काठमाडौ, आश्विन १४ - माओवादीले वरिष्ठ उपाध्यक्ष डा बाबुराम भट्टराईको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेकेा छ । उपाध्यक्ष भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, देव गुरुङ र नेत्रविक्रम चन्द रहेका छन् ।
माओवादीद्वारा वार्ता टोली गठन
शुभकामना


सागर श्रेष्ठ
निर्देशक

एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्कदै
काठमाडौं, १ असोज : पार्टी कार्यकर्ता भेटघाटकालागि चीनको हङ्कङ् जानुभएका एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्कदै हुनुहुन्छ । अध्यक्ष प्रचण्ड मध्यान्ह १२:३० बजे काठमाडौं आईपुग्नुहुने उहाँको नीजि सचिवालयले जनाएका छ । पत्नी सीता दाहाल र विदेश विभाग प्रमुख कृष्णबहादुर महरा सहित हङ्कङ् जानुभएका प्रचण्डले हिजो त्यहाँ स्थित नेपाली समुदायलाई सम्बोधन गर्नुभएको थियो । त्यसैगरि अध्यक्ष प्रचण्ड र हङ्कङ् स्थित चिनीयाँ उच्च अधिकारी बीच पनि भेटवार्ता भएको जनाईएको छ । उहाँ आईतबार हङकङतर्फ जानुभएको थियो ।
आज पनि प्लस टु बन्द
क्रान्तिकारीले हिजोबाट सामुदायिक उच्च माविमा समेत पठन पाठन अवरुद्ध पारेका छ । मुलुकभर हाल २ हजार ४ सय ९३ वटा सामुदायिक र नीजि उच्च माविमा करिब ६ लाख बिद्यार्थी अध्यनरत छन । सार्वजनिक उच्च माविमा ५ जना शिक्षक दरबन्दी र शुल्क निर्धारण लगायतका माग राख्दै अखिल क्रान्तिकारीले ४ दिने उच्चमावि बन्दको आव्हान गरेको हो ।
जनमुक्ति सेना गाउँलेको उपचारमा
जनमुक्ति सेना प्राथमिक स्वास्थ्य केन्द्र संक्रामबाट मासिक ८ सय बढी सर्वसाधारणले उपचार सेवा पाउने गरेका छन् । जसमध्ये अधिकांश स्थानीय गाउँलेहरु रहेका छन् । व्यारेकका सेनाहरु थोरैे मात्र उपचारमा आउने र उनीहरु धेरैमा छालासम्बन्धी रोग हुने गरेको अस्पताल श्रोतले जनाएको छ ।
सर्वसाधारण गाउँलेहरु पनि अन्यत्रभन्दा जनसेनाको व्यारेकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराए छिट्टै निको हुने बताउँछन् । खुट्टामा घाउ भएपछि उपचार गर्न आएकी रोल्पा डुवि्रङ७ कि हस्ती पुनले जनसेनाको स्वास्थ्य केन्द्रमा चाँडै निको हुने भएकोले उपचार गराउन आएको बताइन् । एक महिनासम्म स्वास्थ्य केन्द्रमै बसेर निःशुल्क उपचार गरेकी उनी घाउ निको भएपछि घर फर्किएकी छिन् ।
सजिलो नजिक र निःशुल्क सेवा पाइने भएकाले अस्पताल आउनेहरुको दैनिक लाइन नै लागेको हुन्छ । ुहामी सधै यतै आउँछौं म त धेरैपटक आइसकेकी छु बिजौरी९ स्यालापानीकी कमला महराले भनिन् । उनी जस्तै पूर्णकली विक पनि बिजौरीबाटै बच्चा लिएर आएकी थिइन् । ुअन्त गए साचो पनि हुन्न खर्च पनि धेरै लाग्छु विकले बताइन् । उनीहरु मात्र हैन सल्यानको दमाचौरबाट समेत उपचारका लागि विरामीहरु आएका थिए । स्वास्थ्यकर्मी अपारका अनुसार बिरामीहरु तुलसीपुर बनकट्टा दुधरास नारायणपुर टरीगाउँ सल्यान रोल्पालगायतका ठाउँबाट आउने गरेका छन् । उनीहरुको लागि पर्याप्त औषधी र भर्ना गर्नका लागि कोठा एवं वेडको व्यवस्था छैन । दीर्घ स्मृति वि्रगेडका २७ स्वास्थ्यकर्मीहरु आलोपालो गरेर अस्पतालमा ड्युटी गरेको उनले जानकारी दिए ।
अहिले जिल्ला जनस्वास्थ्य कार्यालय दाङले संक्रामस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अहेव मेनका शर्मालाई पठाएको छ । काम सम्हालेको दुई महिनामात्रै भएपनि अहेव मेनका शर्मा आफूले उपचार गरेका बिरामीहरुले सन्चो भएको बताउँदा खुसी लाग्ने बताउँछिन् । ुमलाई साचो भयो भन्न आउने विरामी जति धेरै भेटियो त्यति आनन्दको अनुभूति हुन्छ ।ु ठूलै समस्या भए मात्रै रिफर गर्नुपर्ने भएपनि स्वास्थ्य केन्द्रबाटै कमै रिफर गरिने उनले बताइन् । ुजनमुक्ति सेनाको स्वास्थ्य केन्द्रमा गए साचो हुने जादु त छैन तर सन्चो हुन्छन् ।ु उपचार विधिमा भने केही फरक रहेको उनी बताउँछिन् । ुहामी आवश्यक औषधी निःशुल्क औषधी दिन्छौं औषधी भन्दा बढी सम्झाउँछौं र बिरामीलाई नियमित औषधी सेवन गर्ने र स्वास्थ्यको ख्याल गरे निको भइन्छ भन्ने मानसिकरुपमा विश्वास दिलाउँछौं त्यसैले हामीले उपचार गरेका विरामीहरु प्रायः साचो हुन्छन् ।ु
उसो त व्यारेकमा केही समयअघि स्त्रीरोग विशेषज्ञ गाइनोलोजिष्ट डा।विनोदको नेतृत्वमा टोलीले दुई दिने निःशुल्क स्वास्थ्य शिविर चलाएको थियॊ । अधिकांश गाउँलेहरुकै उपचार गरिएको स्वास्थ्य शिविरमा महिलाका विभिन्न समस्याहरु पेट दुख्ने योनीबाट सेतो पानी बग्ने महिनावारी बिगि्रएकादेखि पाठेघर खसेकासम्मको उपचार गरिएको थियो । व्यारेकमा सबै किसिमका रोगी आउँछन् । अहेव पोख्रेलले दिएको जानकारीअनुसार दुई महिनामा १ सय ६४ जना बच्चाको उपचार गरिएको थियो । उनीहरुमध्ये अधिकांश गाउँलेहरु नै थिए ।
जनघनत्व बढी हुने एकले अर्कोको कपडा प्रयोग गर्ने भएकोले जनमुक्ति सेनामा छालाका रोग बढी देखिने गरेको छ । दादहरु एक अर्कोमा छिटो सर्ने गरेकोले प्रकोप बढी देखिएको स्वास्थ्यकर्मीले बताए । जनमुक्ति सेनाको क्याम्पभित्र पस्न सजिलो भएकाले सर्वसाधारणको लाइन लागेको बताइन्छ । अनावश्यक चेक जाँच गर्ने अपशव्द बोल्ने धम्क्याउने भए सामान्य मान्छे कसरी आउँथे र एक सुरक्षाकर्मीले बताए । गाउँमै जनसेनाको क्याम्प भएपछि स्थानीय बासिन्दा निकै लाभान्वित भएको बताउँछन् । क्याम्प उठाएमा आफूहरुलाई निकै पीडा हुने सर्वसाधारण बताउँछन् ुअझ राम्रो गराउनुपर् यो । गाउँमा विजुली पानीको व्यवस्था भएको छ नजिकै अस्पताल छ यस्तो विकास किन हटाउने ु
उसो त देशको बिग्रदै गएको राजनैतिक अवस्था र दलहरुको आपसी द्वन्द्वले केही भइहाले वा सेना समायोजन भएपछि व्यारेक उठाइने पो हो कि भन्ने सर्वसाधारणमा आशंकाले घर गरिरहेको छ ।
नयाँ जनवादी राज्य सत्ता स्थापनाको लागी छिट्टै नै भिषण जनविद्रोहको आधिबेहरी सिर्जना हुँदै
नेपाली जनप्रगतिशील माच कतारको आयोजनामा कतारबाट बिदामा नेपाल आएका नेपालीहरुका बिचमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय प्रवास ब्यूरो समिति सदस्य क। मनोज थापा र अखिल नेपाल टे्रड युनियन महासंघका उप-महासचिव तथा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष क. जगत िसंखडाले प्रशिक्षण दिनु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै क. मनोज थापाले भन्नु भयो नेपाली जनक्रान्ति विजयको सन्नीकट पुगेकोले उक्त अन्तीम विद्रोहमा प्रवासमा रहेका लाखौं लाख नेपालीहरुको उल्लेखनिय भूमिका हुने बताउनु भयो । विश्वका जुनसुकै कुनामा रहेका भए पनि आम सर्वहारा वर्गको मुक्ति आन्दोलनमा सहभागी भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि उहाँले सुझाब दिनु भयो । त्यस्तै अर्का बक्ता जगत िसंखडाले आज लाखौं लाख नेपाली स्वदेशमा रहेर आफ्नो जीविकोपार्जन गर्न नसक्ने अवस्था विगतका यो देशका शासकहरुकै कारणले सिर्जना भएको हुनाले यो शोसक सामन्ती राज्य व्यबस्थालाई ध्वंस बनाई नयाँ जनवादी राज्य सत्ता स्थापनाको लागी छिट्टै नै भिषण जनविद्रोहको आधिबेहरी सिर्जना हुँदै छ । उक्त अन्तिम लडाईमा प्रवासी नेपालीको वलिदानको कोटा नेपाली भूमीले मागेको अवस्थामा नेपाल र सर्वहारा वर्गको मुक्तिको लागी आफुलाई वलिदानी गर्नु परे पनि तयार रहने जुझारु संगठन निर्माण गर्नुपर्ने घारणा राख्नु भयो । सोही कार्यक्रममा अखिल नेपाल टे्रड युनियन महासंघका केन्द्रीय सदस्य झंकनाथ पौडेल अर्का सदस्य बिष्णु प्रसाद वेलवासेले पनि आफ्ना भनाइहरु राख्नु भएको थियो । कार्यक्रम जनप्रगतिशील माच कतारका अध्यक्ष जनार्दन गिरीको अध्यक्षता र नेपाली प्रगतिशील यातायात मजदुर माच कतारका उपाध्यक्ष ढुण्डीराज कोईरालाले संचालन गर्नु भएको सो कार्यक्रममा सयौंको संख्यामा सहभागीहरु उपस्थित भएका थिए ।
राता जनताको मान्छेहरु मृत्युदेखी डराउदैन जनताको मुक्ति नहुँदासम्म लडिरहने ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई खेलाँची नठान्न चेतावनी दिनु भएको छ ।
विगतमा २ वटा थोत्रा बन्दुक लिएर जनयुद्ध थालेको माओवादीसँग आज लाखौं जनता , हजारौं वन्दुक र सेना सहित स्पष्ट विचार भएकाले माओवादीलाई खेलाँची ठान्ने गल्ती नगर्न उहाँले संसदवादी दलहरुलाई चेतावनी दिनुभयो ।राजधानीको खुलामञ्चमा आयोजित जनसभामा एक घण्टा लामो सम्बोधनका क्रममा प्रचण्डले लचकताको पराकाष्ठा पार गरेपछि माओवादी पार्टर्ीी छिट्टै दृढताको पराकाष्ठासम्म आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने दिन आउन लागेको बताउँदै जनताको मुक्ति नहुँदासम्म जनतालाई साथ लिएर एकीकृत नेकपा माओवादी लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नयाँ संविधान र शान्ति प्रकृया जनयुद्धका दर्ुइ सन्तानहरु भएकाले आफ्ना सन्तानलाई माओवादीले जल्लादहरुको हातमा छाड्न नसक्ने प्रचण्डले बताउनु भयो ।माओवादीले आयोजना गरेको देशव्यापी जनसभा तेश्रो जनआन्दोलन नभई त्यसको पर्ूवतयारी र जनतासंगको सल्लाह मात्रै भएको जानकारी दिँदै उहाँले जनआन्दोलनको वास्तविक आँधीहुरी ल्याउँदा सबै प्रतिगामीहरु बढारिने बताउनुभयो
५० लाख रुपैंया टाउकाको मोल तोक्दा नडराउने माओवादी नेतृत्वले मृत्युलाई पहिल्यै जितिसकेको भन्दै प्रचण्डले आफूहरुलाई सकेेदेखि जेल हालेर देखाउन चुनौति दिनु भयो ।जनताले नयाँ संविधान निर्माण गर्नका लागि विजयी गराएका माओवादी नेताहरुलाई जेल हाल्छु भन्नेहरुलाई बाटो घाटोमा हिँडन् दिन हुन्छ कि हुँदैन भन्दै उहाँले प्रश्न गर्नु भयो ।
प्रधानसेनापति रुक्मांगद कटवाललाई कारवाहि गर्दा वालुवाटार भित्र आफ्नो हत्या गर्ने षडयन्त्र भएको दावी गर्दै प्रचण्डले जनताको मुक्तिको खातिर आवश्यक परे बालुवाटारभित्र वलिदान गर्छर्ुुनेर अडान लिएको बताउनु भयो ।प्रचण्डले लोकतन्त्र र जनताको सर्वौच्चताका लागि सेना जनताद्धारा निर्वाचीत सरकारको मातहतमा रहनु आवस्यक भएको भन्दै यदी सैनिक सर्वोच्चता लाद्न नेताहरु दलाली गरेर अघि वढछन् भने प्रत्यक नेपाली जनताको हातमा वन्दुक हुनु पर्ने र त्यसले फैसला गर्ने वताउनु भयो ।
हिजो दरवारमा वसेकाहरु र ससदवादी पुराना पार्टर्ीीको अब जंगल जाने पालो आएको बताउँदै उहाँले काँग्रेस एमाले र राजावादीहरु जंगल नै गएपनि जनताले उनीहरुलाई कहिल्यै साथ नदिने वताउनु भयो ।माओवादीले १५ वर्षपहिले ४० सुत्रिय माग राख्दा गुलेली चलाउन नजान्नेहरु भन्दै खेलाँची गर्नाको परिणाम संसदवादी दलहरुले भोगिसकेको बताउँदै प्रचण्डले अहिले पनि शान्तिपर्ूण्ा रुपमा उठाइएको ४५ सुत्रिय माग पूरा नगरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।
समाजमा आम अराजकता स्थापना गर्नको निम्ति आफुहरुले त्यसो नभएको स्पष्ट पार्दै उहाँले केही सञ्चारमाध्यमहरुले आफ्नो भनाइलाई तोडमरोड गरेकोमा खेद व्यक्त गर्नुभयो ।हिजो ज्ञानेन्द्रलाई दाम चढाउन बानी परेका काँग्रेस र एमालेले अहिले राष्ट्रपतिलाई बिन्ती चढाएर राजा बनाउने प्रयास गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो , ‘राष्ट्रपति महोदयलाई मैले जनताकै छोरा रहनुस्, राजा बन्ने मर्ूखता नगर्नुहोस् भनेर आग्रह गरेको थिएँ, तर उहाँले मान्नुभएन ।‘संसदको अवरोध फुकाउदै शान्तीपर्ुण्ा ढंगले राष्ट्रपतिको कदममा छलफल गरी समस्याको समाधान नगर्ने हो भने अब आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न नसक्ने उहाँले बताउनु भयो ।
संसदवादी दलहरुले लोकतन्त्रको मजाक उडाउँदै हारेकाहरुको वहुमत भएको कहीँ नभएको सरकार वनाएको बताउँदै अध्यक्ष प्रचण्डले विदेशीहरुको पाउ मोलेर सरकार गठन गरिएको बताउनुभयो ।सेना र प्रहरी भित्र एकाध कटुवाल प्रवृति वाहेक बाँकी भएपनि देशलाई माया गर्नेहरु धेरै भएकाले अब प्रहरी र सेनाले पनि माओवादीलाई साथ दिने उहाँको विश्वास थियो ।
साउदी अरेवियामा सांस्कृतिक कार्यक्रमको महत्व र चुनैति ।
-सागर श्रेष्ठ
एउटा छुटै परिवेश भएको देश साउदी अरेवियामा विगत केहि बर्ष देखी आफ्नो परिश्रम बेचीरहेका नेपालीहरुलाई रमाहदान तथा दशैं तिहारको पावन अबसरमा विभिन्न मनोराजनात्मक कार्यक्रम प्रस्तुत गर्दै आई रहेको छ । गत बर्ष देखी युनाईटेड नेपालीज वेलफेयर सोसाईटी साउदी अरेवियाद्वरा नेपालको ख्याती प्राप्त कलाकारहरुलाई झिकाई कार्यक्रम देखाउने प्रयास भई रहेको छ । हुनत साउदी अरेवियामा यस्ता कार्यक्रमहरु प्रस्तुत गर्न चुनौतिको विषय हो तर पनि आयोजक मित्रहरुले प्रवासी नेपालीहरुलाई मनोराजन प्रदान गर्न हर प्रयास गरिरहेको छ ।
विभिन्न आरोप प्रत्यारोपहरु खेपीरहेका आयोजकहरुले यस पटक पनि सर्व साधारणहरुले भारी गुनासो पोखीरहेको छ । कार्यक्रमको लागी टिकट बजारमा आई सकेको छ । तर रहर भएर पनि कार्यक्रम हेर्न जानलाई समस्याहुने सर्बसाधारणहरुको गुनासो छ । टिकट रेट धेरै महंगो भएकोले धेरै नेपालीहरु सहभागी हुन नसक्ने गुनासो सर्वसाधारणको रहेको छ । तर पनि आयोजकहरुको आफ्नै गुनासो छ । नेपालीहरुलाई वर्षको एक पटक भने पनि मनोराजन दिनको लागी नेपालबाटै कलाकार झिकाउदा साउदी अरेवियाको लागी अलि कठिन र महंगो भएकैले टिकट पनि केहि महंगो भएको स्वीकार्नु हुन्छ । दमाममा हुने कार्यक्रमको लागी विभिन्न क्षेत्रबाट बसको सुविधा पनि भएको जानकारी प्राप्त भएको छ ।
आयोजक मित्रहरुले दिनुभएको जानकारी अनुसार सबै कलाकारहरु २० तारिष भन्दा अगाडीनै आईपुग्नेछन । यस पटक दमाम शहरमा सेप्टेम्बर २२ र रियादमा दुई शो सेप्टेम्बर २१ र २५ मा हुने जानकारी प्राप्त भएको छ ।
साउदी अरेविया जस्तो देशमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न अति आवश्यक छ । तर चुनैति पनि तेतिकै छ । यदि खुलाम खुल्ला रुपमा नेपालको सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने हो भने पर्यटन क्षेत्रमा धेरैनै सहयोग पुग्ने देखीन्छ ।
प्रेस बक्तब्य
मानब तस्कर र म्यानपावर एजेन्टहरुद्वारा बेरोजगार सोझासिधा नेपालीहरुलाई बिभिन्न आश्वासन दिएर मध्यपूर्बका खाडी राष्ट्रहरुमा अलपत्र पारिदै आएको कुनै नयाँ कुरा होइन। लाखौं रुपैया ऋण धन गरेर दलाललाई पैसा दिएर आए पनि यहाँ काम, माम, दाम र ठाम नपाएर अलपत्र मात्रै परेनन यसको तनाबले अती बिक्षिप्त भएर जिबन समेत गुमाएको हामीले सुन्दै र देख्दै आएकाछौ। कती पीडितहरुलाई यहाँ कार्यरत बिभिन्न सामाजिक संस्था र पार्टीका भात्री संगठनले उद्दार र सहयोग गरी स्वदेश फिर्ता गराउदै आएकाछन। सरकारी रबैयाका कारण पिडकलाई उचित कानूनी कारबाही र पीडितलाई क्षतिपुर्ति नहुनाले अलपत्र हुने प्रक्रियामा पूर्णबिराम लाग्न नसकेको यथार्थछ।
भरखरै मात्र कतारमा १८ जना नेपाली बेरोजगार यूबाहरुलाई राम्रो काम लगाइदिने आश्वासन दिएर ल्याई अलपत्र पार्ने धनुषाका ३७ बर्षिय अजिज नदाफ र अर्का सर्लाहीका सहजाद मियाँ मिकरानीलाई डिपोर्ट गर्न कतारका लागि नेपाली महामहिम राजदूत डाक्टर सुर्यनाथ मिश्रले त्यहा स्थित नेपाली संघसंस्थाहरुबाट पनि सहमति जुटाएर नेपाली जन प्रगतिशिल मञ्च कतारको पनि सक्रिय पहलमा आफ्नो ठाउबाट जुन कदम अघी बढाउनु भएकोछ त्यो अत्यन्तै सराहनिय र स्वागत योग्यछ। पीडित १८ जना ब्यक्ती लगायत सम्पूर्ण श्रमजिबी मजदूरको पक्षमा यो कदमले अहम भूमिका राख्दछ। तसर्थ कतार स्थित नेपाली राजदूत महामहिम डाक्टर मिश्र र सहमति दिने सम्पूर्ण सामाजिक संघ संस्थाहरुको निर्णयको स्वागत गर्दै यूएई स्थित सम्पूर्ण देशभक्त बामपन्थी र प्रगतिशिल अग्रगामी श्रमजिबी मजदूरहरुको प्रतिनिधि संगठन नेपाली जन प्रगतिशिल मञ्च यूएई हार्दिक ऐक्यबध्दता जाहेर गर्दछ। साथै उक्त पिडक ब्यक्तिहरुलाई कडा भन्दा कडा करबाही गर्दै पीडित अलपत्र परेका नेपालीहरुलाई ससम्मान नेपाल फर्काएर उचित क्षतिपुर्ति पनि दिलाइदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ।
क्रान्तिकारी अभिबादन सहित !
रमेश बेल्बासे महासचिब नेपाली जन प्रगतिशिल मञ्च - यू ए ई
आज दशौं वासु स्मृति दिवश
जनकपुरको जनसभा स्थगित, सुर्खेतमा शुरु हुँदै
जनताको हातमा बन्दुक नआएसम्म वास्तबिक लोकतन्त्र नआउने
भदौ २१ । एकीकृत नेकपा माओवादीले नागरिक सर्बोच्चताबिरुद्वको आन्दोलन अन्तर्गत आइतबारदेखि देशका बिभिन्न स्थानहरुमा सभा सुरु गरेको छ ।
सोही अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले बिराटनगरको आमसभालाई सम्बोधन गरेका छन् ।
बिराटनगरको सभालाई सम्बोधन गर्दै प्रचन्डले बन्दूक जनताको हातमा आउनुपर्ने बताउनुभयो । उहाँले जनताको हातमा बन्दुक नआएसम्म वास्तबिक लोकतन्त्र नआउने दावी गरे ।
‘बन्दूकको कुन्दाभित्र जनता हुनुहुदैन‘ भन्दै उहाँले अहिले सैनिक सर्वोच्चतामार्फत जनता बन्दूकको कुन्दा भित्र पारिएको दावी गरे ।
संयुक्त जनआन्दोलन समिति नेपालले गरेको विरोध सभामा प्रचण्डल भने– राष्ट्रपतिको कदमले जनतालाई बन्दूकको कुन्दा भित्र राखेको छ ।
उनले जनताको हातमा बन्दूक हुनुपर्छ भन्ने मान्यताका साथ आफूले प्रधानमन्त्रीको पद त्यागेर जनतासँगै मिलेर आन्दोलन गर्न आएको बताए ।
जनआन्दोलन समितिले गरेको विरोधसभा आन्दोलन नभएर आन्दोलनको पूर्व तयारी भएको बताएका छन ।
जनतामाथि दमन भइरहे वास्तविक आन्दोलन गर्ने उनले चेतावनी दिए ।
उनले जारी शान्ति प्रकृया जनआन्दोलन र जनयुद्धको सन्तान भएको बताउँदै यसलाई हत्या गर्ने प्रयास भैरहेको बताए । यस्लाइ हत्या गर्नबाट जोगाउन आफूहरुले आन्दोलन थालेको उनको भनाइ छ ।
उता उदयपुरमा नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी पदीय जिम्मेवारी दुरुपयोग गरेको आरोप लगाए ।
किराँत जनराज्य आन्दोलन अन्तरगत आइतबार उदयपुर सदरमुकाम गाइघाटमा एकीकृत नेकपा माओवादीद्धारा आयोजित जनसभामा बोल्दै डा. भट्टराईले राष्ट्रपतिको सोही कदमका कारण आफूहरुले सरकार छाडेको बताए ।
उनले राष्ट्रपतिको असंवैधानिक कदमको समर्थन गरेर नेकपा एमाले र कांग्रेसले एतिहासमै सबैभन्दा ठूलो भुल गरेको बताएका छन । भट्टराईले माधव नेपाल नेतृत्वको सरकार चाँडै ढल्ने ठोकुवा गर्दै आफ्नो पार्टी नेतृत्वको संयुक्त राष्ट्रिय सरकार गठन हुने घोषणा समेत गरे ।
जनसभामा बोल्दै माओवादीका पोलिटव्यूरो सदस्य एवम् पूर्व शान्ति मन्त्री जनार्दन शर्मा (प्रभाकर) ले आफ्नो नेतृत्वको सरकार ढाल्ने एमाले र कांग्रेसलाई त्यसको परिणाम भोगाएरै छाड्ने बताए ।
माओवादीलाई शान्ति प्रक्रियाबाट बाहिर लगि सशस्त्र द्वन्द्वमा फर्काउन देशी विदेशी तत्वहरुले बनाएको योजना असफल गराएरै छाड्ने शर्माले बताए ।
जनआन्दोलन समितिले आन्दोलन सशक्त पार्ने
आन्दोलनलाई प्रभावकारी र देशव्यापी बनाउन विभिन्न विभागहरु गठन गर्नुका साथै सबै राज्यसमितिको संयोजकमा विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी तोकिएको छ । जसअनुसार सेती-महाकाली राज्यसमितिको आन्दोलनको संयोजकमा भीमबहादुर कडायत भेरी-कर्णालीमा खड्गबहादुर विश्वकर्मा मगराँतमा सन्तोष बुढा थारुवानमा रामचरण चौधरी तमुवानमा अमर तमु नेवाःमा दिलबहादुर श्रेष्ठ किराँतमा गोपाल किराँती कोचिलामा पूर्णिसंह राजवंशी ताम्सालिङमा कमानिसंह लामा लिम्बुवानमा श्रीजवेगु रहनु भएको छ ।
संविधानसभा निर्वाचनमा प्राप्त मतको समानुपातिक प्रतिनिधित्व अनुरुप नभएसम्म स्थानीय निकाय गठनलाई बहिष्कार गरिने निर्णय पनि संयुक्त जनआन्दोलन केन्द्रीय समितिले गरेको छ । जसको अलावा गाउँदेखि जिल्ला तहसम्म संघर्ष साचालन गर्न र जनताका दैनिक कामहरु विकास निर्माणदेखि न्याय निसाफ सम्ममा सहयोग पुर् याउन आन्दोलनका स्थानीय समिति बनाइने निर्णय समेत समितिले गरेको छ । साथै आन्दोलनलाई सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यले देशका विभिन्न भागमा भदौ २१ गतेबाट २९ गतेसम्म जनसभाको आयोजना गरिने भएको छ । त्यसरी आयोजना हुने जनसभामा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।हेर्नुहोस् बक्समा
भदौ २१ गते विराटनगरप्रचण्ड र गिरिराजमणि पोखरेल
भदौ २१ गते गाईघाटबाबुराम भट्टराई र जनार्दन शर्मा ुप्रभाकरु
भदौ २२ गते जनकपुरनारायणकाजी श्रेष्ठ ुप्रकाशु र रामकुमारी यादव
भदौ २२ गते सुर्खेतपोष्टबहादुर बोगटी अमिक शेरचन तिलक परियार
भदौ २३ गते हेटौंडारामबहादुर थापा ुबादलु र देव गुरुङ
भदौ २३ गते बाग्लुङलिलामणि पोखरेल र हिसिला यमी
भदौ २४ गते बुटवलसिपी गजुरेल अमिक शेरचन र टोपबहादुर रायमाझी
भदौ २४ गते घोराहीवर्षमान पुन ुअनन्तु र जनार्दन शर्मा ुप्रभाकरु तिलक परियार
भदौ २५ गते पोखराकृष्णबहादुर महरा र लेखराज भट्ट
भदौ २५ गते फिदिमदेव गुरुङ र नेत्रविक्रम चन्द
भदौ २६ गते काठमाडौंप्रचण्ड र जबस मोर्चा
भदौ २६ गते जुम्लासीपी गजुरेल र जनार्दन शर्मा ुप्रभाकरु
भदौ २७ गते नेपालगाजनारायणकाजी श्रेष्ठ नेत्रविक्रम चन्द
भदौ २७ गते दिपायलबाबुराम भट्टराई र लेखराज भट्ट
भदौ २८ गते धनगढीरामबहादुर थापा ुबादलु लेखराज भट्ट जयपुरी घर्ती
भदौ २८ गते विर्तामोडअमिक शेरचन र टोपबहादुर रायमाझी
भदौ २९ गते नारायणगढप्रचण्ड जनार्दन शर्मा र जबस मोर्चा
भदौ २९ गते रोल्पा बाबुराम भट्टराई र नेत्रविक्रम चन्द
जनताको अन्तिम विकल्प जनविद्रोह
ुअहिले संविधानलाई कागजको खोस्टो बनाउने र शान्तिलाई भाँडमा हाल्ने वा तुहाउने षड्यन्त्र जोडतोडले भइरहेको छ खबरदार हामी त्यसो हुन कदापी दिनेवाला छैनौंु प्रचण्डले अगाडि भन्नुभयो ुहामी हजारौंमात्रै होइन लाखौको वलिदानी गरेर भएपनि संविधानसभा बचाउँछौं र शान्तिलाई तार्किक निश्कर्षमा पुर् याइछाड्छौं ।ु जनताको अन्तिम विकल्प विद्रोह भएको बताउँदै प्रचण्डले जनताको विद्रोहको अधिकारलाई संयुक्त राष्ट्र संघले समेत मान्यता दिएको बताउनुयो ।
कठपुतली सरकारले विदेशी प्रभुलाई रिझाउन र सत्ता टिकाउन व्यापक बिरोध र तनावका बीच भारतीय भट्टहरुलाई नियुक्त
पशुपतिनाथ मन्दिरमा नियुक्त गरिएका नयाँ दुइ भट्टले शनिबारदेखि नियमित पूजा सुरु गरेका छन् । शनिबार बिहान ९ बजेर ५ मिनेटको साइतमा नयाँ पुजारीहरू गिरिस भट्ट र राघवेन्द्र भट्टले पशुपतिको नियमित पूजा गरेका थिए ।
भारतीय भट्टलाई पुजारीमा नियुक्त गरेको विरोधमा नेपाली पुजारी नियुक्त संघर्ष समितिले पशुपतिनाथको मन्दिर वरपर बिहानैदेखि प्रदर्शन गरेपछि करिब ६० जनालाई प्रहरीले पक्राउ गरेको छ । उपवासमा बसेका पूजारीद्वयलाई मन्दिरभित्रै प्रवेश गरी कुटपिट गरेपछि आज पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सरकारले गत बुधबार भारतीय मुलका दुई भट्टलाई पुजारीमा नियुक्त गरेको हो ।
स्थानीय प्रशासनले शुक्रबार पशुपति क्षेत्र वरपर नारा जुलुस धर्ना तथा विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो । माओवादी कार्यकर्ताहरुले चावहिल गौशाला चुच्चेपाटीलगायतका क्षेत्रमा प्रदर्शन जारी राखेकाले त्यस क्षेत्रमा यातायात प्रभावित भएको छ ।
प्रेस वक्तव्य
हिजो पशुपतिनाथ परिसरमा भएको घटना र आज त्यसबारे देशभित्र र देश बाहिरका कतिपय संचार माध्यमहरुले हाम्रो पार्टीको संलग्नता देखाउने गरी गरिएको प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पशुपतिनाथ मन्दिरको पुजारीमा नेपाली नागरिक नियुक्त हुनुपर्छ भन्ने माग नेपाली जनसमुदायले लामो समयदेखि उठाउँदै आएको सर्वविदितै छ । हालै सरकारले पुजारी नियुक्ति सम्बन्धि गरेको निर्णयप्रति असहमति जनाउँदै जनसमुदायका तर्फबाट संघर्ष समिति गठन भइ संघर्षका कार्यक्रम गर्दै आएको कुरा पनि प्रष्ट नै छ । हाम्रो पार्टी जनताको धार्मिक स्वतन्त्रता प्रति विश्वास गर्दछ र जनसमुदायको कुनैपनि विषयमा विरोध वा समर्थन गर्ने स्वतन्त्र अधिकार र भावनाको सम्मान गर्दछ । धार्मिक सदभाव खल्बलाउने र हस्तक्षेप गर्ने हाम्रो पार्टी नीति नभएको कुरा समेत स्पष्ट गर्न चाहन्छ । जनसमुदायको स्वतन्त्र संघर्षको विषयलाई अनावश्यक र पूर्वाग्रही रुपमा हाम्रो पार्टी प्रति लक्षित नगर्न पनि हामी सबैलाई अपील गर्दछौं ।
भाद्र २० २०६६
कृष्णबहादृुर महरा
इन्चार्ज
अन्तर्राष्ट्रिय विभाग
एकीकृत ने।s।पा।माओवादी
योङ्ग कम्युनिष्ट लीग नेपाल वाइसीएल ले भ्रष्टाचारी तस्कर कालाबजारियाका विरुद्ध भण्डाफोर र सामाजिक बहिष्कार गर्ने
जनसाचार अभियान नेपालमा आज आयोजित पत्रकार सम्मेलनमा वाइसीएलका केन्द्रीय संयोजक गणेशमान पुनले
भ्ष्टाचारी र कालाबजारियाका बिरुद्ध कानुनी कारबाहीका लागि युवा परिचालन गरी अदालत र प्रहरी बलको समन्वयका साथ कानुनी दायारामा लिन संघर्ष गर्ने जानकारी दिनुभयो ।
योङ्ग कम्युनिष्ट लीग नेपाल वाइसीएल ले भारतीय पक्षबाट भएको सीमा अतिक्रमणबारे अध्ययन गर्न केन्द्रीयस्तरमा सीमा अनुगमन टीम बनाउने जनस्तरमा सीमा सुरक्षा समिति गठन गर्ने सीमासम्बन्धी जनचेतना अभियान साचालन गर्ने र सीमा अनुगमनको कार्यक्रम थाल्ने भएको छ ।
यस्तै बैठकले जाजरकोट रुकुम दैलेख अछाम लगायत जिल्लामा भएको झाडापखाला तथा महामारी प्रभावित क्षेत्रमा स्वयम्सेवक परिचालन गर्ने अति प्रभ्ाावित क्षेत्रमा केन्द्रीत अभियान र आमरुपमा आम कार्यक्रम गर्ने तथा राष्ट्रिय स्वाधीनता नागरिक सर्वाेच्चता शान्ति नयाँ संविधान निर्माण राष्ट्रिय युवा नीति युवाहरुको राजनीतिक-आर्थिक-शैक्षिक-रोजगारी-स्वास्थ्य आदि मुद्दाका आधारमा गणतन्त्रवादी देशभक्त वामपन्थी राष्ट्रवादी युवाहरुबीच राष्ट्रिय क्षेत्रीय र स्थानीय तहमा वार्ता तालमेल सहकार्य र सहमति गरी साझा कार्यक्रम तय गर्ने योजना बनाएको संयोजक पुनले बताउनुभयो ।
बैठकले आगामी फागुनसम्ममा संगठनको राष्ट्रिय सम्मेलन गर्ने निधो गर्नुका साथै संविधानसभा सरकारी कामकाज विकास निर्माण सहकारी लगायतका कामहरुलाई राष्ट्रिय-क्षेत्रीय-राज्य-जिल्ला र स्थानीय स्तरमा व्यवस्थित गर्न अभियान थाल्ने सहिद परिवारहरुको घर तथा भौतिक संरचना मर्मत-सम्भार जनसेवा जनश्रमका लागि ठोस योजना बनाउने संयुक्त राष्ट्रिय सरकारका लागि संयुक्त राष्ट्रिय जनआन्दोलनद्वारा घोषित कार्यक्रममा सघाउने महिला िहंसाजस्ता सामाजिक मुद्दामा आवाज उठाउने संगठनमा सुद्धीकरण गर्न अनुगमन छानवीन विभाग गठन गर्ने दशंैतिहारमा युवा भेटघाट-जनसम्बन्ध-जनसाँस्कृतिक कार्यक्रम गर्ने संगठनको सदस्यता विस्तार गरी १० लाख पुर् याउने लगायतका निर्णयहरु पनि गरेको सो अवसरमा जानकारी दिइयो ।
बर्तमान सरकारका सय दिन उपलव्धीमुलक भन्दा विवादास्पद
प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको सरकारको आज एक सय दिन पुरा भएको छ ।
एक सय दिनको अवधिमा प्रधानमन्त्री माधव कुमार नेपाल र वर्तमान सरकार विभिन्न विषयमा विवादको घेरामा फसेको छ ।
प्रधानमन्त्री नेपालले पदभार सम्हालेको एक सय दिन भित्र नेपाली सेनाका विवादास्पद अधिकारी तोरण जंग वहादुर सिह र भिक्टर राणालाइ वढुवा गरि मानवअधिकारको गंम्भीर उल्लंघन गर्नुभएको भनि राष्ट्रसंघिय मिसनले पनि आलोचना गरेको छ ।
तयस्तै उपराष्टपति परमानन्द झाको सपथ प्रकरणले मुलुकमा भाषिक र साम्प्रदायीक समस्या उत्पन्न गरेको छ ।
त्यसैगरि नेपालकै प्रधानमन्त्रीय कालमा मधेशी जन अधिकार फोरमको विभाजन भएको छ भने आफ्नै पार्टर्ीीे क पा एमाले विभाजनको संघारमा पुगेको एमालेकै केन्द्रीय नेताहरुले वताउने गरेका छन् ।
पहिलो औपचारिक भ्रमण भारतलाई वनाएका नेपालले पञ्चेश्वर बहुउदेश्यीय परियोजना भारतको पोल्टामा हाल्ने काममा सफलता पाउन सक्नु भएन भने मुलुकमा गृहयुद्धको खतरा निम्त्याउन भारतवाट हतियार ल्याउन सकिने वाटो खुला गर्नु भएकेा छ ।
परराष्ट मन्त्री सुजाता कोइरालालाई भारत भ्रमणमा लैजान नसकेर उहाँले आफ्नो कमजोर मन्त्रीमण्डलको अवस्था प्रस्तुत गर्नु भयो ।
यी र यस्तै कामका आधारमा बर्तमान सरकारका सय दिन उपलव्धीमुलक भन्दा विवादास्पद भएको विश्लेषणकहरुको भनाइ रहेको छ ।









