NPPF :: सदनमा दर्ता गरिने साझा संकल्प प्रस्तावलाई शीर्ष नेतृत्वको बैठक बसेर टुङ्गो लगाउनुपर्ने निर्णय गर्दै माओवादी बैठक सकियो :: October :: 2009

October 21, 2009

सदनमा दर्ता गरिने साझा संकल्प प्रस्तावलाई शीर्ष नेतृत्वको बैठक बसेर टुङ्गो लगाउनुपर्ने निर्णय गर्दै माओवादी बैठक सकियो

Filed under: News

 
काठमाडौं, ३ कार्तिक ।एकीकृत नेकपा माओवादीको आज बसेको केन्द्रीय समितिको बैठक सदनमा दर्ता गरिने साझा संकल्प प्रस्तावलाई शीर्ष नेतृत्वको बैठक बसेर टुङ्गो लगाउनुपर्ने निर्णय गर्दै सकिएको जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान आठ बजेदेखि करिब २ घण्टा चलेको बैठकमा अध्यक्ष प्रचण्डको एक साता लामो चीन भ्रमणका क्रममा भएका छलफल तथा उपलब्धीका बारेमा जानकारी गराउनुभएको प्रबक्ता दिनानाथ शर्माले जानकारी दिए ।     
वैठक पछि संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता शर्माले चीनले अहिलेको स्थिती युद्ध नभई शान्ति र विकास भएको धारणा माओवादी नेतृत्व सामु राखेको बताए । उनले  दक्षिण एशियामा चीन र भारतका विषयमा सञ्चारमाध्यममा आएजस्तो अन्तरविरोध नरहेको वताउँदै अबको बिश्वको नेतृत्व एसियाले गर्नुपर्ने चिनिया धारणा रहेको स्पष्ट पारेका थिए ।                                                            
विश्व अब एक ध्रुवमा केन्दि्रत हुन नसक्ने र बहुधु्रवीय विश्वको लागि शान्ति र विकास आवश्यक रहेको चिनियाा मान्यता बारे व्याख्या गर्दै प्रवक्ता शर्माले नेपालमा शान्ति र संविधानका लागी गरिएको माओवादी प्रतिवद्धता प्रति चिन सकरात्मक रहेको  उल्लेख गरेका थिए ।
साथै माओवादीले लचकता अपनाएर साझा संकल्प प्रस्तावमा राष्ट्रपतिको असंवैधानिक कदमका विषयमा उल्लेख गर्न दलहरुलाइ आग्रह गरिएको र सोही अनुसार सहमतिको प्रकृया अगाडि बढ्न सक्ने बताएको छ ।      
त्यस्तै आजको बैठकमा राजनीतिक निकास, वार्ताका प्रयास तथा उपलब्धी र तिहार पछि सुरु गर्ने भनिएको आन्दोललनका विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले जानकारी दिएका थिए ।

Comments »

The URI to TrackBack this entry is: http://pragatisilaawaj.blogsome.com/2009/10/21/p105/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


Anti-spam measure: please retype the above text into the box provided.

Free MySpace Counters
ACLens.com Coupons