पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान आठ बजेदेखि करिब २ घण्टा चलेको बैठकमा अध्यक्ष प्रचण्डको एक साता लामो चीन भ्रमणका क्रममा भएका छलफल तथा उपलब्धीका बारेमा जानकारी गराउनुभएको प्रबक्ता दिनानाथ शर्माले जानकारी दिए ।
वैठक पछि संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता शर्माले चीनले अहिलेको स्थिती युद्ध नभई शान्ति र विकास भएको धारणा माओवादी नेतृत्व सामु राखेको बताए । उनले दक्षिण एशियामा चीन र भारतका विषयमा सञ्चारमाध्यममा आएजस्तो अन्तरविरोध नरहेको वताउँदै अबको बिश्वको नेतृत्व एसियाले गर्नुपर्ने चिनिया धारणा रहेको स्पष्ट पारेका थिए ।
विश्व अब एक ध्रुवमा केन्दि्रत हुन नसक्ने र बहुधु्रवीय विश्वको लागि शान्ति र विकास आवश्यक रहेको चिनियाा मान्यता बारे व्याख्या गर्दै प्रवक्ता शर्माले नेपालमा शान्ति र संविधानका लागी गरिएको माओवादी प्रतिवद्धता प्रति चिन सकरात्मक रहेको उल्लेख गरेका थिए ।
साथै माओवादीले लचकता अपनाएर साझा संकल्प प्रस्तावमा राष्ट्रपतिको असंवैधानिक कदमका विषयमा उल्लेख गर्न दलहरुलाइ आग्रह गरिएको र सोही अनुसार सहमतिको प्रकृया अगाडि बढ्न सक्ने बताएको छ ।
त्यस्तै आजको बैठकमा राजनीतिक निकास, वार्ताका प्रयास तथा उपलब्धी र तिहार पछि सुरु गर्ने भनिएको आन्दोललनका विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले जानकारी दिएका थिए ।









