NPPF :: November :: 2009

November 18, 2009

एनेकपा म्ाओबादी अध्यक्ष क. प्रचण्ड स्वदेश फिर्ता (Fresh update)

Filed under: News



केहि दिन अगाडी िसंगापुर निजी भ्रमणमा जानुभएको प्रचण्ड आज स्वदेश फर्केको छ । वहांले िसंगापुरमा उपचार गराई रहनुभएका कांग्रेस सभापति गिरीजा प्रसाद कोईरालालाई पनि भेट गर्नु भएको थियो । भेटमा देशको वर्तमान परिस्थीतीको बारेमा छलफल भएको तथा स्वास्थ्य उपचार सम्बन्धी जानकारी लिएको थाहा भएको छ । अहिले नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको अति विशिष्ठ कक्षमा पत्रकार सम्मेलन हुदैछ ।

November 14, 2009

नेपाली तमाङ्ग समाज साउदी अरेवियाको प्रेस वक्तब्य

Filed under: Press Release


न्याय प्रेमी र मुक्तिकामी जनसमुदायहरु

आज हामीहरु अत्यन्तै कष्ट दु ख र पिडाहरु सहेर खाडी मुलुक साउदी अरबमा काम गरी रहेका छौं । हामीहरु अर्काको मुलुकमा परीवार र देशको मायाँलाई छाती भित्र लुकाई जतिसुकै दु ख भोगे पनी चुपचाप सहिरहेका छौ । हाम्रो देशको राज्य ब्यबस्था र संक्रमणकालीन अबस्थालाई आम जनताले नियालेर हेरीरहेको छ । जनताको ढाडमा टेकेर सत्ता संचालन गर्न कुसर्ीको फोहोरी खेलमा चुर्लुम्म डुबेका भ्रष्ट नेताहरुले जनताको श्रम र पसिनाको कदर गर्न कहिल्यै जानेनन् र चाहेनन् पनी जुन जनताको मतले राज्य संचालन गर्न त्यस ठाँउमा पुग्दछ सारा जनताको भाबना र मर्म बिपरीत निर्णयहरु गर्दै आफ्नो मौलिक हक र अधिकारको निम्ती शान्ति पुर्ण रुपमा आवाज बुलन्द गर्दा लाठी बुट र गोलीका पर्राहरु छातीमा बसा्रउदै कत्ले आम गर्ने षडयन्त्र गर्दैछन । पछिल्लो ज्वलन्त उदारण हो बिशेष सुरشा योजना नामको बिधेयक । गृहमन्त्री भिम रावल ले स्पष्ट रुपमा भनी सकेको छ । जातीय आन्दोलनलाई निस्तेज गर्न जुन अभिब्यक्ति स्पष्ट गरीयो त्यसमा हाम्रो तामा¨ समाज साउदी अरेबिया ले घोर बिरोध गर्दै बिषेश सुरشा समिती नामको बिधेयक तुरुन्त खारेज गरीयोस ।

सदीयौं देखी अभिजात बर्गले चलाउदै आएको राज्य लाई तहस नहस गर्दै राज्यको पुन संरचना गर्नकै निम्ती जनताका छोरा छोरीहरुले अमुल्य जिबन बलीदान दिदै रगतको खोला बगाएर ल्याएको गणतन्त्र र जनताले गरेको त्याग तपस्या लाई बिसे्रर देशको दादागिरी नेताहरु लंगडो खुट्टामा उभिन सकिरहेका छैन्न । त्यसको निम्ती कुसर्िको आबश्यकता छ । कुसर्ि जोगाउनकै निम्ती जाती जनजातीहरुले आफ्नो हक र अधिकारको निम्ती शान्तिपुर्ण तरीकाले चलाइरहेको आन्दोलन बाट त्रसित भएर जनताको छातीमा संगीन रोपी कुसर्ि जोगाउने षडयन्त्र गरीदैछ । प्रजातन्त्रको दुहाइ दिनेहरु प्रजातन्त्र भन्ने शब्दको अर्थ पनी बुझेका रहेनछ गणतन्त्रको शब्द त झन यिनलाई के थाहा
यदी जनउत्तरदायि सरकार हो भने देशका लाखौं लाख युवा युवतीहरु देशमा रोजगारको अबसर बाट बिाचत हुदै रोजगारको निम्ती बिदेशको गल्लि गल्ली भौतारी रहेका छन । ठुलो संख्यामा नेपालीहरु म्ाानब तस्करीको जालमा परेर अलपत्र भई रहेका छन । बिदेशको जेलमा आँशुको धारा पिउदै परीवार र आफ्नो देशको यादमा बर्षैा बिताइ रहेका छन त कति हाम्रो नेपाली चेलिहरुको चित्कार अरबको बन्द कोठिमा गुन्जिरहेको छ । खै हाम्रो निम्ती के निती ल्यायको छ हामीले के राज्यलाइ हेरेको छैनौ राज्यले के स्विकारेको छैन बिदेशमा गएका बिशेष गरी खाडी मुलुकमा गएका नेपालीहरुले पठाएको रेमिटेन्सले सरकार संचालन गर्न सहयोग गरेको छ भनेर खै त बिदेशमा अलपत्र पर्नेहरुलाई राहात र मानब तस्करी गर्ने म्यानपावरहरुलाई कार्वाही गरेको ३ ४ अर्ब बजेट बिदेशमा काम गर्न जाँदा अलपत्र पर्नेहरु अपाँग र ज्यान गुमाइएका परीवारहरुलाई राहात दिन किन चाहान्न्न जनताको नाममा शाशन चलाउनेहरु लुटको स्वर्ग कतिन्जेल बचाउन सक्छौ जती लुट्नु थियो पहिले नै लुटी सकेको छ । अब नेपाली जनताहरु सचेत भै सकेका छन कागजमा लेखेको कालो अشरले हामीलाई झुक्याउन अब कदापि सक्ने छैनौ । हाम्रो जातीय आन्दोलनको बिरु¢ जुन प्रकारले षडयन्त्र रच्दै आन्दोलन शिथिल पार्ने कार्य भै रहेको छ यसको हामी घोर बिरोध गर्दै तुरुन्त आम माफी माग्दै बिशेष शुरشा नामको बिधेयक खारेज गरीयोस ।

तामा¨ समाज साउदी अरेबिया

प्रबक्ता

भरत लामा

November 8, 2009

नेपाली जनप्रगतीशिल माच साउदी अरब केन्द्रीय समितीको अत्यन्त जरुरी सुचना

Filed under: Notice


मुक्तीकामी श्रमजिबी मजदुर मित्रहरु
न्यानो अभिबादन
यस नेपाली जनप्रगतीशिल माच साउदी अरेबियाको प्रगतीशिल जनसाँस्कृतिक परीवार साउदी अरेबियाले बखि्रइदको अबसरमा यहाँहरु माझ सुमधुर साँस्कृतिक कार्यक्रम आयोजना गरीयको छ ।सम्पुर्ण प्रबासी नेपाली श्रमिकहरुलाई २७ तारिख बेलुका यहार्ँ श्रमिक हरुले भोगेकॊ दु ख को आवाज संगित को धुन मार्फत सुनाउन गैरहेको हुनाले सो कार्यक्रम मा सहभागि भै कार्यक्रम को शोभा बढाइ दिनुहुन नेपाली जनप्रगतीशिल माच साउदी अरब
हार्िर्दक अनुरोध गर्दछ ।

टिकटको ब्यबस्था छ तुरुन्त सम्पर्क गर्नुहोला ।
सम्पर्कहरु
सगरमाथा कार्गो सेवा दमाम
जेन लामा ०५६३२७३७१५ ०५५८८१९६२१
भरत लामा ०५०७०४७०३३
प्रेम लामा ०५०५५४२८१४
नारन वाग्ले ०५५९६५४३२०
भक्त लामा ०५६६७५५२१९
पुर्ण लामा ०५६८५४२५७६

नेपाली जनप्रगतिशिल मन्चको भब्य महाधिबेशन हुने

Filed under: Pragatisil Aawaj


दोहा

नेपाली जनप्रगतिशिल मन्चदोहा कतारले आफ्नो प्रथम महाधिबेशन गर्ने भएको छ।

प्रबासी मजदुर अधिकारको उद्घोषणनागरिक सर्बोच्चताको पक्षमा प्रथम महाधिबेशन भन्ने मुल नाराको साथ आफ्नो कार्यक्रम गर्न लागिएको र सो कार्यक्रमको भब्य तयारीमा जुटि सकेको जानकारी प्राप्त भएको छ। सो कार्यक्रमको लागि नेपालबाट नेकपा एमाओबादिका बिदेश बिभाग प्रमुख तथा पुर्ब साचार मन्त्रि कृण्ण बहादुर महरा लाई बोलाउने निर्णय भएको बताईएको छ।साथै सो कार्यक्रम सफल बनाउन कतार स्तिथ बिभिन्न एरिया क्षेत्रिय कमिटीहरुमा प्रशिक्षण पनि चलाउन सुरु गरिएको जनाईएको छ। र सो कार्यक्रमको लागि बिभिन्न बिभागहरु गठन गरि कार्यहरु बाँडफाँड पनि गरिएको छ।ब्यबस्थापन संयोजक केन्दिय सचिब दिल कुमार लिम्बुप्रचार प्रसार संयोजक महेन्द्र राई संगठन तर्जुमा संयोजक हरि नेपाली र आर्थिक संयोजक रामु बस्यााल रहेका छन्। संस्था स्थापना भएको तिन बर्षमा यस माचले आफ्नो महाधिबेशन गर्न लागिएको हो।स्मरण रहोस गत साल माओबादीका केन्द्रिय सदस्यद्दय सीपि गजुरेल र मातृका यादब यसै संस्थाको बर्षगाँठ मनाउने क्रममा कतार आईसकेका छन्।

नागरीक सर्वोचाताको जारी आन्दोलन प्रति यूरोप भरीका प्रगतीशिल संगठनहरुले सकृय समर्थन तथा ऐक्यबद्धेता

Filed under: Pragatisil Aawaj


प्रेस बिज्ञप्ति मिती ०८ नोभेम्वर ०९

जनयूद्ध र जनआन्दोलनको रक्षा गरौं

नेपाली जनताको आन्दोलनलाई सहयोग र समर्थन गरौं

जनयूद्ध र जनआन्दोलनको उपलब्धी स्वरुप संबिधानसभाको निर्वाचन पछी देश शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुरयाई नयां संविधान निमार्ण भई देशको पुनस्रंरचनामा लाग्नु पर्नेमा यथास्थितिवादीप्रतिकृयावादीसामन्तदलाल तथा ना्ेकरशाही तत्वका प्रतिनिधिका रुपमा रहेका नेपालका केही राजनैतिक दलहरुको शान्ति प्रकृयालाई ध्वस्त पार्ने षडयन्त्रमा मोर्चावन्दी गर्दै आन्दोलनका उपलव्धीहरुलाई एक पछि अर्को गर्दै ध्वंस गर्ने प्रकृयामा लागेकाले त्यसका विरुद्ध नेपाली जनता फेरी आन्दोनमा उत्रन बाध्य भएका छन ।

बिधानतः कार्यकारी अधिकार प्रप्त जननिर्वाचित सरकारको निर्णयलाई उल्टाएर सामन्तवाद साम्राज्यबाद अनुदार सैन्य शक्ति र दक्षिणपन्थिहरुको षणयन्त्रस्वरुप राष्ट्रपकिो मुकुण्डोलाइृ अगाडी सारेर आधा रातमा कु भएको छ । नागरीक सर्वोचताको आधरभुत मुल्य र मान्यतालाई कुल्चदै सैन्य सर्वोच्चता लादीएको छ । राष्टपतिको उक्त असंबैधानिक कदमले देशलाई मुठभेट र गृहयूद्ध तर्फ धकेल्दै लगेको छ भने शान्ति संबिधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रकृयालाई सैनिक आतकंको भरमा ्र ध्वस्त पार्ने योजनामा प्रमुखत नेकपा एमालेनेपाली कांग्रस लगायतका केही दलहरु लागेका छन् ।परिणाम स्वरुप नेपालको राष्ट्रीय अस्मितानै ध्वस्त हुने कुरा ब्यावारहत पुष्टी हुदैछ छ । त्यही षणयन्त्रलाई कार्यन्वयन गराउने योजनाको गर्भबाट बर्तमान यथास्थीतीबादी र आत्मसमपर्णबादी कठपुतली सरकार गठन भएको हो ।

बर्तमान कठपुतली सरकार र सत्ताधारी बर्ग बृहत शान्ति संझौताको मर्म निर्वाचनमा ब्यक्त जनअभिमत शान्ति र संबिधान निर्माणको मर्म बिपरीत छ । यो सरकारले आन्दोलनको उपलब्धीहरुको क्षयीकरणमा निलिप्त छ भन्ने कुरा सरकार गठन गरे लगत्तै पुरानो सरकारले गरेको निर्णयलाई फटाफट उल्ट्याउदै प्रतिगमनको पक्षपोषण गरेकोवाटनै प्रष्ट भएको छ ।

लोकतन्त्रिको सुगा रटाईबाट नथाक्ने तर राष्ट्रपकिो असंबैधानिक कदमको बारेमा नेपाली जनताको सर्वोच्व थलो संबिधान सभामा छलफल सम्म गर्न तयार नहुनु र कठपुतली सरकारका रक्षा मन्त्रिले बृहत शन्ति समझौताको पुनरावलोकन हुनुपर्छ भन्दै सैनिक सर्वोच्चतालाई स्थापित गर्न खोज्नु र शान्ति सम्झौता विपरित क्यान्टोनमेन्टमा रहेका जनसेनाहरुलाई अपमान गर्दै निशष्त्रिकरण गर्ने अभिव्यक्तिहरु दिनु भारतिय राजदुतले बर्तमान कठपुतली सरकारलाई टीकाई राख्न गरेका बिभिन्न कसरत उपयूक्त षणयन्त्रका पछील्ला अभिब्यक्ति मात्र हुन् ।

संबिधानसभाको निर्वाचन र संघिय लोकतन्त्रिक गणतन्त्रको घोषणा बिगतमा सम्पन्न्ा आन्दोलनका उपलब्धी भएता पनि देशको अर्धसामन्ति र अर्धऔपानिवेशिक अवस्थामा कुनै आधरभुत परिर्वतन भएको छैन । नतः राज्यसत्ताको बर्गचरित्रमा कुनै आधरभुत परिवर्तननै भएको छ ।

राष्ट्रीयता जनतन्त्र र जनजिविकासंग संबन्धित देश कुनै पनि अधारभुत समस्या सामाधान भएका छैनन् । बर्तमान सत्ताधारी बर्ग संग यी समस्याहरु सामधान गर्ने सोच दृष्टीकोण र कुनैपनि योजना छैन र हुन पनि सक्दैन ।यो कठपुतली सरकार जनयूद्ध र जनआन्दोलनको उपलब्धीलाई क्षयीकरण गरेर नेपाललाई यथास्थीतीमा फर्काउने योजनमा मात्र छ ।

सारमा बर्तमान द्धन्दको चुरो प्रश्न सघिय लोकतान्त्रिक गणतन्त्रलाई ब्यावारीक अर्थमा श्रमजिबीबर्गको गणतन्त्रको रुपमा बिकाश र संस्थागत गर्नेकी यसलाई सामन्तवादीदलाल तथा नोकरशाही पुंजीपतिहरुको कृडास्थलको रुपमा प्रयोग गर्न दिने भन्ने नै हो ।

तसर्थ अहिले एनेकपा माओवादीको नेतृत्व र संयुक्त राष्ट्रिय जन आन्दोलनको आह्ानमा उठेको नागरीक सर्वोचाताको आन्दोलन भनेको जनताको गणतन्त्रलाई सस्थागत गर्ने आन्दोलन हो भन्ने ठहर गर्दै यस प्रति बिदेशमा रहेका प्रगतीशिल संगठनहरुको छाता संगठन संयूक्त नेपाली मोर्चायूरोप लगायत यूरोप भरीका प्रगतीशिल संगठनहरुले सकृय समर्थन तथा ऐक्यबद्धेता जाहेर गर्दछ ।

धन्यवाद

संयुक्त नेपाली मोर्चा युरोप

अध्यक्ष नवीन सापकोटा

नेपाली जनजाति सरोकार माचयुरोप

अध्यक्ष राम वहादुर गुरुङ्घ

नेपाली जनप्रगतिशिल मंच बेल्जियम

अध्यक्ष विष्णु भुजेल

नेपाली जनजाति सरोकार माच वेल्जियम

अध्यक्ष राम वहादुर गुरुङ्घ

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चावेल्जियम

अध्यक्ष कृष्ण तिवारी

नेपाली जनप्रगतिशिल मंच फ्रान्स

अध्यक्ष अशोक घले

अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंचजर्मनी

अध्यक्ष प्रभाकर शर्मा

नेपाली ऐक्यवद्धता मंचस्वीट्जरल्याण्ड

अध्यक्ष्य अशोक चौलागाई

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा पोचुगल

अध्यक्ष राम व गौचन

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा नेदरल्याण्ड

संयोजक तुलसी अंगाई

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जर्मनी

अध्यक्ष गंगालाल श्रेष्ठ

नेपाली जनप्रगतिशिल शान्ति समाज अष्ट्रिया

अध्यक्ष राजेस खतिवडा

नेपाली समाज युके सम्मेलन आयोजक समितिका

संयोजक रण बहादुर के सी

नेपाली जनप्रगतिशिल मंच स्पेन

अध्यक्ष ईश्वर शर्मा

नेपाली समाज नर्वे

संयोजक डा कृष्ण अर्याल

तमु राष्ट्रिय मुक्ति मोर्चा वेल्जियम

संयोजक गम वहादुर गुरुङ्घ

मगर राष्ट्रिय मुक्ति मोर्चा वेल्जियम

अध्यक्ष कुल वहादुर मगर मगर

नेपाली प्रगतिशील महिला माचवेल्जियम

अध्यक्ष कल्पना मगर

नेपाली जनप्रगतिशील माच डेनमार्क

संयोजक उदय गौतम

नेपाली जनजाति सरोकार माच नेदरल्यण्ड

अध्यक्ष बृख सुब्बा

November 5, 2009

नेपालमा भई रहेको एनेकपा माओबादीको दोस्रो जनआन्दोलनमा जन प्रगतीशील माच साउदी अरेवियाको सर्मथन ।

Filed under: Pragatisil Aawaj



सागर श्रेष्ठ
सदियौं देखी नेपालमा भईरहेको सबै खाले थिचोमीचोको विरुद्व नेपाली भूमीमा माओबादीले विगतमा गरेको आन्दोलन समय सान्दर्भिक र २१ ऋौं शताब्दीको माग बमोजीम भई सफल भएकोले अहिले नागरिक सर्बोच्चताको लागी भएको आन्दोलनमा नेपाली जन प्रगतिशील माच साउदि अरेवियाले एक वक्तब्य प्रकासीत गरी उक्त आन्दोलनको सर्मथन र ऐक्यबद्यता जनाएको छ ।
वक्तब्यमा भनिएको छ । आवश्यक परेमा विभिन्न प्रकारले सहयोग गर्न पनी माच तयार रहेको जनाइएको छ ।

November 3, 2009

प्रेस विज्ञप्ती

Filed under: Press Release

 

राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध, नागरिक सर्वोच्चता, शान्ति, संविधान, राष्ट्रिय स्वाभिमान र संयुक्त राष्ट्रिय सरकारको माग गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलनद्वारा घोषित पहिलो दिनको आन्दोलनको कार्यक्रमअनुसार एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) का अध्यक्षद्वारा काठमाडौंको पुरानो बसपार्कमा उद्घाटित मसाल जुलुश अनुशासित मर्यादित, शान्तिपर्ूण्ा शानदार र अभूतपर्ूव रूपमा सम्पन्न भएको छ । कार्तिक १५ गते साँझ ५ः४५ बजेदेखि उपत्यकाको विभिन्न स्थानमा भएको उक्त कार्यक्रममा पचास हजारभन्दा बढीको उत्साहजनक उपस्थिति रहेको थियो । त्यस्तै देशको विभिन्न भागमा भएको मसाल जुलुश कार्यक्रममा लाखौं जनताको सक्रिय सहभागिताले जनता शान्ति, संविधान र नागरिक सर्वोच्चताको पक्षमा र वर्तमान कठपुतली सरकारका विरुद्ध रहेको कुरा प्रष्ट भएको छ ।

त्यस्तै कार्तिक १६ गतेको देशभरिकै गा.वि.स. तथा नगरपालिकामा बिहान ९ः०० बजेदेखि ५ः०० बजेसम्मको घेराउ तथा धर्ना कार्यक्रम पनि शानदार सफल भएको छ ।

उक्त कार्यक्रममा सहभागि सम्पर्ूण्ा पार्टर्ीीार्यकर्ता र जनसमुदायलाई हार्दिक धन्यवाद दिँदै आगामी कार्यक्रम पनि त्यत्तिकै सक्रिय सहभागिताको लागि हार्दिक अपील गर्दछौ ।

मिति ः २०६६/६/१६

 

-दीनानाथ शर्मा)

प्रवक्ता

एकीकृत ने.क.पा.-माओवादी)

November 2, 2009

एकिकृत माओवादीद्वारा धनकुटा नगरपालिका कब्जा

Filed under: News


rake julus

धनकुटा १६ कार्तिक ; आन्दोलनरत एकिकृत नेकपा माओवादीले आज धनकुटा नगरपालिका कार्यालय कब्जामा लिई प्रमुख सहित सम्पूर्ण जनप्रतिनिधिसमेत घोषणा गरेका छन ।

नाराजुलस सहित धनकुटा नगरपालिका कार्यालय पुगेका एकिकृत माओवादीका नेता तथा कार्यकर्ताहरुले नगरपालिकाका कार्यालयको सम्पूर्ण तालाचावी नियन्त्रणमा लिई कार्यालय कब्जामा लिएका हुन ।

नगरप्रमुख सहित सम्पूर्ण पदाधिकारीहरु घोषाणा गरी उनीहरुले सपथ ग्रहण समेत गरी कर्मचारीहरुलाई जनताको पक्षमा काम गर्ने निर्देशन दिएका थिए ।

एकिकृत माओवादीद्वारा घोषणा गरिएको नगरप्रमुखमा गणेश विष्टउपप्रमुख कविता राई र वडा नं १ देखी ९ सम्मका वडा अध्यक्षहरुमा क्रमस हर्क सुब्बाभक्त कार्कीयज्ञ भण्डारीतिर्थ सिहं राईहरी प्रधानलक्ष्मी पौडेलसुरेन्द्र राई सानुकी राई र सुमन राई रहेका छन ।

धनकुटा नगरपालिका कार्यालयको हलमा बैठक गरी अव धनकुटा नगरपालिकाका सम्पूर्ण काम कारवाही समेत गर्ने घोषित नगरप्रमुख गणेश विष्टले वताउनु भयो ।

यसैगरी आन्दोलनरत एकिकृत नेकपा माओवादीले धनकुटा जिल्लाका विभिन्न गाविसहरुमा समेत जनप्रतिनिधिहरु घोषणा गरेका छन ।

November 1, 2009

सकियो अल्टिमेटम तर फुकेन गतिरोधको गाँठो आजदेखि माओवादी आन्दोलन चर्किने

Filed under: News


काठमाण्डौ;सहमति जुटाउन भनि तोकिएको दश दिने अल्टिमेटमको समयसीमा सकिएपछि एकीकृत नेकपा माओवादीले आजदेखि आन्दोलन चर्काएर लैजाने भएको छ । नागरिक सर्वोच्चताको पक्षमा संघर्षरत् एकीकृत नेकपा माओवादीले उठाउँदै आएको राष्ट्रपतिको कदमबारे सत्तापक्ष दलहरुले छलफल नै गर्न नचाहेपछि आन्दोलन गर्नुपर्ने स्थिति आएको उसले प्रष्ट पारेको छ ।
आजदेखि हुने आन्दोलनमा मशाल जुलुसदेखि स्वायत्त गणराज्य घोषणा काठमाण्डौं उपत्यका नाकाबन्दी र िसंहदरबार घेराउसम्मको तयारी पनि भव्य र शानदार रुपले सम्पन्न भइसकेको माओवादीले बताएको छ । संयुक्त राष्ट्रिय जनआन्दोलन समिति नेपालले गत कार्तिक १० गते सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमको स्वरुप भने शान्तिपूर्ण नै हुने बताइएको छ । यसअघि गत साउनदेखि राजनीतिक सहमति जुटाउन एकीकृत माओवादीले छलफल वार्ता र संवादको प्रकृयालाई निरन्तरता दिदै निकास निकाल्ने प्रयासलाई जारी राख्दै आएको थियो ।
यता माओवादीले शान्तिपूर्ण तवरले हुने जनप्रदर्शनसहितको आन्दोलनलाई व्यवस्थित र व्यापक बनाउन कार्यकर्ता प्रशिक्षण र निर्देशनमा लागिरहेको बेला सरकार भने आन्दोलनको सामना गर्न सुरक्षा निकायको बन्दुक र लाठीमाथि भर पर्न थालेको छ । सत्तापक्ष दलहरुले दमन गर्ने सहमति जनाएको भन्ने बहानाको नाममा सरकारले सूर्यबहादुर थापाजस्ता जनविरोधी कुख्यात पाचहरुको उक्साहटमा दमनको अस्त्र बोकी हिड्न थालेको छ । सरकारका प्रधानमन्त्री मन्त्री र सत्ताधारी दलका नेताहरुले समेत दमन गर्ने खालका अभिव्यक्ति दिनुले पनि त्यही कुरालाई पुष्टि गर्दछ । संसदीय लोकतन्त्रका हिमायती हौं सरकारमा रहेका प्रमुख दलहरुले जनताबाट निर्वाचित सबैभन्दा ठूलो पार्टीले राष्ट्रपतिको कदमबारे सदनमा बोल्नु पाउनुपर्छ भन्ने मामुली कुरा राख्दा पनि अस्वीकार गरी देशलाई मुठभेडतिर लैजानु लोकतान्त्रिक पद्दति हो वा निरंकुशता सामान्य जनताले समेत प्रश्न गर्दै सत्ताधारीहरुलाई खबरदारी गर्न थालेका छन् ।
हिजो साँझसम्म आन्दोलनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन राजधानीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन व्यस्त रहेका एकीकृत माओवादीका नेताहरुले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने भनेपनि सहमति हुने नहुने कुरा सरकारको व्यवहारमै निर्भर रहने बताएका छन् । सरकारले दमन गरी आन्दोलन दबाउन खोजे प्रतिरोध गरेरै भएपनि नागरिक सर्वोच्चता स्थापित गरिछाड्ने बताएका छन् । नेताहरुले आन्दोलनमाथि दमन भए प्रतिकार गरेरै भएपनि अघि बढ्न कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।
माओवादी आन्दोलनका कारण लगातार सदन अवरुद्ध भइरहेपछि सरकारमा सहभागी दलहरुभित्रै बजेट पास गराउने विषयलाई लिएर
विवाद बढ्दै गएको छ । कुसर्ी जोगाउन बल प्रयोग गरी अध्यादेशमार्फत् बजेट पास गराउने प्रधानमन्त्रीको दाऊले आपुनै दलबाट समर्थन नपाएर हावा खान पुगेको छ । सदनभन्दा बाहिरबाट बजेट पारित गराउने प्रधानमन्त्रीको प्रस्तावका विषयमा आपुनै पार्टीको संस्थापन पक्ष सभासद्हरु र सभामुखबाट चर्को विरोध र आलोचनाको सामना गर्नु परिरहेको छ ।
संविधान निर्माण कार्य पूरा नहुँदासम्म सहकार्य गर्दै सहमतिका साथ अघि बढ्ने समझदारी गरेका दलहरुबीच अहिले देखिएको विभाजनको दूरीले रुपान्तरणकारी र यथास्थितिवादीहरुको आ-आपुनो बाटो सोझिन पुगेको छ । माओवादीको घोषित आन्दोलनले मुलुकलाई यथास्थितिमा राख्न चाहने एमाले-काँग्रेसको राजनीतिलाई चिरेर अगाडि बढ्नॆ र अग्रगामी दिशा पकड्नेमा विश्लेषकहरुले अनुमान गरेका छन् । मुलुकका मूल मुद्दाभन्दा सत्ता बचाऊको खेलमा लागेका पुराना संसदीय दलहरु माओवादीलाई सिध्याउने या विस्थापन गर्ने हत्कण्डा अपनाउँदै नागरिक सर्वोच्चताको विपक्षमा उभिएका छन् । लोकतन्त्रलाई जनपक्षीय बनाउने र अग्रगति दिने कुरामा काँग्रेस र एमाले असहमत मात्र होइन संविधानका पुरानै कुराको रटान गरेर लोकतन्त्रलाई यथास्थानमा राख्न उनीहरु भगिरथ प्रयासमा जुटिरहेका छन् । त्यसैले पनि अहिलेको प्रश्न नागरिक सर्वोच्चता रोज्ने कि सैन्य सर्वोच्चता रोज्ने विषयसँग गाँसिएको छ । यो प्रश्नसँग नेपाली जनताको अधिकार सम्मान र स्वतन्त्रता गाँसिएको छ । देशको जिम्मेवार र प्रमुख दलको हैसियतले एकीकृत नेकपा माओवादीले आन्दोलनलाई जनताको चाहना इच्छा र चेतनासँग गाँसेर लैजान जोड गर्नुपर्नेमा राजनीतिक विश्लेषकहरुले अपेक्षा गरेका छन् ।
शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर् याउन र अग्रगामी संविधान लेख्न आन्दोलनको आवश्यकता भएको माओवादीले मात्र होइन सर्वसाधारण जनताले पनि महशुस गरिसकेका छन् । सैन्य सर्वोच्चता भारतीय इसारा र स्वार्थमा चलेका माधव नेपाल नेतृत्वको कठपुतली सरकारले अहिले वार्ताको ढ्वाङ रचे पनि जनतालाई सत्ताको डण्डा लगाउने तयारी गरिरहेको छ । तर त्यसमा कुनै दम र नैतिक मनोबल नभएको सरकारनिकट मान्छेहरुले नै बताउन थालेका छन् । नागरिक सर्वोच्चताको बहाली एवं शान्ति र संविधान निर्माणका लागि माओवादीको नेतृत्वमा संयुक्त सरकार आन्दोलनले खोजेको उत्तर हो । यो आन्दोलनसँगै धु्रवीकरणको प्रकृया पनि तिब्र बन्ने अनुमान विश्लेषकहरुले गरेका छन् । यथास्थितिवादी प्रतिगामी र विदेशी शक्तिका गोटी बनेकाहरु एक भएर सत्ताको दुरुपयोग गरी नरसंहार मच्चाउने तयारीमा लागेका छन् । जनताको चाहना र आन्दोलनको भावनामाथि सत्ताधारीहरु नै िहंस्रक बनि दमन गर्न थाले भने उनीहरुको हालत पनि पूर्वराजा ज्ञानेन्द्रको जस्तै नहोला भन्न सकिन्न । त्यो कुरा उनीहरुको विवेक र रुपान्तरणकारी चेतनाले नै निर्धारण गर्नेछ ।
आन्दोलनका कार्यक्रमहरु
कार्तिक१५ गते साँझ- मशाल जुलुस
१६ गते -गाविस र नगरपालिका घेराउ
१८ र १९ गते -जिल्ला प्रशासन कार्यालय घेराउ
२३ गते -स्वायत्त गणराज्य घोषणा
२४ गते -काठमाण्डौ उपत्यकामा नाकाबन्दी
२६ र २७ गते -िसंहदरबार घेराउ

माओवादीले उत्सवमयी आन्दोलन गर्ने सरकार दबाउने दाउमा

Filed under: News


काठमाडौँ । नागरिक सर्वोच्चता र राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्ध सदन र सडकमार्पुत् आन्दोलन गर्दै आएको एकीकृत नेकपा माओवादीले सहमतिको लागि राखेका प्रस्तावहरुमा सहमति हुन नसकेपछि पुनः सडक र सदन आन्दोलन चर्काउने भएको छ । इतिहासको सबै रेकर्डहरुलाई ब्रेक गर्ने गरी हुन लागेको आन्दोलनलाई माओवादीले उत्सवको रुपमा अगाडि बढाउने जनाएको छ । उसले देशको मुख्य प्रशासनिक केन्द्र िसंहदरबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्दा बाजागाजा साँस्कृतिक झाँकिसहित पुग्ने र घेराउसहित कविता वाचन साहित्य सिर्जना वाचन र नाचगान गर्ने भएको छ । आन्दोलन अति शान्तिपूर्ण हुने भन्दै माओवादीले कसैले उत्तेजित पार्ने प्रयास गरे त्यो संघर्ष नहुने जनाएको छ । ुहामी धर्नामा बस्ने मुठभेड गर्नेवाला छैनौँ हाम्रो कार्यक्रम विगतका भन्दा भिन्नै खाले हुनेछ शान्तिपूर्ण हुनेछू माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । यो आन्दोलन उत्सवको रुपमा अगाडि बढ्नेछ ।ु अध्यक्ष प्रचण्डले गत शुक्रबार ललितपुर माओवादी पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा सो कुरा बताउनुभएको हो । उहाँले जनता कुन अवस्थामा छन् कसको पक्षमा छन् भन्ने कुरा बुझ्न संसद्वादी दलहरुलाई चेतावनी दिनुभयो । आन्दोलन शान्तिपूर्ण हुने जनाउँदै भन्नुभयो ुहामीले आतंक होइन नेपाली जनताले के चाहन्छन अन्धो भएको सरकारलाई देखाउन र सुनाउन चाहन्छौँ ।ु कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेका मन्त्रीहरुको माओवादीविरुद्ध आइरहेको अभिव्यक्ति र राजाका पालाका मन्त्रीहरुको अभिव्यक्तिमा कुनै फरक नभएको बताउनुभयो । ूराजाका पालाका मन्त्री र अहिलेका मन्त्रीहरुको भाषामा कुनै परिवर्तन छैनु उहाँले भन्नुभयो ुहिजो जुन भाषामा धम्की दिइगयो आज पनि उस्तै छन् ।ु
यसैबीच एकीकृत नेकपा माओवदीका उपाध्यक्ष तथा संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालका अध्यक्ष डा। बाबुराम भट्टराईले राष्ट्रपतिमार्पुत् अर्को माघ १९ को तयारी भइरहेको बताउनुभएको छ । माओवादीले आन्दोलन शान्तिपूर्ण रुपमा अगाडि बढाउन लागिरहेको बेला सरकार भने आन्दोलन दबाउने दाउमा देखिन्छ । डा। भट्टराईले काँग्रेस एमाले देशमा राष्ट्रपति शासन लगाएर आपुूहरु राजतन्त्रका अवतार बन्न खोजेको पनि स्पष्ट पार्नु भयो । ुप्रतिगामीहरुले राष्ट्रपतिमार्पुत् फेरि अर्को माघ १९ ल्याउने तयारी गर्दैछन् । उहाँले भन्नुभयो त्यो माघ १९ भनेको राष्ट्रपति शासन लागु गर्नु हो ।ु उहाँले अबको आन्दोलन सामान्य खालको नहुने बताउनुभयो । ुआन्दोलन सामान्य प्रकृतिको हुनेछैन लाखौँ जनताको सहभागिता रहनेछु उहाँले भन्नुभयो ।
भारतीय विस्तारवादको निर्देशनमा बनेको वर्तमान कठपुतली पराजितघोर दक्षिणपन्थी मोर्चाको चुरीफुरी इतिहासको पानामा सीमित हुने गरी अघि बढ्न लागेको आन्दोलनले विगतका आन्दोलनको उपलब्धिलाई समेत कार्यान्वयन गर्ने माओवादीले जनाएको छ । माओवादीले घोषणा गरेको आन्दोलन प्रति जनताको अपार सहयोग र समर्थन रहने माओवादीले बताएको छ । सरकार भने शान्तिपूर्ण आन्दोलन शक्ति प्रयोग गरेर दबाउने दाउमा देखिन्छ । राजतन्त्रको झझल्को दिने गरी सरकारले सेना परिचालन गर्न सक्नेसम्मको धम्की दिएको छ । सरकारको रक्षामन्त्री विद्यादेवी भण्डारीले माओवादीको विरुद्ध आवश्यक परे सेना परिचालन समेत गर्ने बताएकी छिन् । यसले वर्तमान कठपुतली सरकार आन्दोलनलाई शान्तिपूर्ण भन्दा पनि उत्तेजित पार्नतर्पु उद्यत रहेको पुष्टि गरेको छ । माओवादीले भने अग्रगमनको ऐजन्डाबोकेर अगाडि बढेको नेपाली रथलाई अब कसैले रोक्न नसक्ने चेतावनी दिएको छ । उसले आन्दोलनको विजयसँगै शान्ति अग्रगमन र नयाँ संविधान प्राप्त हुने जनाएको छ ।

Free MySpace Counters
ACLens.com Coupons