NPPF :: खाडी मुलुक अन्तर्गत साउदी अरेवियामा सूचना तथा संचारको अवस्था । :: August :: 2009

August 24, 2009

खाडी मुलुक अन्तर्गत साउदी अरेवियामा सूचना तथा संचारको अवस्था ।

Filed under: Pragatisil Aawaj

खाडी  मुलुक अन्तर्गत साउदी अरेवियामा  सूचना तथा  संचारको अवस्था । 
 
 Sagar Shrestha
 
परापुर्ब काल देखी नै मानिसहरु एक ठाउँंबाट अर्को ठाउँमा जाने क्रम जारी छ । त्यसै गरी विभिन्न बहनामा विदेश जाने नेपालीहरु पनि कम छैनन् । गरिविको रेखामुनी रहेका नेपालीहरुका गच्छ अनुसार बैदेशिक रोजगारीको लागि खाडी मुलुकहरु एक महत्वपुर्ण गन्तब्य स्थान हो । भौगोलीक दृष्टिकोणले हेर्ने हो भने पनि खाडी देशहरु मध्ये साउदी अरेविया क्षेत्रफलको आधारमा सबै भन्दा ठूलो क्षेत्रफल ओगटेको देश हो । यहाँ कहिले देखि नेपालीहरु रोजगारीको लागी आउन थालेको भन्ने रेकर्ड नभएता पनि सन २००२ २००३ देखी नेपालीहरुको चाप बढेको पाईन्छ ।  
 
खाडी मुलुकहरुमा यति नै नेपालीहरुले आफ्नो परिश्रम बेचीरहेका छन् भनि एकीन गर्न नसकियता पनि साउदी अरेवियामा करिव ४ लाख ५० हजारको हाराहरीमा नेपालीहरु रहेको अनुमान गरिन्छ तत्कालीन सरकारले नेपाली महिलाहरुलाई खाडी क्षेत्रमा बैदेशिक रोजगारीको लागी पठाउन बन्देज लगाए पनि भारत तथा बंगलादेशको बाटो हुदै यी देशहरुमा आईपुगेका करिब ५० हजारको हाराहारीमा नेपाली दिदी बहिनीहरु रहेको अनुमान गर्न सकिन्छ । 
 
नेपाल सरकारको बैदेशिक रोजगार सम्बन्धी ठोस निती नियम नहुनु स्थिर सरकार नहुनु केही म्यान पावरहरुको लापर्वाहि स्टाफको कमिले गर्दा एम्बेसीको ढिला सुस्ती कामदारहरुको अनुभबको कमी शिक्षाको कमजोरी नेपालमा गरेको सम्झौता यहाँ लागु नहुनु कम्पनीले बेलामा तलब नदिनु देशमा असमान परिस्थितीहुनु आदीले गर्दा कम्पनी छाडी भागेर काम गर्ने नेपालीहरुको संख्या साउदी अरेवियामा करिब असि हजार नाघी सकेको छ । यस समस्यालाई बेलैमा सम्बन्धीत निकायले ध्यान नदिने हो भने भविश्यमा यसले विकराल रुप नलिएला भन्न सकिन्न ।  
 
२००३ भन्दा पहिले खाडीराष्ट्रहरु मध्य साउदी अरेवियामा सुचना तथा संचारको लागी रियादबाट एक दुइ ओटा साप्ताहिक पत्रिका र दमामबाट एक मासिक पत्रीका निस्कन्थ्यो भन्दा फरक नपर्ला । सुचना तथा संचारको मुख्य श्रोत भनेकै टेलीफोन चिठी पत्र तथा वि वि सी नेपाली सेवा थियो । अहिले यहाँ समयले फड्को मारी सकेको छ । यस देशमा अहिले सुचना तथा संचारको लागी विभिन्न माध्यमहरु भैसकेको छ । तर यस देशको आपनै कानुन र रितिथिती भएकोले यि सबै गर्न यहाँ छुट छैन । जब मानिसहरुमा चेतना बढ्दै गयो समस्याहरु दिन प्रतिदीन बढ्दै गए तब ति समस्याहरुलाई समाधान र आ-आपना जिल्ला तथा क्षेत्रहरुको समस्या तथा भेटघाटको लागी र आपत विपत परेको बेलामा सहयोग गर्नको लागी भनेर यहाँ विभिन्न संघ संगठन सम्पर्क माचहरु नखोलीएका होईनन् । तर यस देशको नियम कानुन भन्दा बाहिर रहेर जोखिम पुर्ण तरिकाले काम गरि रहनु परेको छ ।  
यी देशहरुमा अहिले नेपालीहरु भित्रिने क्रम दिन प्रतिदिन बढ्दो छ र महिलाहरुको पनि विगत केही वर्ष यता यहाँ आउने क्रम तीब्र छ । खाडी राष्ट्रहरु साउदी अरब कतार यू।ए।ई बहराईन कुवेत ईरान आदिमध्येमा सबैभन्दा धेरै नेपालीहरु साउदी अरबमा रहेका छन् । आधिकारिक तथ्याङ्क नभए पनि लगभग ४ लाख ५० हजारको हाराहारीमा नेपालीहरु वैदेशिक रोजगारीको लागि साउदी अरब आएका छन् भने करिब २ लाखको हाराहारीमा नेपालीहरु कतारमा छन् त्यसैगरी करिब १ लाख ५० हजारको हाराहारीमा यू।ए।ईमा नेपालीहरु कार्यरत छन् ।  
विगत केही वर्ष पहिला प्रवासमा नेपाली सूचनाको माध्यम भनेको केवल वि।वि।सी नेपाली सेवालाई मात्र विश्वसनीय माध्यम लिन सकिन्थ्यो तर अहिले बिस्तारै नेपाली सूचनाको माध्ययले फड्को मारेको छ । साउदी अरेवियामा नेपाली पत्रपत्रिका पढ्न त्यति मात्रमा पाईदैन । यहाँ कहिले देखी पत्रपत्रिका आउन थालेको हो त्यसको रेकर्ड छैन । तर नेपालमा प्रकासीत हुने प्राय सबै मासीक पत्रपत्रिकाहरु यहाँ गोप्य रुपमा पाईन्छ । अन्य देशहरुमा जसरी खुलामखुल्ला साउदी अरेवियामा बेच विखन गर्न बन्देजछ । साउदी अरेवियामा अहिले सबै भन्दा बढी पढ्ने मासीक पत्रिकाहरु मध्ये एक ऐक्यबद्वाता हो । यो पत्रिका सन २००५ बाट सागर श्रेष्ठको सकि्रयतामा साउदी अरेविया प्रबेश गरेको हो ।  
प्रवासबाट पत्र पत्रिकाहरु प्रकाशन गर्नु अवस्य पनि सजिलो छैन । कम्पनीको कामको बावजुद बचेको समयलाई सदुपयोग गर्नको लागि र पत्रकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले साउदी अरेवियाबाट पहिले नेपाली माच मासिक रुपमा प्रकासन हुन्थ्यो यसको निर्देशक श्री तुलसी राम सुबेदी हुनुहुन्थ्यो । १३/१४ अंक प्रकाशन पछि यसको प्रकाशन बन्द भएको छ । त्यसै गरी रियाद बाट ब्रास्ट बुधबार नेपाल सप्ताहिक भन्ने ३/४ ओटा सप्ताहिक पत्रिका प्रकाशन भई रहेको छ । केही पत्रिका विविध कारणले गर्दा अहिले बन्द भएको छ । खोटाङ्ग प्रवासी सेवा समाजले प्रवासी डाईजेष्ट भन्ने मयागेजीन त्रैमासीक रुपमा निकाली रहेकोमा अकिले बन्द भएको छ भने तमु धीं साउदी अरेवियाले पनि आफ्नो मुख पत्र बेलाबेलामा निकाली रहेकाछन ।  
२००३ बाट सागर श्रेष्ठको निर्देशन तथा खेम नाथ पौडेलको सम्पादनमा प्रकासीत चौतारी खबर पाक्षिक पत्रिका प्रवासी नेपालीहरु विशेष गरी साउदी अरेवियाका आप्राबासी नेपालीहरुको लागी भाज्याङ्गको चौतारी नै भयो । जुन पत्रिका अहिले चिजकुमार श्रेष्ठको प्रधान सम्पादकत्वमा प्रकाशन भई रहेको छ । समग्रमा भन्नु पर्दा साउदी अरबमा सुचनाकामाध्यमले गति लिएको पनि लगभग त्यहि समय देखिनै हुनुपर्दछ । त्यो भन्दा पहिला साउदीबाट अनलाईन पत्रिकाहरु साचालनमा थिएनन् भन्दा फरक नपर्ला र अनलाईन पत्रिकाहरु साथै अन्य पत्र पत्रिकाहरुमा खाडीराष्ट्रहरु बाट समाचार सम्पे्रसण गर्ने समाचारदाताहरुको पनि अभावनै थियो । अहिले पत्रकारिता क्षेत्रमा दक्षताप्राप्त ब्यक्तिहरु पनि बैदेशिक रोजगारमा आउन थालेपछि यो हदैसम्म अन्त्य भएको छ । सूचनाको माध्ययमले सबैभन्दा छिटो फड्को मार्न सफल भएको खाडी देशहरुमा कतार जहाँबाट साप्ताहिकरुपमा राजधानी र कान्तिपुर कतार संस्करण निरन्तर छापिन्छ त्यस्तै कतारबाटनै नेपालकतार डट् कम् पनि गल्फ देशहरुमा अनलाई पत्रिकामा सायद पहिलो नै हुनुपर्दछ ।  
 
 
त्यस्तै गरेर साउदी अरबले पनि सूचनाकामाध्यममा छोटो समयमा सगरमाथाको चुचुरोमा पुग्न सफल भएको कुरामा दुईमत नहोला । साउदी अरबबाट सन्
26-Dec-2005 बाट सम्पूर्ण प्रवासी नेपालीहरुको लागि भनेर प्रवासी नेपाली डट् कम www.prabasinepali.com सागर श्रेष्ठको पहलमा साचालनमा आयो । अहिले पनि यसले निरन्तर सत्य तथ्य प्रवासी समाचारहरुलाई प्रकाशनमा ल्याईराखेको छ ।  
 
त्यस्तै सन
2006/8/1देखि साउदी अरबबाट अर्को अनलाई पत्रिकानेपालअरब डट् कम् www.nepalarab.com चिज कुमार श्रेष्ठको पहलमा संचालनमा आयो । सवै खाडी राष्ट्रका नेपालीहरुलाई लक्षित गरि शुरुवात गरिएको यो अनलाईन पत्रिका विगतदेखि वर्तमानमा आइपुग्दा खाडीका नेपालीहरु लगायत विश्वकै आप्रवासी नेपालीहरुको जमघटको स्थलमा रुपान्तरित भएको छ । अझै पनि यो अनलाईन पत्रिकालाई व्यावसायिक वनाउँन नसकिएको हुँदा सवै नेपालीहरुको सहयोग अपरिहार्य भएको कुरा यस अनलाईनका संस्थापक÷प्रधानसम्पादक चिजकुमार श्रेष्ठ वताउँनुहुन्छ ।  
08 Jan 2009 देखी पुर्ण वि क पहाडीको पहलमा www.yubabahas.com साचालनमा आएको छ । जसले केहि हदसम्म सुचना आदन प्रदान गरिरहेको छ । अन्य साचारका साधनहरुमा ईभिजन कान्तिपुर ईमेज च्यानल नेपाल १ नेपाली टीभी नेपाली टेलिभिजन यू।sे आदि रहेका छन् । जे जति खाडी राष्ट्रहरुमा सुचनाको मध्यायम भएता पनि ८५ प्रतिशत भन्दा बढी आप्राबासी नेपालीहरु सुचना तथा साचारको क्षेत्रबाट अझै बाचीत भएको पाईन्छ । गल्फ देशहरुमा करिब ३ प्रतिशत मात्र नेपालीहरुले ईमेल तथा ईन्टरनेटको प्रयोग गरेको अनुमान गर्न सकिन्छ ।  
 
स्मरण रहोस साउदी अरबबाटनै अहिले करिब १ दर्जन भन्दा बढी ब्यक्तिगत ब्लग साईटहरु साचालनमा छन् जसले यहाँका समाचारहरु लगायत नेपाली साहित्यलाई टेवा पुर् याइरहेको छ । 
खाडी मुलुकहरुमा सबैभन्दा धेरै नेपाली कार्यक्रमहरु हुने देश यू।ए।ई नै पर्दछ । नेपाली कला संस्कृतिको जगेर्ना गर्दै विभिन्न जातीय संघसस्थाहरुले आ-आफ्नै धर्म संस्कृतिका चाड पर्वहरुमा तिनै चाड पर्वहरु सम्बन्धी कार्यक्रमहरु गर्ने गरेको पाईन्छ भने व्यावसायिक रुपमा पनि कार्यक्रमहरु गरेको पाईन्छ । तर साउदी अरेवियामा त्यस्ता स्टेज कार्यक्रम गर्न बन्देज छ । तै पनि नवलपरासी सम्पर्क माच तथा लुम्वीनी सम्पर्क माच र अनेसास साउदी अरेवियाले साउदी अरेवियामा पनि स्टेज कार्यक्रम दिदै आईरहेको छ । त्यस्ता कार्यक्रम हरुमा साउदी अरेवियाका एम्बेसीको पनि उपस्थिती रहेको पाईएको छ । यस्ता स्टेज कार्यक्रम गर्नमा श्री कृष्ण प्रसाद शर्मा सुबेदी दिलचन बुढामगर र राजु सैयद अग्र स्थानमा आउदछन । एक पटक साउदी अरेवियाकै ईतिहासमा नेपालबाट कलाकारहरु झिकाई रियादमा दुई शो नेपाली संस्कृतिक कार्यक्रमहरु साचालन गरिएको थियो । 
विदेशमा नेपाली पत्रकारितालाई निरन्तरता दिनु अति जरुरी छ तर यहाँको कानुन अनुसार अधिकाँश पत्रकारहरु र अधिकाँश प्रकाशित पत्रिकाहरु अवैधानिक नै छन् । भोलि यहाँको सरकारले यी प्रकाशित पत्र पत्रिकाहरुलाई अवैधानिक रुपमा प्रकाशन गरेको चाल पायो भने यहाँको कानुन अनुसार सजायँ भोग्नु पर्ने हुन्छ । तसर्थ यहाँ रहेका र यहाँबाट प्रकाशन हुने गरेका पत्रिकाहरु यहाँको सरकारी निकायमा दर्ता गर्नको लागि पहल गर्नु अति जरुरत रहेको देखिन्छ ।  
खाडी राष्ट्रहरुमा दिन प्रति दिन नेपालीहरुको चाप बढिरहेको छ र भविष्यमा बढी भन्दा बढी दक्ष जनशक्ति भित्रने अपेक्षा गरिएको छ । जति धेरै नेपालीहरुको आगमन भयो त्यति नै धेरै समस्याहरु बढ्ने गर्दछन् र त्यति नै धेरै सूचनाको माध्यमको आवश्यकता पर्दछ । यहाँ अन्य देशहरुका विभिन्न सूचनाका माध्यमहरु साचालनमा छन् । छिमेकी मुलुक भारतका नागरिकहरुले करिव ५ वटा एफ। एम। यू ए इ मा साचालन गरिराखेका छन् साथै दैनिक पत्रिकाहरु पनि प्रकाशित भइरहेका छन् । नेपालीहरु मात्र सूचनाको माध्यममा केही टाढा रहेका छन् । अनलाईन पत्रिकाहरुसँगैभविष्यमा पि्रन्टिङ्ग पत्रिका र एफ।एम। रेडियोलाई पनि प्राथमिकता दिने हो भने निश्चय नै नेपालीहरु पनि सूचनाको क्षेत्रमा अगाडि आइसाचार माध्यममा रोजगारीको अवसर पाउने थिए । यस विषयमा सम्बन्धीत निकायले ध्यान दिन अत्यन्त जरुरी देखिन्छ । 
 
नोट : लेखक खाडी मुलुक साउदी अरेवियामा प्रबेश गरेदेखीनै पत्रकारीता क्षेत्रमा लागी पर्नु भई सूचना तथा साचार क्षेत्रमा लागी परिरहुभएको छ । अहिले एनआरएन आईसीसी मिडिया टास्कफोस्रमा पनि हुनुहुन्छ । 
 
सागर श्रेष्ठ  
ई मेल
info@prabasinepali.com, dear_sagars@yahoo.com


फोन नं : ००९६६ ५६२८८९१८४

Comments »

The URI to TrackBack this entry is: http://pragatisilaawaj.blogsome.com/2009/08/24/p79/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


Anti-spam measure: please retype the above text into the box provided.

Free MySpace Counters
ACLens.com Coupons