन्नु भयको थियो । ब्यापक बहस र छलफल पछी सबै उपस्थित श्रमजिबी मजदुर बर्गहरुको भेलाले सर्ब सम्मत रुपमा १५ सदस्य टोलीको गठ्न गरियको छ ,जस्मा पदाधिकारीहरु को नामवली अध्यक्ष ,नारान वाग्ले उपाध्यक्ष , हस्त बहादुर लामा सचिब , रेवन्त सिन्जाली सह-सचिब , प्रताप चौधरी कोषा-ध्यक्ष , शिव परीयार सदस्यहरु क्रमश ; हिराराम महर्जन दिपक श्रेष्ठ राजेन्द्र श्रेष्ठ गणेश बि क प्रकाश सुनुवार ज्योती राइ लाला् बि क
नेपाली जनप्रगतिशिल मन्च साउदी अरबमा वार्षिक उत्सब भव्यताका साथ मनायो
नेपालको २५० बर्ष सम्म निरन्तर नेपाली जनतालाई लादियको निरकुश राजतन्त्र र देशी बिदेशी प्रतीकृयाबादीहरुको बिरुद्ध अन्यया खेपी रहेका उत्पिडित जनताहरुको साझा समस्यालाई बर्गिय संघर्ष् मार्फत नेपाल र नेपाली जनतालाई अन्याय र अत्याचारको जालो बाट मुक्त पार्न सकिन्छ भन्ने निषकर्श निकालियर २०५२ साल फाल्गुन १ गते महान जनयुद्धको उधघोश गर्दै नेपालमा महान जनयुद्धको थालनी गरेको थियो जनयुद्ध को तिब्र बिकासले नेपालमा गरीब जनता माथि जबर्जस्ती लादियको २५० बर्षको निरकुश राजतन्त्रको अन्त्य भयको छ । यसै अबसरमा हिजो नेपालको महान जनयुद्धलाई आत्मसाथ गर्दै निरन्तर सहयोग गर्दै आबश्यक अनुसार युद्धमा होमिदै आयको नेपाली जनता को छोरा छोरीहरु आजको दिन लाई महान उत्सब को दिन मान्दै संसार भर छरियर बसेका नेपालीहरुले १४ बर्षको वार्षिक उत्सब अत्यन्तै उत्सहित का साथ मनायको छ । महान शहीद हरु प्रती १ मिनेट श्रादान्जली अर्पण गर्दै कार्यक्रम ॠषि राम गैरे ले सन्चालन गर्नु भयको थियो भने कार्यक्रम नेपाली जनप्रगतिशिल मन्च को अध्यक्ष मान बहादुर लिम्बु को अध्यक्षतामा सम्पन्न गरेको थियो र उपस्थित सबै महानुभावहरु लाई मन्च का माहसचिब भिम जि ले स्वागत मन्त्ब्य गर्नु भाको थियो र मिनापोर्ट एकाइ बाट बिबेक लामा ,जुबेल एकाइ बाट श्री राम ढकाल कतिफ बाट नारायण वाग्ले ,दमाम बाट कुमार कार्की जि ले नेपालीले साउदीमा झेलीयको समस्या लाई राजनैतिक तबर बाट मात्रै समस्या हल गर्न सकिन्छ भन्नु भयको छ । साउदी अरब बाट पनि नयाँ नेपाल को निर्माण गर्न सक्दो सहयोग गर्ने बचन गर्दै देश को निम्ती आफ्नो एक महिना को परिश्रम नेपालीजनप्रगतिशिल मन्चका केन्द्रिय सदस्य नारायण वाग्ले जि ले नेपाली जनप्रगतीशिल मन्च मार्फत सहयोग गर्ने आफ्नो प्रतिबद्ता जाहेर गर्दै सम्पूर्ण युबा बर्गहरु लाई देश ले के दियो भन्दा पनि, देश लाई हामी ले के दिन सकिन्छ भन्ने तर्फ सबै को ध्यान आकर्षण हुनु पर्ने बिचार ब्यक्त गर्नु भाको थियो भने नेपाली जनप्रगतीशिल मन्चको केन्द्रिय सद्स्य कमरेड बि बि खड्का ले ने क पा माओवादी को जनयुद्ध को ईतिहास , आन्दोलन र बिकास बारे बोल्नु भाको थियो भने यसै मन्चका केन्द्रिय सदस्य रोहित जिरेल ले १९५० को असमान सन्धी ले देश बिकास गर्न नसकियको धारणा ब्यक्त गर्नु भाको थियो। नेपाली जनप्रगतीशिल मन्च साउदी अरब केन्द्रिय कमिटीका अध्यक्ष कमरेड मानबहादुर लिम्बु ले देशको राजनैतीक परिवर्तन स्वीकार्न नचाहने को बिरुद्ध हामी जहाँ बसे पनि आवाज बुलुन्द गर्नै पर्छ ,परिवर्तन मात्रै हैन आमुल परिवर्तन को दिशामा हामी युबाहरु सचेत भयर अगाडि बढनु पर्छ भन्नुभयो भने जनमुक्ती सेना देश र जनताको मुक्तीको निम्ती बलिदानी भावका साथ लडेको सेना लाई यथास्थीतीमा बसेर रम्न चाहने प्रतिकृयाबादीहरुले जनताको सेना जनमुक्ती सेना लाई सेनामा समायोजन गर्नु भन्दा पनि विभिन्न षड्यन्त्र रची शान्ती प्रकृयालाई तर्किक निषकर्शमा भाजो हाल्ने जुन प्रकार को षडयन्त्र गरी रहेको छ,भन्दै अब हामी युबाहरुले बिदेशबाट पनि आवाज बुलुन्द गर्नु पर्छ भन्दै प्रगतिशिल बिचार भयका सम्पूर्ण युबा बर्गहरु लाई नेपाली जनप्रगतिशिल मन्चमा गोलबन्द गर्दै शसक्त आवाज बुलुन्द गरेरै छोड्ने बिचार ब्यक्त गर्नु भयको छ ।
नेपाली जन प्रगतिशील माच साउदी अरबले राजदुत समक्ष आप्ाु्नो ज्ञापन पत्र पेश -
पुर्ण अंश भित्र ज्ञापन पत्र श्रीमान महामहिम राजदुत हमीद अन्सारी ज्यू नेपाली राजदुताबास साउदी अरब रियाद उपरोक्त सम्बन्धमा हामी सबैलाई अवगत नै छ । नेपाल एउटा स्वतन्त्र देश भएता पनि अर्ध सामन्ति अर्ध उपनवेशीक सामाजिक संरचनाको परिवेशमा टिकाई राखेको व्यवस्था बाट नेपाल र नेपाली जन्ाताको पुर्ण रुपमा असन्तुस्ट भएको मुल्यांकन गरि उक्त प्रतिगामी शक्तिहरुले सडि रहेको सामन्तवादी चरित्रलाई त्याग्न आनकानी गरेता पनि नेपाल र नेपाली जन्ातालाई अझ विकराल समस्या तर्फ लैजाने ठुलो कस्रत सम्म गरेको कसैबाट लुकेको छैन भने सबै विषय वस्तुलाई आत्मासात् गरि जनयु¢को उध्घोष संगै १० वर्षे जनयु¢ र १९ दिने जनआन्दोलन संगै सामन्तवादी संरचनाको केही अवशेष को अन्त्य एवं संघीय लोक्तान्त्रिक गणतन्त्रको स्थापना संगै नयाँ नेपालको अवधारणा अगाडि आएको अवस्थामा राष्ट्रको धेरै समस्या मध्ये वैदेशिक रोजगारमा जो पुर्व संरचना जस्तै यथास्थितिमा कायम् राखी अल्ापत्र ठगी छल-कपट मानव तस्कर जस्ता घृणीत कार्यमा पनि सुधार हुन नसक्नु अत्यन्तै बिडम्बना नै हो भने न्ययपालिका व्यवस्थापिका कार्यपालीका मा पनि पुर्ण लोक्तान्त्रीक् हुन नसक्नु मुख्य दुई खाले धार देख्नु हो भन्न सकिन्छ । एक खाले वर्गहरु अझै पनि यथस्थिति व्यवस्थालाई कायम् राख्न चहान्छन भने विद्रोह बाट गोलमेच सम्मेलन अन्तरीम सरकार र संविधानसभाको चुनाव संगै वार्ता व्यापक जनमत सहित सरकारको नेतृत्व गर्न पुगेको पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनसमक्ष स्थापित गर्दै पुर्व संरचनालाई अन्त गरि नयाँ नेपालको अवधारणा अगाडी ल्याई देश विकासमा निरन्तर लाग्न सबै दलहरु संग सम्वाद सहकार्य सहमती गर्दै्र अगाडी बढेको अवस्थामा पनि कुनैनकुनै कोणबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा फेरी पनि कुठराघात गर्ने षडयन्त्र हुन थालेको हाम्रो निष्कर्ष पनि रहेको छ । फेरी लोकतान्त्रीक गणतन्त्रको स्थापना संगै सरकारको नेतृत्व गरेको पार्टीलाई छोटो अवधिमा सबै समस्या हल तुरुन्तै हुन्छ भन्नुपनि उपयुक्त हँुदैन तर ठोस रुपमा भन्नु पर्दा सरकार प्रतिपक्ष सबै दलहरु न्ाागरिक समाज मानव अधिकारवादी सुरक्षा निकाय एवं देश र जन्ाता प्रति आत्मसात् गर्ने गरि विकासशक्तिलाई निष्कर्ष मा पुर् याउन सबैलाई खबरदार होशियार चेतावनी स्वरुप आवज उठाएकै हुनु पर्छ । नयाँ नेपालको अवधारणा प्रति कुनै कतै बाट खेलवाड भएमा उक्त व्यक्ति सघंसस्था पार्टी जो कोहिलाई पनि ट्रेकमा ल्याउन दण्ड सँजाय प्रावधान भएको नितीलाई मुर्त रुप दिन दवाव सिर्जना गर्न अवाज उठाएकै हुनु पर्छ । अब बन्ने नयाँ ऐनमा देश र जन्ातालाई मुल मान्यता राख्दै सबै समस्याको हल हुने प्रष्ट खाका कोरीनु पर्नेमा पनि सबै क्षेत्रका वर्गहरुको समानुपातिक समावेशी हुनु पर्छ । त्यसै अनुरुप जन्ाताका धेरै समस्याहरु मध्ये वैदेशिक रोजगारको समस्या जटिल छ । देशको कुल जनसंख्या मध्ये एक तिहाई भारत लगायत संसारका धेरै देशहरुमा नेपाली कामदर अत्यन्तै दयनीय जिवन विताउन बाध्य भएका छन । मुख्य कारण देशमा रोजगारीको समस्या हो । श्रीमान महामहिम राजदुत हमीद अन्सारी ज्यू धेरै देशहरु मध्ये साउदी अरबमा पनि नेपाली कामदारहरु म्ााथी अहिलेसम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्वन्धित निकायबाट दोहोरो खेलवाड ठग धोका छलपकट अलपत्र एवं मानव तस्करको रुपमा घृणित कार्य भैरहेको हुँदा उक्त कार्यलाई रोक्न र सुधार गर्न उक्त कार्यमा संलग्न व्यक्तिलाई दण्ड सँजायको पहलगर्न तपाँई विदेशमा सरकारको प्रतिनिधित्व गरि कुटनितिक नियोगको कार्यभार सम्हाल्नु भएको हुँदा उक्त विषय माथी गंभीर भई निम्न बुँदाहरुमा पहल गर्नुहुन नेपाली जनप्रगतिशिल माच साउदी अरबले जोडदार रुपमा अपिल गर्दछौ । १।साउदी अरबमा जसरी नेपाली कामदारहरुमाथी भैरहेको शोषण अत्यचार र सम्झौता अनुरुप काम र तलब सुविधा नदिने र मानव अधिकार विरोधी घृणित कार्य गर्ने जोकोहीलाई पनि कानुन अनुसार दण्ड सँजाय दिईयोस साथै वाध्य भएर कम्पनी छोड्ने र अलपत्र पर्ने जस्ता समस्यामा परेका कामदारको ठोस मुल्यांकन गरि सम्बन्धित निकाय संग पहल गरि निकास निकाल्नु पर्नेमा जोड दिन चहान्छौं । २। दुर्घट्नामा परि मर्ने अंगभंग हुने ठुला ठुला विमारी पर्ने जस्ता समस्याहरुलाई सम्बन्धित कम्पनीले वेवास्ता गर्दै आएका रिपोर्टलाई मुल्यांकन गरि सो देशको कानुनको दायरामा भित्र रहि उक्त कामदारको समस्या हल गर्नु पर्नेमा ध्यानकर्षण गराउन चहान्छौं । एवं कारणवश मृत्यु भएको नेपालीहरुको लास क्षतिपुर्ति सहित छिटो भन्दा छिटो स्वदेश पठाउने व्यवस्था गर्ने पनी अपिल गर्दछौं । ३।नेपाली कामदारहरुको अत्यन्त्ौ निम्न वेतन रहेको हुँदा दक्षिण एसियाका कामदारहरु सरह वेतन निर्धारीत गर्न लाई सम्झौता गर्नुपर्ने सम्बन्धित निकाय संग सम्वाद चलाउनु पर्ने अनुरोध गर्न चहान्छौ । ४।नेपाली कामदार वैदेशिक रोजगार मा पठाउँदा कम्तीमा छलपटक नगरी वैमानी फटाहगिरी नगरी काम वेतन मा सहि सम्झौता गरि खाडीको नियम कानुन लाई मानवताको नाताले र लोकतान्त्रिकरणलाई आत्मसात गरि उक्त निकायलाई कडा निर्देशन दिन ठोस पहल गर्नु पर्ने सम्म श्री महामहिम राजदुत ज्यू लाई अवगत गराउन चहान्छौ । ५। जसरी वैदेशिक रोजगारमा नेपाली कामदार पठाउँदा मेडिकल एवं मेनपावर श्रम विभाग र स्थानिय दलाल र विदेशीदलालबाट चौतर्फी शोषण भएको एर्थाथलाई सबै लोकतन्त्रकारीहरुले आत्मसात गर्दै उक्त कृयाकलाप विरुद्ध न्यायपुर्ण माग राख्दै दबाव दिने होशीयार गराउने खबरदार गर्ने अलपत्रको उद्धार गर्ने आदी विषयमा व्यापक जनआधार निर्माण गर्न व्यापक तैयारी सहित हाम्रो प्रवाश साखा को कुटनितीक नियोग नेपाली राजदुताबास मार्फत नेपाल सरकारको ध्यान आर्कशण गराउन चहान्छौं । ६।sम्पनी छोडी भागेको वा भाग्न बाध्य पारिएका नेपालीलाई स्वदेश फर्काउने सम्बन्धमा विभिन्न कारणबाट कम्पनी छाडी भाग्न बाध्य भएको तर अन्य कुनै अपराधमा संलग्न नभएका नेपालीहरुलाई नेपाली दुतावासको सिफारिसमा छिटो सरल र सुलभ विधीबाट नेपाल पठाउने व्यवस्था मिलाउन अनुरोध गर्दछौं । ७।सम्बन्धित काममा नेपालबाटै तालिम दिएर पठाउनु पर्ने नेपालबाट आएका कामदारहरु त्ाालिम प्राप्त नभएकाले विभिन्न समस्याहरुमा पर्ने गरेकाले कामदारहरु विदेश पठाउदा सम्बन्धित कामको तालिम दिई पठाउनु पर्नेमा जोड दिन्छौं । ८।सम्झौता अनुसारको काम तथा तलब सुविधा नदिने कतिपय कम्पनीहरुमा अलपत्र परेका कामदारहरु र कम्पनी छोडी भाग्न वाध्य भएका नेपाली कामदारलाई खाने बस्ने समस्या उत्पन्न्ा हुने हुदा यस्तो अवस्थाको निकाश निकाल्न अपिल गर्दछौं । ९।जसरी भारत हुदै देशी विदेशी दलालहरुको साँठगाँठमा नेपाली चेलीबेटीलाई मानव तस्करको रुपमा नेपाल सरकार एवं श्रम स्वीकृति विना खाडी क्षेत्रमा पठाउने जुन यथास्थितिवादी व्यावहार छ उक्त व्यावहारलाई तुरुन्तै रोक्न नेपाल सरकार पराराष्ट्र मन्त्रालय श्रम विभाग र विदेशी कुटनिति नियोगको सम्वादमा व्यापक गहन छलफल गरी उक्त कार्य अविलम्ब रोक्न एवं उक्त कार्यमा संलग्न संघ संस्था व्यक्ति जोकोहीलाई पनि कानुनको दायरामा ल्याई दण्ड सँजाय तुरुन्तै लागु गर्ने र अलपत्रमा परेकाहरुको तुरुन्त उद्धार गर्न सम्बन्धित सबै निकायहरुलाई नेपाली जनप्रगतिशिल माच साउदी अरब जोडदार अपिल गर्दछ । १०।sुन कुन मुलुकमा कस्ता कस्ता कामदारहरु आपूर्ति गर्न सकिन्छ त्यसको दुतावास मार्फत अध्ययन गरी सोही अनुसार उक्त स्तरको प्रशिक्षण दिई दक्ष कामदारको आपूर्तिको व्यवस्था गरिनु पर्नेमा जोड दिन्छौं । ११। साउदी अरबमा विशेष गरी शुक्रबार सार्वजनिक विदा हुने भएको हुँदा दुतावास सम्बन्धी कामको लागी नेपाली कामदारहरुलाई शुक्रबार उपयुक्त हुने भएको हुँदा शुक्रबार दुतावास खोल्ने प्रावधान गर्न एवं दुतावासमा साचारको २४ सै घण्टा सुविधा उपलब्ध गराउनु हुन अपिल गर्दछौं अन्त्यमा यी विविध समस्या हरु ल्ााई आत्मसात गरी नेपाल सरकार पराराष्ट्र मन्त्रालय श्रम विभाग सम्म पुर् याउनुहुन एवं साउदीमा रहेका संघ संस्था मंच सबैसंग सम्वाद सहकार्य गरी उत्त वैदिशिक रोजगारलाई पारदर्शी बनाउनु पर्नेमा श्रीमान महामहिम राजदुत हमीद अन्सारी ज्यू संग विनम्र अनुराध गर्दछौं । धन्यवाद । नेपाली जन प्रगतिशिल मंच साउदी अरब केन्द्रिय समिती प्रतिनिधि मण्डल महासचिवः भिम चापागाँई उपाध्यक्ष ः ऋषिराम गैरे कोषध्यक्ष ः प्रेम ध्वज लामा सदस्यः बि। बि। खड्का वोधार्थ प्रधानमन्त्रिको कार्यलय श्रम मन्त्रालयको कायलय परारष्ट मन्त्रालयको कार्यलय
जन-प्रगतिशील मञ्चद्धारा रु २२,००० बराबरको आर्थिक सहयोग प्रदान
दाङ जिल्ला तुलसिपुर निवासि हाल अरवियन फाल कम्पनि रहिमा साउदी अरबमा पाईप फिटरमा कार्यरत श्री मेघराज बुढाथोकीलाई अचानक वाँया तिघ्रामा पीडाभएको थियो । कम्पनिको मेलनर्स श्री गोपाकुमारले कम्पनिको सम्पर्क हस्पिटल अल सिफा रहिमामा थप उपचारको लागि भर्ना गरेको भएपनि त्यो हस्पिटलले उपचारको लागि तुरुन्त नेपालनै पठाउने सुझाव कम्पनिलाई दिए पछि कम्पनिले उहाँलाई नेपाल पठाउन तुरुन्त एक्जिट हानेको हुँदा आफुसंग उपचारको लागि पर्याप्त आर्थिक नभएकोले उपचारार्थ आर्थिक सहयोगको अपिल गर्नु भएकोले नेपाली जन प्रगतिशील माच साउदी अरबको जोयमा अरवियन फाल कम्पनि इकाईको पहलमा जोयमा इकाई सम्बद्ध आफ्ना सदस्यहरुबाट स्वेच्छिक सहयोग जम्मा गरी यही जनवरी २५ का दिन जम्मा साउदी रीयल एघार सय अर्थात बाइस हजार रुपैया उहाँ स्वयम्लाई नेपाली जन-प्रगतिशील मञ्च साउदी अरबको केन्द्रिय अध्यक्ष श्री मानबहादुर लिम्बू लाभा द्धारा हस्तानत्रण गर्नुभयो ।
उक्त अवसरमा अध्यक्ष लिम्बूले आपतविपतमा तपाई हाम्रो सानो सहयोग नै उपचारको अमुल्य मलम बन्ने र यसले नेपाली नेपालीको अपनत्वको भावना विकास गर्ने कुरा बताउनु भएको थियो । विदेशमा रहनुहुने नेपालीहरु एकजुट भएमा जस्तो सुकै समस्याहरुलाई पनि थोरै प्रयासमा समाधान गर्न सकिन्छ भन्ने कुरा अहिनेको आर्थिक सहोगले पनि पुष्टि गरेको कुरा उहाँले आफ्नो भनाईको क्रममा राख्नु भएको थियो । साथै उहाँले यहाँ अवस्थित सम्पुर्ण सर्वाहारा मजदुरवर्ग देश प्रेमि तथा प्रगतिशील नेपालीहरुलाई मुक्तिकामि अभियानमा एकतावद्ध भई वर्गविहीन नयाँ नेपालको निर्माणमा जुट्न यस नेपाली जन प्रगतिशील मञ्च साउदी अरबमा आवद्ध हुन अनुरोध पनि गर्नु भयो ।
मेघराम बुढाथोकीलाई आर्थिक सहयोग गर्ने साथिहरुको नामावली निम्न तालिका अनुसार छन् :-
नाम रकम (साउदी रियलमा) मान बहादुर लिम्वू ३५
रामचन्द्र राई खालिङ २५
जन प्रगतिशील मञ्च जोयमा इकाई २००
पुर्ण बहादुर ५
बिर बहादुर ६
दिल बहादुर १०
बुद्धी बहादुर ५
नर बहादुर ५
धन बहादुर ५
मान बहादुर ५
सुर्य विष्ट ५
विर बहादुर लिम्बु १०
दिपक लिम्बु १०
खॆम बहादुर बुढाथोकी १०
रुम नं ७९ को सबै साथीहरु २५
गिरीराज बि.क. ५
राम बहादुर खड्का ५
मिगुर सेर्पा ५
रुम नं ७१ को सबै साथीहरु २५
लक्ष्मण कुक ५
याम बहादुर क्रक १०
डम्बर बहादुर कुक १०
रामचन्द्र क्रक १०
खगेन्द्र राई १०
रुम नं २० ए को सबै साथीहरु ३५
राम कुमार लिम्बु १०
रुम नं बि २९ को सबै साथीहरु ७०
देव बहादुर मगर ५
तिल बिक्रम १०
सुन्दर क्षेष्ठ १०
राम कुमार चौधरी १०
अमि्रक कार्की ५
खिम बहादुर थापा १०
राम बहादुर थापा १०
रागब ५
मिथिला ५
दिनेश ५
रुम नं १९ ए को सबै साथीहरु २५
पशुराम बुढाथोकी ५
धर्म बहादुर तमाङ १०
ईन्द्र थापा ५
अर्जुन २०
बिजय सोनी ५
बिन्टु मुखिया ५
नाजीर ५
अब्बर रोक्का ५
विष्णु लिब्बु १०
नन्द तमाङ ५
नर प्रसाद ५
पर्शु कार्की ९
डम्बर कुवर ५
जय बहादुर राई १०
अम्मर थापा ५
जिब नाथ १०
टंकमणी १०
देव राज ५
रेवती धिताल ५
गोबिन्द चापागाई ५
बिशेश्वर चौधरी २
धन बहादुर ५
नविन कुमाल २
राज कुमार ३
खिम तमाङ १०
रुप घिसिङ ५
प्रकाश बराल ५
दाहल ४
लाल कुमाल ५
सानो पासाङ ५
बिजय चौधरी ५
कृष्ण धामी ५
कमल धिमाल ५
सॊम बहादूर ५
ठघरुद्र बहादुर ५
कुल बहादुर ३
नर बहादूर ५
शंकर ५
सञ्जय क्षेष्ठ १०
कमल प्रधान १०
गणेश मगर १०
कंशराज १०
अर्जुन सार्की १०
रविन ५
जय बहादुर क्षेष्ठ ५
मनोज बोहरा ५
राम बहादुर थापा ५
हेम थापा मगर ५
रुम नं ८४ को सबै साथीहरु १५
रुम नं २० को सबै साथीहरु ४५
जम्मा १,०६१ साउदी रियल मात्र /-
नेपाली जन प्रगतिशील माच साउदी अरबको इकाई कमिटी मिनापोर्ट दमाम पनि गठन
Janauray 24, 2009 साउदीको विभिन्न ठाउँमा छरीएर रहनु भएका देश भक्त तथा क्रान्तिकारी सर्वहारा नेपाली मजदुरहरुलाई एकता वद्ध गर्ने अभियान अन्तर्गत नेपाली जन प्रगतिशील माच साउदी अरबको मिना पोर्ट दमाममा पनि माचको केन्द्रिय संगठन विभाग प्रमुख प्रेम ध्वज लामा केन्द्रिय सदस्य नारायण गैरे र अमर योगिको उपस्थितिमा १३ सदसीय इकाई कमिटीको गठन भएको छ । देश विदेश जहाँ भए पनि मुक्तिको लागि मालेमावादको सिद्धान्तलाई आत्मासाथ गर्दै समय सापेक्ष क्रान्तिबाट वास्तविक श्रमिकहरुको सत्ता स्थापना गर्न श्रमिक वर्ग एक हुनु पर्छ र अनि मात्र विदेशमा कार्यरत नेपाली मजदुरहरुको दिर्घकालिन समस्याको हल हुनसक्छ भन्ने कुरा माचको केन्द्रिय संगठन विभाग प्रमुख प्रेम ध्वज तामा¨ले बताउनु भयो । साथै साउदीमा कार्यरत नेपालीहरुको पनि विभिध गम्भिर समस्याहरु छन् र ती समस्याको पहिचान गहिराईमा पुगेर मात्र समाधानका बाटाहरु पत्ता लगाउन सकिन्छ र ती समाधानको बाटाहरुको पहिचान र कार्यन्व्यन गर्न यहाँ रहेका सम्पुर्ण नेपाली मज्दुर एक हुन जरुरी छ र यसै क्रममा यहाँ मिनापोर्टमा पनि इकाई कमिटी गठन गर्न गईरहेको छौं भन्ने कुरा उहाँले आपः्नो मन्तव्यको क्रममा वताउनु भयो । उक्त कार्यक्रममा माचको केन्द्रिय सदस्य नारायण गैरले शुभकामना वक्तव्य दिनु भएको थियो । साथै नव गठित मिनापोर्ट इकाई कमिटीको अध्यक्षमा किरण श्रेष्ठ निर्वाचित हुन भएको छ भने उपाध्यक्ष सचिव कोषाध्यक्षमा क्रमशः सुर्य खड्का विजय नेपाल तथा महेन्द्र ठकुरी नियुक्त हुनु भएको छ र सदस्यहरुमा क्रमशः भुवन राई पदम ब। महत रमेश भन्डारी जित बहादुर थापा दुर्गा तामा¨ पुर्ण बहादुर तामा¨ विशाल तामा¨ सुर्य तामा¨ विर वहादुर मोक्तान नियुक्त हुनु भएको छ ।
साउदीको जुवैलमा पनि क्षेत्रिय कमिटी गठन
साउदीको जुवैलमा पनि क्षेत्रिय कमिटी गठन जुवैल अवस्थित सम्पुर्ण सर्वहारा तथा देश प्रेमी नेपाली मजदुरहरुलाई एउटै छाता मुनी गोल बन्द गर्दै यहाँ अवस्थित मजदुरहरुको हक हितलाई स्थापित गर्दै नेपालको स्वर्वाि¨न विकासको लागि रचनात्मक सहयोग गर्न जुवैलमा पनि संगठन विस्तार गर्न आवस्यक परेको कुरा कार्यक्रममा सहभागि वक्ताहरुले वताउनु भएको थियो । दश वर्षे जन युद्धबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमा टेकेर जनताको गणतन्त्र नआई वर्तमान सम्स्या तथा सर्वहारा मजदुरहरुको मुक्ति संभव छैन र त्यो प्राप्तिको लागि विद्यमान एकिकृत नेकपा माओवादीले अंगालेको सिद्धान्त र क्रान्तिबाट मात्र वास्तविक जनताको सत्ता स्थापना गर्न सकिन्छ भन्ने अभिव्यक्ति उक्त भेलामा नेपाली जन प्रगतिशील माच साउदी अरवको केन्द्रिय महासचिव तथा विदेश विभाग प्रमुख भीम चापागाईंले वताउनु भयो । उक्त भेलामा नेपाली जन प्रगतिशील माच साउदी अरवको केन्द्रिय महासचिव तथा विदेश विभाग प्रमुख भीम चापागाईंको उपस्थितिमा सम्पन्न भएको थियो । क्षेत्रिय कमिटिको संयोजक ऋषिराम गैरेले दिएको जानकारी अनुसार उक्त नौ सदसिय कमिटीको पदाधिकारीका नामावाली निम्नवमोजिम छन् ः
क्रान्तिकारी तथा प्रगतिशील नेपाली यूवाहरुको एक वृहत भेलाद्धरा नेपाली जन प्रगतिशील माचको जुवैल क्षेत्रिय कमिटिको गठन साम्म्राणी ट्रान्सफर कम्पनि जुवेलमा भएको छ ।
अध्यक्षः-ऋषिराम गैरे
उपाध्यक्षमास्-राम प्रसाद अधिकारी
सचिवः-डि। वि। खड्का
सहसचिवः-ओस वहादुर ओली
कोषाध्यक्षँः-पदम खरेल
सदस्यः-श्रीराम ढकाल
तुल बहादुर खत्री
खुबिराज आचार्य
उमेस रायमािझ
नेपाली जनप्रगतिशिल माच साउदी अरबद्धरा अन्तर्कृया कार्यक्रम सम्पन्न
दमाम रोयल होटलको सभाहलमा यहि डिसेम्बर ०८ सोम्वारको दिन नेपाली जनप्रगतिशिल माच साउदी अरबद्धरा वृहत अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
साउदि रहनुहुने सम्पुर्ण मजदुरहरुको दिर्घकालिन हितको बाटाहरु र भावि कार्य योजनाहरुको बारेमा माचको केन्द्रिय संयोजक मान बहादुर लिम्वू लाभा द्धरा प्रष्ट्याउनु भयो । यहाँको समस्याहरुलाई नेपाल सामु पुर् याई चाडो भन्दा चाडो कार्यवन गर्न नेपाल स्थित पनि विस्वको नेपाली जनप्रगतिशिल माचहरुका समन्वयन गर्ने संयन्त्र विस्व नेपाली जनप्रगतिशिल सम्पर्क माच नेपाल गठन गरीने कुरा पनि उहाँले बताउनु भयो । यस्तो संयन्त्रमा नेपाली जनप्रगतिशिल माचमा कार्य गरी नेपाल फर्किएका तथा वैदेशिक रोजगारीमा रहेका मजदुरहरुका आफ्नो परीवारका सदस्यहरु यस विस्व नेपाली जनप्रगतिशिल सम्पर्क माच नेपालको सदस्य रहेर विदेशमा रहेका मजदुरहरुको हक अधिकारको लागि नेपालमा सम्वन्धित ठाउहरुमा गएर लागु गर्ने कुरा पनि उहाँले बताउनु भयो ।
साथै यहाँ स्थित दलाल तथा मानव तस्करहरुलाई हतोत्साहि गरी निम्न वर्गका नेपाली मज्दुरहरुलाई ठगिनबाट जोगाउने र साउदीमा कार्यरत नेपाली मजदुरहरुको वर्तमान समस्याहरुलाई पहिचान गरी दिर्घकालिन समाधानमा लाग्न नीतिगत रुपमा सम्वन्धित ठाउहरुमा रचनात्मक तथा दवाव मुलक कार्यक्रम लैजाने कुरा पनि उहाँ उक्त अन्तर्कृया कार्यक्रममा बताउनु भयो ।
माचको केन्द्रिय सदस्य अमर योगीले नेपालको वर्तमान अवस्थामा माक्सवादको अवस्यक्ताको वारेमा बोल्नु भएको थियो भने माचको केन्द्रिय कोषाध्यक्ष प्रेम ध्वज लामाले आर्थिक योजना तथा सम्भावनाको वारेमा बोल्नु भएको थियो ।
अन्तमा सहभागिको प्रश्नको उत्तर केन्द्रिय सदस्य नारयण गैरेले दिनुभएको थियो ।
नेपाली जन प्रगनिशील माच साउदी अरबले डिसेम्बर ०८ मा वूहत अन्तकि्रया कार्यक्रम गर्ने
साथै यहि डिसेम्वर ०८ सोम्वारको दिन दमाममा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उक्त माचको केन्द्रिय महासचिव भीम ब। चापागाईले जनाउनु भएको छ । साथै यस माचको आठौं बैठक यहि डिसेम्वर ०७ को दिन जुबैलमा बस्ने कुरा माचको महासचिवले बताउनु भएको छ ।
नोभेम्वर २१ शुक्रवार यस नेपाल जन प्रगनिशील माच साउदी अरबको केन्द्रिय संयोजक मान वहादुर लिक्वु लाभा को अध्यक्षतामा दमामको दल्ला स्थित माको सातौं पुर्ण बैठक सम्पन्न भएको जनाएको छ । उक्त बैठकमा फेब्रुवरी भित्रमा महाधिवेशन गर्ने तथा उक्त मिति सम्ममा एरिया तथा इकाई कमिटिहरुको गठन तथा भेला गराई सक्ने निर्णय गरेको छ ।
नेपाली जन प्रगतिशील माचको एकै दिन दुई ओटा ईकाइ गठन ।
सागर श्रेष्ठ
पछिल्लो दिनहरुमा साउदी अरेवियामा अन्य संघ संगठन भन्दा एक कदम अगाडी तिब्रगतिमा आफ्नो गन्तब्य तिर अगाडी बढि रहेको नेपाली जन प्रगतिशील माच साउदी अरेवियाले हिजो मिति २००८ अक्टोबर १० तारिषको दिन एकै चोटी २ ओटा ईकाई गठन गर्न सफल भएको छ । साउदी अरेवियाको प्रमुख शहरहरु मध्ये दमाम शहरको नजिकै रहेको डल्ला भन्ने ठांउमा र नाएन्टी वन भन्ने ठांउहरुमा ईकाइ गठन गरेको हो ।
डल्ला ईकाई कमिटिको गठन हुदा केन्द्रिय सल्लाहकार क। सागर केन्द्रिय संयोजक क। लाभा महसचिव भिम केन्द्रिय सदस्य राजेन्द्र सचिव अमर केन्द्रिय सदस्य रोहित केन्द्रिय सदस्य नेत्र विक्रम आदिको विशेष उपस्थिति रहेको थियो । नव गठित इकाइका अध्यक्षमा प्रेम बहादुर थापा अपाध्यक्ष कुमार कार्की सचिव पुर्ण चन्द्र अर्याल कोषध्यक्षमा जीतु थापा र सदस्यहरुमा कुल प्रसाद पाण्डे दयाराम चौधरी श्रवन कुमार शाह दयाराम चौधरी अशोक घिमीरे चन्द्र बहादुर राओल र कृष्ण राना रहेकाछन ।
त्यसै गरि केन्द्रिय कोषध्यक्ष क। संगित केनिद्रय सदस्य नारायण गैरे केन्द्रिय सदस्य नवराज के सी को उपस्थितिमा नाएन्टी वनमा २५ जानाको ठूलो ईकाई गठन भएको छ । ९१ एरिया पनि ठूलो भएकोले २५ जनाको कमिटि बनाएको थाहा भएको छ । अध्यक्ष कर्ण बहादुर गुरुङ्ग उपाध्यक्ष तिलक थापा सचिव प्रविन राई कोषाध्यक्ष नरेश लिम्बु र सदस्यहरुमा माधब राज कार्की राज गणेश वि क सेर बहादुर थापा वलराम बलामी अताबुल रायन सामत रायन राम नारायण चौधरी कलीम रायन सन्तोश विजारी भक्त बहादुर थापा राज कुमार राई संग्राम िसंह राई प्रकास सुनार पसु्रराम राई चन्द्र मनी थापा डम्बर बि। क। मन बहादुर बि क उत्तीम लाल यादब राज कुमार कर्की दावा लामा र दिलीप थापा रहेका छन । यसरी प्रत्यक हप्ता ईकाइ गठन गर्दै क्षेत्र गठन र चांडै प्रथम महाधीबेशन गर्ने कुरा केनिद्रय संयोजक क। लाभाले वताउनु भएको छ ।
प्रेस विज्ञप्ती
सर्वहारा वर्गको मुक्ति र सामन्ति राजतन्त्र तथा यसमा आधारीत अर्थतन्त्रलाई ध्वस्त पार्न गरीएको १० वर्षे जनयूद्धको सफलता पस्चात नेपाल र नेपालीको आमुल परीवर्तन गरी मलुकलाई नयाँ नेपाल बनाउने अग्रगामि सोच तथा प्रतिवद्धताका साथ संविधान सभाको निर्वाचनमा सव भन्दा ठूलो दल हुन सफल नेकपा माआृवादी को अध्यक्ष क। प्रचण्ड यहि अगष्ट १५ २००८ को दिन सभासदहरुका दुई तिहाई भन्दा बढी अत्याधिक प्रचण्ड वहुमतद्धरा नेपालको प्रधानमन्त्रिमा निर्वाचित हुनु भएकोमा नेपाली जनताको सयौं वर्ष देखिको विद्यमान जरजर समस्याहरुका समाधान र सर्वहारमुक्तिको सपना र आन्दोलनलाई मुक्तिकामि पथमा डोर् याउन सर्व प्रथम सर्वहरा क्रान्तिको नायक क। प्रचण्डलाई निर्वाचित गर्न सफल भएकोले आज नेपाल र नेपालीको शीर उच्चो र गौरम्भित भएको छ ।
अहिले नेपालको भाग्य बनाउने ऐतिहासिक सुवर्ण अवसर आएको र १० वर्षे जनयूद्धको औचित्य इतिहासमा सुनौलो अक्षरबाट लेख्ने महत्वपूर्ण अवसर भएकोले विगतमा जनता सामु व्यक्त नीति र कार्यक्रमहरुलाई प्रतिवद्धताको साथ तिव्रगतिमा पुरा गरी नेकपा माओवादी एउटा अग्रगामि परिवर्तकारी नायकको रुपमा स्थापित गर्न र मुलुकलाई जनता नै राष्को मालिक हो भन्ने सिद्धान्तमा रही संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको सवोकृष्ट संविधानको निमार्ण गरी नेपाल र नेपाली जनताहरुको सुख र सम्मृद्धिको नयाँ मार्ग प्रशस्त गर्न क। प्रचण्ड सफल हुनुहुने छ एवं आدनो कार्यकाल भरी काम गर्न सहज र सरल वतावरण बनोस भन्ने सफलताको शुभकामना नेपाली जन प्रगतिशिल माच साउदी अरब व्यक्त गर्दछ ।
लाल अभिवादन
क। लाभा संयोजक
तदर्थ केन्द्रिय कमिटी
नेपाली जन प्रगतिशिल माच साउदी अरब









