NPPF :: Press Release

November 14, 2009

नेपाली तमाङ्ग समाज साउदी अरेवियाको प्रेस वक्तब्य

Filed under: Press Release


न्याय प्रेमी र मुक्तिकामी जनसमुदायहरु

आज हामीहरु अत्यन्तै कष्ट दु ख र पिडाहरु सहेर खाडी मुलुक साउदी अरबमा काम गरी रहेका छौं । हामीहरु अर्काको मुलुकमा परीवार र देशको मायाँलाई छाती भित्र लुकाई जतिसुकै दु ख भोगे पनी चुपचाप सहिरहेका छौ । हाम्रो देशको राज्य ब्यबस्था र संक्रमणकालीन अबस्थालाई आम जनताले नियालेर हेरीरहेको छ । जनताको ढाडमा टेकेर सत्ता संचालन गर्न कुसर्ीको फोहोरी खेलमा चुर्लुम्म डुबेका भ्रष्ट नेताहरुले जनताको श्रम र पसिनाको कदर गर्न कहिल्यै जानेनन् र चाहेनन् पनी जुन जनताको मतले राज्य संचालन गर्न त्यस ठाँउमा पुग्दछ सारा जनताको भाबना र मर्म बिपरीत निर्णयहरु गर्दै आफ्नो मौलिक हक र अधिकारको निम्ती शान्ति पुर्ण रुपमा आवाज बुलन्द गर्दा लाठी बुट र गोलीका पर्राहरु छातीमा बसा्रउदै कत्ले आम गर्ने षडयन्त्र गर्दैछन । पछिल्लो ज्वलन्त उदारण हो बिशेष सुरشा योजना नामको बिधेयक । गृहमन्त्री भिम रावल ले स्पष्ट रुपमा भनी सकेको छ । जातीय आन्दोलनलाई निस्तेज गर्न जुन अभिब्यक्ति स्पष्ट गरीयो त्यसमा हाम्रो तामा¨ समाज साउदी अरेबिया ले घोर बिरोध गर्दै बिषेश सुरشा समिती नामको बिधेयक तुरुन्त खारेज गरीयोस ।

सदीयौं देखी अभिजात बर्गले चलाउदै आएको राज्य लाई तहस नहस गर्दै राज्यको पुन संरचना गर्नकै निम्ती जनताका छोरा छोरीहरुले अमुल्य जिबन बलीदान दिदै रगतको खोला बगाएर ल्याएको गणतन्त्र र जनताले गरेको त्याग तपस्या लाई बिसे्रर देशको दादागिरी नेताहरु लंगडो खुट्टामा उभिन सकिरहेका छैन्न । त्यसको निम्ती कुसर्िको आबश्यकता छ । कुसर्ि जोगाउनकै निम्ती जाती जनजातीहरुले आफ्नो हक र अधिकारको निम्ती शान्तिपुर्ण तरीकाले चलाइरहेको आन्दोलन बाट त्रसित भएर जनताको छातीमा संगीन रोपी कुसर्ि जोगाउने षडयन्त्र गरीदैछ । प्रजातन्त्रको दुहाइ दिनेहरु प्रजातन्त्र भन्ने शब्दको अर्थ पनी बुझेका रहेनछ गणतन्त्रको शब्द त झन यिनलाई के थाहा
यदी जनउत्तरदायि सरकार हो भने देशका लाखौं लाख युवा युवतीहरु देशमा रोजगारको अबसर बाट बिाचत हुदै रोजगारको निम्ती बिदेशको गल्लि गल्ली भौतारी रहेका छन । ठुलो संख्यामा नेपालीहरु म्ाानब तस्करीको जालमा परेर अलपत्र भई रहेका छन । बिदेशको जेलमा आँशुको धारा पिउदै परीवार र आफ्नो देशको यादमा बर्षैा बिताइ रहेका छन त कति हाम्रो नेपाली चेलिहरुको चित्कार अरबको बन्द कोठिमा गुन्जिरहेको छ । खै हाम्रो निम्ती के निती ल्यायको छ हामीले के राज्यलाइ हेरेको छैनौ राज्यले के स्विकारेको छैन बिदेशमा गएका बिशेष गरी खाडी मुलुकमा गएका नेपालीहरुले पठाएको रेमिटेन्सले सरकार संचालन गर्न सहयोग गरेको छ भनेर खै त बिदेशमा अलपत्र पर्नेहरुलाई राहात र मानब तस्करी गर्ने म्यानपावरहरुलाई कार्वाही गरेको ३ ४ अर्ब बजेट बिदेशमा काम गर्न जाँदा अलपत्र पर्नेहरु अपाँग र ज्यान गुमाइएका परीवारहरुलाई राहात दिन किन चाहान्न्न जनताको नाममा शाशन चलाउनेहरु लुटको स्वर्ग कतिन्जेल बचाउन सक्छौ जती लुट्नु थियो पहिले नै लुटी सकेको छ । अब नेपाली जनताहरु सचेत भै सकेका छन कागजमा लेखेको कालो अشरले हामीलाई झुक्याउन अब कदापि सक्ने छैनौ । हाम्रो जातीय आन्दोलनको बिरु¢ जुन प्रकारले षडयन्त्र रच्दै आन्दोलन शिथिल पार्ने कार्य भै रहेको छ यसको हामी घोर बिरोध गर्दै तुरुन्त आम माफी माग्दै बिशेष शुरشा नामको बिधेयक खारेज गरीयोस ।

तामा¨ समाज साउदी अरेबिया

प्रबक्ता

भरत लामा

November 3, 2009

प्रेस विज्ञप्ती

Filed under: Press Release

 

राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध, नागरिक सर्वोच्चता, शान्ति, संविधान, राष्ट्रिय स्वाभिमान र संयुक्त राष्ट्रिय सरकारको माग गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलनद्वारा घोषित पहिलो दिनको आन्दोलनको कार्यक्रमअनुसार एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) का अध्यक्षद्वारा काठमाडौंको पुरानो बसपार्कमा उद्घाटित मसाल जुलुश अनुशासित मर्यादित, शान्तिपर्ूण्ा शानदार र अभूतपर्ूव रूपमा सम्पन्न भएको छ । कार्तिक १५ गते साँझ ५ः४५ बजेदेखि उपत्यकाको विभिन्न स्थानमा भएको उक्त कार्यक्रममा पचास हजारभन्दा बढीको उत्साहजनक उपस्थिति रहेको थियो । त्यस्तै देशको विभिन्न भागमा भएको मसाल जुलुश कार्यक्रममा लाखौं जनताको सक्रिय सहभागिताले जनता शान्ति, संविधान र नागरिक सर्वोच्चताको पक्षमा र वर्तमान कठपुतली सरकारका विरुद्ध रहेको कुरा प्रष्ट भएको छ ।

त्यस्तै कार्तिक १६ गतेको देशभरिकै गा.वि.स. तथा नगरपालिकामा बिहान ९ः०० बजेदेखि ५ः०० बजेसम्मको घेराउ तथा धर्ना कार्यक्रम पनि शानदार सफल भएको छ ।

उक्त कार्यक्रममा सहभागि सम्पर्ूण्ा पार्टर्ीीार्यकर्ता र जनसमुदायलाई हार्दिक धन्यवाद दिँदै आगामी कार्यक्रम पनि त्यत्तिकै सक्रिय सहभागिताको लागि हार्दिक अपील गर्दछौ ।

मिति ः २०६६/६/१६

 

-दीनानाथ शर्मा)

प्रवक्ता

एकीकृत ने.क.पा.-माओवादी)

September 9, 2009

प्रेस बक्तब्य

Filed under: Press Release

 

मानब तस्कर र म्यानपावर एजेन्टहरुद्वारा बेरोजगार सोझासिधा नेपालीहरुलाई बिभिन्न आश्वासन दिएर मध्यपूर्बका खाडी राष्ट्रहरुमा अलपत्र पारिदै आएको कुनै नयाँ कुरा होइन। लाखौं रुपैया ऋण धन गरेर दलाललाई पैसा दिएर आए पनि यहाँ काम, माम, दाम र ठाम नपाएर अलपत्र मात्रै परेनन यसको तनाबले अती बिक्षिप्त भएर जिबन समेत गुमाएको हामीले सुन्दै र देख्दै आएकाछौ। कती पीडितहरुलाई यहाँ कार्यरत बिभिन्न सामाजिक संस्था र पार्टीका भात्री संगठनले उद्दार र सहयोग गरी स्वदेश फिर्ता गराउदै आएकाछन। सरकारी रबैयाका कारण पिडकलाई उचित कानूनी कारबाही र पीडितलाई क्षतिपुर्ति नहुनाले अलपत्र हुने प्रक्रियामा पूर्णबिराम लाग्न नसकेको यथार्थछ।

भरखरै मात्र कतारमा १८ जना नेपाली बेरोजगार यूबाहरुलाई राम्रो काम लगाइदिने आश्वासन दिएर ल्याई अलपत्र पार्ने धनुषाका ३७ बर्षिय अजिज नदाफ र अर्का सर्लाहीका सहजाद मियाँ मिकरानीलाई  डिपोर्ट गर्न कतारका लागि नेपाली महामहिम राजदूत डाक्टर सुर्यनाथ मिश्रले त्यहा स्थित नेपाली संघसंस्थाहरुबाट पनि सहमति जुटाएर नेपाली जन प्रगतिशिल मञ्च कतारको पनि सक्रिय पहलमा आफ्नो ठाउबाट जुन कदम अघी बढाउनु भएकोछ त्यो अत्यन्तै सराहनिय र स्वागत योग्यछ। पीडित १८ जना ब्यक्ती लगायत सम्पूर्ण श्रमजिबी मजदूरको पक्षमा यो कदमले अहम भूमिका राख्दछ। तसर्थ कतार स्थित नेपाली राजदूत महामहिम डाक्टर मिश्र र सहमति दिने सम्पूर्ण सामाजिक संघ संस्थाहरुको निर्णयको स्वागत गर्दै यूएई स्थित सम्पूर्ण देशभक्त बामपन्थी र प्रगतिशिल अग्रगामी श्रमजिबी मजदूरहरुको प्रतिनिधि संगठन नेपाली जन प्रगतिशिल मञ्च यूएई हार्दिक ऐक्यबध्दता जाहेर गर्दछ। साथै उक्त पिडक ब्यक्तिहरुलाई कडा भन्दा कडा करबाही गर्दै पीडित अलपत्र परेका नेपालीहरुलाई ससम्मान नेपाल फर्काएर उचित क्षतिपुर्ति पनि दिलाइदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ।

क्रान्तिकारी अभिबादन सहित ! 

रमेश बेल्बासे                                                                                                                                                                                महासचिब                                                                                                                                                                                                                                                                                                             नेपाली जन प्रगतिशिल मञ्च - यू ए ई

September 5, 2009

प्रेस वक्तव्य

Filed under: Press Release

हिजो पशुपतिनाथ परिसरमा भएको घटना र आज त्यसबारे देशभित्र र देश बाहिरका कतिपय संचार माध्यमहरुले हाम्रो पार्टीको संलग्नता देखाउने गरी गरिएको प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पशुपतिनाथ मन्दिरको पुजारीमा नेपाली नागरिक नियुक्त हुनुपर्छ भन्ने माग नेपाली जनसमुदायले लामो समयदेखि उठाउँदै आएको सर्वविदितै छ । हालै सरकारले पुजारी नियुक्ति सम्बन्धि गरेको निर्णयप्रति असहमति जनाउँदै जनसमुदायका तर्फबाट संघर्ष समिति गठन भइ संघर्षका कार्यक्रम गर्दै आएको कुरा पनि प्रष्ट नै छ । हाम्रो पार्टी जनताको धार्मिक स्वतन्त्रता प्रति विश्वास गर्दछ र जनसमुदायको कुनैपनि विषयमा विरोध वा समर्थन गर्ने स्वतन्त्र अधिकार र भावनाको सम्मान गर्दछ । धार्मिक सदभाव खल्बलाउने र हस्तक्षेप गर्ने हाम्रो पार्टी नीति नभएको कुरा समेत स्पष्ट गर्न चाहन्छ । जनसमुदायको स्वतन्त्र संघर्षको विषयलाई अनावश्यक र पूर्वाग्रही रुपमा हाम्रो पार्टी प्रति लक्षित नगर्न पनि हामी सबैलाई अपील गर्दछौं ।

भाद्र २० २०६६

कृष्णबहादृुर महरा

इन्चार्ज

अन्तर्राष्ट्रिय विभाग

एकीकृत ने।s।पा।माओवादी

August 25, 2009

एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) को प्रेश वक्तव्य

Filed under: Press Release

यही भाद्र ८ गते दिउँस ११ः३० बजे धनुषा जिल्ला क्षेत्र नं. ६ अर्न्तर्गत भटियान बजार नजिकै करिब पच्चिस/तीस जनाको समूहद्वारा पहिले पेस्तोल र पछि खुकुरी प्रहार गरी एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) का एरिया सदस्य क. वीरेन्द्र रायको निर्मम र साङ्घातिक हत्या भएको छ । त्यस्तै सोही साँझ ७ बजे ताप्लेजुङ्ग सदरमुकामको कोप्चे भन्ने ठाउँमा लिमाङ्ग गा.वि.स. का गाउँ कमिटी सेक्रेटरी क. लगम लिवाङ्ग लिम्बुको गठबन्धन सरकारमा संलग्न केही पार्टर्ीीरा संरक्षित गुण्डाहरूले पहिले गोली हानी पछि हतियारद्वारा हात खुट्टा काटी निर्मम हत्या भएको खबरले हाम्रो पार्टर्ीीतब्ध र गम्भीर बनेको छ । हाम्रो पार्टर्ीीक्त दुवै घटनाको घोर निन्दा र भ्रत्सना गर्दै हत्यामा संलग्न अपराधीलाई अविलम्ब गिरफ्तार गरी राज्यले सक्त कारबाही गरोस् भन्ने जोडदार माग गर्दछ ।
हाम्रो पार्टर्ीी इमान्दार अनुशासित र सक्रिय कर्याकर्ता द्वयको दुःखद् निधनप्रति हाम्रो पार्टर्ीीार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । क. वीरेन्द्र राय र क. क. लगम लिवाङ्ग लिम्बुलाई शहीद घोषणा गरी मृतकका परिवारलाई उचित क्षतिपर्ूर्ति अबिलम्ब उपलब्ध गराउन हाम्रो पार्टर्ीीोडदार माग गर्दछ ।
कठपुतली सरकारको आगमनसँगै देशका विभिन्न भागमा सरकारमा संलग्न दल एमाले, नेपाली कांग्रेस, राप्रपासमेतका कार्यकर्ता र उनीहरूद्वारा संरक्षित गुण्डाहरूको प्रयोग गरी हाम्रो पार्टर्ीी नेता तथा कार्यकर्तामाथि साङ्घातिक आक्रमण र हत्याका घटना श्रृङ्खलाबद्ध रूपमा घटाइदै आएको छ ।
धनुषाको हत्या काण्डमा नेपाली कांग्रेस र एमाले समेतका पार्टर्ीीार्यकर्ताको प्रत्यक्ष संलग्नता र ताप्लेजुङको घटनामा राप्रपा, एमाले, कांग्रेससमेतको योजनामा उनीहरूद्वारा पालित पोषित गुण्डहरू प्रयोग गरी हत्या गरिएको जानकारी प्राप्त भएको छ
यी श्रंृखलाबद्ध हत्या एकीकृत नेकपा -माओवादी) विरुद्ध राजनीतिक प्रतिशोध र दमनका राज्यद्वारा निर्देशित प्रायोजित घटनाको पछिल्लो कडी हो । शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रिया बिथोल्ने प्रतिगामी षड्यन्त्रको प्रायोजित प्रतिगामी षड्यन्त्र पनि यो हत्याकाण्डसँग जोडिएकोछ भन्नेमा हाम्रो पार्टर्ीीहर छ ।
हाम्रो पार्टर्ीीयस प्रकारको राजनीतिक प्रतिशोध र दमनको घोर निन्दा र भ्रत्सना गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्न राज्य जिम्मेवार बनोस् भन्ने चाहन्छ ।
मिति : २०६६ भदौ ९ गते
दीननाथ शर्मा
प्रवक्ता

 

August 10, 2009

नेपाली जन प्रगतिशिल माच साउदीको प्रेस बिज्ञप्ती

Filed under: Press Release
नेकपा माओवादीले नेपालमा अढाइसय वर्षपुरानो सामन्तवादको अन्त गरि सामन्तवादले लादेका सामाजिक,आर्थिक तथा राजनीतिक विभेदहरुवाट पिडित नेपाली जनताको मुक्तिको खातिर दशवर्षो जनयुद्ध सम्पन्न गरेको हो ।त्यहि जनयुद्धको जगमा टेकेर सम्पन्न भएको उन्नाइस दिने जनआन्दोलवाट प्राप्त जनताको आदेश अनुशार शान्ति समझौतालाइ तार्किक निष्कर्षा पुर्याउने मार्गमा प्रतिवद्ध देखिए पछि देशी विदेशी प्रतिकृयावादीहरुले नेपाली जनताका विरुद्ध जालझेल र षडयन्त्रलाई तेज पारेका छन्।
नेपाली जनताको विच माओवादी अझ लोकप्रिय हुंदै गइरहेको कारण राजतन्त्रको अन्त भए पनि सामन्तवादका पृष्टपोषक नोकरशाही दलाल पूंजिपतीहरु जो नेपाली कांग्रेस र एमाले जस्ता तथा कथित प्रजातन्त्रवादी भनिने राजनीतिक दलहरु भित्र पकड जमाएर वसिरहेका छन तिनै नोकरशाही दलाल पूंजिपतीहरु आज भारतिय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा नेपालमा नांगो विदेशी हस्तक्षेप निम्त्याइरहेका छन । संविधान  जननिर्वाचित सरकारद्धारा कारवाही गरि अवकास प्राप्त प्रधान सेनापती रुकमागत कटवाललाई सरकारको निडय बिपरित खडा गराइएर समानन्तर शक्तिको रुपमा स्थापित गर्ने नेपालकका राष्ट्रपतिको असंवैधानिक हर्कत यसको ज्वलन्त उदाहरण हो ।
यो नाटकिय संवैधानिक कु ले नेपालमा नागरिक सर्वोच्चतामाथी धावा वोलेको छ ,भने  ने।s।पा।एकिकृत माओवादी पार्दीले नागरिक सर्वोच्चाको लागि जुन सदन र सडकको आन्दोलनमा नेपाली जन प्रगतिशिल माच साउदी अरबले एकयवद्धता जाहेर गर्दछौं । क्रान्तकारी लालसलाम
 
सयोजक
भिम चापागाँई
 नेपाली जन प्रगतिशिल माच
साउदी अरब
केन्द्रिय समिित
August 3, 2009

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी को केन्द्रीय समितिको पूर्ण बैठक सफलतापूर्वक सम्पन्न

Filed under: Press Release
हाम्र गौरवशाली पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी को केन्द्रीय समितिको पूर्ण बैठक सफलतापूर्वक सम्पन्न भएको कुरा हामी सहर्ष जानकारी गराउन चाहन्छौं । देशको राजनीति महान् सम्भावना र गम्भीर चुनौतिको उत्सर्ग र उन्मुख भइरहेको संगीन स्थितिम साचालन भएको यो बैठकलाई सम्पूर्ण पार्टी पंक्ति समर्थक र आमनेपाली जनताले गम्भीर सकरात्मक चासोका साथ देशी तथा विदेशी प्रतिकि्रयावादी शक्तिहरुले पनि गम्भीरताका साथ आ-आफ्नो कोणबाट हेरिरहेका र यो बैठकलाई बाहिरबाट प्राभावित गर्ने प्रयत्न समेत गरिरहेका थिए । यो महान् पार्टीलाई विभाजित गर्ने र पुूटाउने हरेक कसरतलाई पराजित गर्दै आन्तरिक जनवादको शानदार प्रयोगद्वारा वैचारिक राजनीतिक छलफल र अन्तरसंघर्षलाई व्यवस्थित रुपले अघि बढाउँदै यो बैठक विचार राजनीति संगठन र भावी कार्ययोजनाको उच्चस्तरको संश्लेषण गर्न सफल भएको छ । अन्तमा यो ऐतिहासिक बैठकले निम्नअनुसारका प्रस्तावहरु प्ारित गरेको छ ः

१। केही महिनादेखि पश्चिमका जाजरकोटलगायतका ११ जिल्लामा फैलिएको झाडावान्ताको महामरीले २०० जनाभन्दा बढी व्यक्तिहरुको ज्यान लिइसकेको छ र अझै त्यो घातक महामारी नियन्त्रणमा आउन सकेको छैन । हाम्रो पार्टीको आपुनै पहल र पार्टीले दिएको दबाबकै कारण यो कठपुतली सरकारले पीडितको उपचार र घातक महामारी नियन्त्रणको जेजति काम भएको छ त्यो नगण्य छ । देशमा महामारी फैलिएकै मौकामा स्वास्थ्य मन्त्री विदेश भ्रमणमा जानु मन्त्री र डाक्टरहरु हेलिकप्टरमा जानु र औषधी खच्चरमा पठाउनु स्वास्थ्यकर्मी र औषधी सदरमुकामबाट प्रभावित क्षेत्रमा नलैजानु रोग नियन्त्रण आइसकेको घोषणा गरिसकेपछि पनि लगातार मृत्युका घटना भइरहनु खटिएका उपचारकर्मी नै आपुूलाई रोग सर्ला भन्ने डरले भाग्नुजस्ता घटनाहरुले यो कठपुतली सरकारको गैरजिम्मेवारीपूर्ण र नालायकीपनको पुष्टि गरेका छन् । हामी यसको भत्स्रना गर्दछौं । राज्यका सबै सधान स्रोत परिचालन अविलम्ब रोगीहरुको उपचार महामारीको नियन्त्रण खाद्यन्नको व्यवस्था र प्रत्येक मृतकको एक लाखका दरले परिवारलाई राहात प्रदान गर्न यो सरकारसँग हामी जोडदार माग गर्दछौं । यसका साथै राष्ट्रिय विपदको यो घटनामा हामी हाम्रो पार्टी जबस मोर्चा समर्थक र आम जनसमुदायलाई पनि आ-आपुना ठाउँबाट अविलम्ब सहयोमा जुट्न अपील गर्दछौं ।

२। आज हाम्रो देशको सार्वभौम सत्ता र अखण्डतामाथि गम्भीर खतरा भइरहेको छ । स्वदेशी तथा विदेशी प्रतिकि्रयावादी शक्तिहरु शान्ति प्रकि्रया भाँड्ने नयाँ संविधान बन्न नदिने सेना समायोजन हुन नदिने र देशलाई गृहयुद्धमा धकेल्ने काममा सुनियोजित ढंगले लागेका छन् । यो कठपुतली सरकारका रक्षामन्त्रीले यस महिनाको ५-११ गते गरेको भारतको सरकारी भ्रमणका बेलामा भारतबाट हतियार भित्र्याउन गरेको सहमति यसैको एउटा कडी हो । एकातिर रक्षामन्त्री र अन्य मन्त्रीहरु हतियार आयात गर्ने सहमति भएको कुरा सार्वजनिक गरिरहेका छन् भने अर्कोतिर प्रधानमन्त्री यस्तो सहमति नभएको भनी सदन र नेपाली जनतालाई ढाँटी रहेका छन् । कुनै पनि किसिमको हतिार भित्र्याउने कनै पनि सहमतिलाई खारेज गरी हतियार नभित्र्याउन यो सरकारलाई चेतावनी दिन चाहन्छौं । यदि त्यसो गरिएन भने त्यसबाट उत्पन्न सबै परिणामको जिम्मेवार यही सरकार हुने कुरा पनि हामी जानकारी गराउन चाहन्छौं ।

३। हाम्रो पार्टीका नेता र कार्यकर्तामाथि सांघातिक हमला र हत्याका श्रृंखला निकै बढेर गएका छन् । यसका पछाडि स्वदेशी तथा विदेशी प्रतिक्रयावादी शक्तिहरुको हात रहेको पुष्टि भएको छ । यही श्रावण १० गते रौतहट जिल्लाको चाँदी खोला नजिकै हाम्रो पार्टीका राज्य समितका सदस्य र थ्ऋी केन्द्रीय सदस्य लक्ष्मण राय यादव क। हिमालको हत्या यसको सजिव प्रमाण हो । हत्याराहरुलाई अविलम्व कारबाही गर्न क। लक्ष्मण राय यादवलाई तुरुन्तै शहिद घोषण गर्न र शहिदका परिवारलाई अविलम्ब क्षतिपूर्ति रकम उपलब्ध गराउन हामी जोडदार माग गर्दछौं । यी मागहरु पुरा नगरिएमा हामी संघर्षमा उत्रन बाध्य हुने कुरा समेत जानकारी गराउन चाहन्छौं । यस प्रकारका हमला र हत्याका हर्कत नगर्न पनि हामी चेतावनी पनि दिन चाहन्छौं ।

४। कठपुतली सरकारको गलत आर्थिक नीति र सरकारका माथिल्लो निकायमा रहेका व्यक्तिहरुाे कालाबजारी र कमिशन खोरहरुसँगको साँठगाँठका कारण यतिबेर इतिहासमै नभएको चर्को मूल्यवृद्धि जनताले व्यहोर्नु परिरहेको छ । नयाँ बजेट प्रस्तुत गरेपछि मात्र कतिपय दैनिक उपभोग्य वस्तुहरुमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । यो मुल्य वृद्धिको असर समग्र आर्थिक जीवनमा विस्तार हुँदै गएको छ । यो आकाशिएको मूल्य वृद्धि तुरुन्त नियन्त्रण गर्न हामी जोडदार माग गर्दछौं ।

५। अमेरिकी साम्राज्यवादले थुपारेका असीमीत परमाणु हतियारको सामना गर्ने नाममा र आपुनो साम्राज्यवादी उद्देश्य समेत पुरा गर्नका लागि अन्य शक्तिशाली राष्ट्रहरु समेत परमाणु हतियारको होडमा सामेल भएका छन् र यतिखेर विश्वभरि नै हतियारको विभीषिकाको सन्त्रासन फैलाइरहेका छन् । यसै निहुँमा अमेरिकी साम्राज्यवादले उत्तरकोरिया माथि लागु गरेकेा नाकाबन्दी अन्यायपूर्ण र भेदभाव पूर्ण छ । यो नाकाबन्दी तुरुन्त हटाउन हामी जोडदार माग गर्दछौं र अन्तर्राष्ट्रिय रुपमा नै यसको निमित्त दबाब सृष्टि गर्न हामी सबैलाई आह्वान गर्न चाहान्छौं । हामी कुनै पनि राष्ट्रसँग परमाणू हतियार हुनु हुँदैन र भएका सबै हतियार नष्ट गरिनुपर्छ भन्नै पक्षमा छौं ।

मिति ः २०६६ साउन १६ गते

पुष्पकमल दाहाल ुप्रचण्डु

अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी माओवादी

केन्द्रीय समिित

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको प्रेस-विज्ञप्ति

Filed under: Press Release

हालै हाम्रो महान् तथा गौरवशाली पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी को केन्द्रीय समितिको बैठक आदरणीय अध्यक्ष क।प्रचण्डको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा अत्यन्तै शानदार एवम् भव्यतापूर्वक सम्पन्न भयो । यो बैठकमा लिइएका निर्णय तथा पारित प्रस्तावहरुबारे यो प्रेस-विज्ञप्ति मार्फत् निम्न अनुसार सार्वजनिक गरिएको छ ः
१- िसंगो क्रान्ति महान् जनयुद्ध र जनआन्दोलनका ज्ञात तथा अज्ञात सम्पूर्ण अमर शहीदहरुप्रति एक मिनट मौन धारण गरी भावपूर्ण श्रद्धााजली अर्पण गरियो ।
२- अध्यक्ष क।प्रचण्ड७बचष्लनसारा प्रस्तुत वर्तमान परिस्थिति र सर्वहारावर्गको ऐतिहासिक कार्यभार शीर्षक राजनीतिक तथा सांगठनिक प्रस्ताव निकै खुला हार्दिक र सौहार्दपूर्ण वातावरणमा व्यापक छलफल तथा बहस गरी सर्वसम्मत रुपमा पारित गरियो । सो प्रस्तावका मूल विषयहरु निम्न अनुसार रहेका छन्ः
क प्रस्तावमा सर्वप्रथम अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन गरिएको छ । तदनुसार साम्राज्यवादी विश्वव्यवस्थाको केन्द्रका रुपमा रहेको संयुक्त राज्य अमेरिकामा विस्फोटित बन्दै गएको चरम वित्तीय संकट र त्यसबाट पार पाउनका लागि उनीहरुले थोपर्न सक्ने भीषण युद्धविभीषिकामाथि ध्यान िदंदै विश्वका तमाम न्याय समानता शान्ति र स्वतन्त्रताका पक्षधर शक्तिहरु यस प्रकारको संकट र युद्धविभीषिकाका विरुद्ध एकजुट बन्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
ख प्रस्तावमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विश्लेषण गर्दै तथा विश्वमा वस्तुगत परिस्थितिको तुलनामा कम्युनिष्ट अँन्दोलनको आत्मगत अवस्था कमजोर रहे पनि अहिले पनि विश्वमा क्रान्ति नै मूल प्रवृत्ति रहेको कुरामाथि ध्यान िदंदै क्रान्तिलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि विश्वभरिका क्रान्तिकारी मालेमावादी पार्टीहरुसंग आवश्यक सम्बन्ध कायम राख्ने कुरामा समेत जोड दिइएको छ ।
ग प्रस्तावमा राष्ट्रिय राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको संविधानसभाको निर्वाचन मार्फत् नेकपामाओवादीले अग्रता हासिल गरी सरकारको नेतृत्व गर्दै शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर् याउने प्रकि्रयामा अगाडि बढेको र नयाँ संविधानको निर्माण गर्ने प्रकृयालाई प्रभावकारी ढंगले आगाडि बढाउँदै लगिएको सन्दर्भमा त्यसका विरुद्ध वैदेशिक प्रतिकि्रयावादको ना¨ाे हस्तक्षेपमा घोर दक्षिणपन्थी तत्वहरुको कठपुतली सरकार कायम गरिएको कुरा उल्लेख गरिएको छ । साथै साम्राज्यवादी-विस्तारवादी शक्तिहरुसंग नेपाल राष्ट्र र जनताको आधारभूत अन्तर्विरोध तीब्र बन्दै जान थालेको कुराको उल्लेख गर्दै तत्काल दलाल नोकरशाही पुँजीपति र सामन्तवर्गसंगको नेपाली जनताको अन्तर्विरोध प्रधान बन्न गएको कुरा दर्शाइएको छ ।
घ प्रस्तावमा माक्स्रवाद-लेनिनवाद-माओवाद÷विचारलाई पथप्रदर्शक सिद्धान्त मान्ने सामन्तवाद साम्राज्यवादका विरुद्ध नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादको राजनीतिक कार्यदिशा तथा उद्देश्यसंग सहमत हुने विभिन्न क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा समूहसंगको पार्टी एकता प्रकृयाको उल्लेख गर्दै त्यसको उच्च मूल्या७क्ष्बअगतभसकन गरिएको छ ।
७यचमास प्रस्तावमा पछिल्लो शान्तिप्रकि्रयादेखि वर्तमानसम्म पार्टीमा देखापर्दै आएका समस्या तिनका कारण र कमजोरीहरुबारे उल्लेख गर्दै तिनको मूल्या७क्ष्बअगतभसन तथा समाधान प्रस्तुत गर्ने काम भएको छ ।
च प्रस्तावमा पार्टीको तात्कालिक कार्ययोजनाको रुपरेखा निम्न अनुसार प्रस्तुत गरिएको छ ः
जनआन्दोलन र संयुक्त मोर्चाबारे
ड्डनागरिक सर्वोच्चता राष्ट्रिय स्वाधीनता शान्ति र नयाँ संविधान एवम् माओवादीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन लगायतका विषयहरुलाई लिई जनआन्दोलनलाई प्रभावकारी ढंगले अगाडि बढाउने ।
ड्डजनपरिचालन र जनआन्दोलनलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउनका लागि प्रथम पार्टीको नेतृत्वमा विभिन्न जातीय तथा क्षेत्रीय मोर्चा र विशिष्ट व्यक्तित्व सहितको संयुक्त मोर्चा र ि७बचष्लनसतीय पार्टीको पहलमा सम्पूर्ण वामपन्थी प्रगतिशील देशभक्त र नागरिक सर्वोच्चताका पक्षधर अन्य पार्टी संघसंस्था तथा व्यक्तित्वहरुसंग बृहत्तर संयुक्त मोर्चाको निर्माण गर्ने ।
ड्डसंयुक्त मोर्चामार्फत जनआन्दोलन तथा अन्तरिम संविधानको भावना र मर्म अनुरुप जातीय तथा क्षेत्रीय स्वायत्त प्रदेश स्थापनाको घोषणा र स्थानीय निकाय गठनका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने ।
नयाँ संविधानवारे
ड्डजनताको संघीय गणतन्त्रमा आधारित सामन्तवाद साम्राज्यवाद विरोधी संविधान बनाउने । यो संविधानमा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानसहित देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई रक्षा र सुदृढ गर्न सक्ने तथा मजदुर किसानलगायत देशका सम्पूर्ण उत्पीडित वर्ग जाति क्षेत्र र िल¨का जनसमुदायको अधिकार सुनिश्चित गर्न सक्ने संविधान निर्माण गर्ने ।
ड्डसंविधानले स्वायत्त प्रदेशलाई पर्याप्त जनवादी अधिकार प्रदान गर्ने कुरालाई सुनिश्चित गर्दै नेपालको संवेदनशील भू-राजनीतिक स्थिति जनसंख्याको वितरणको विशिष्ट स्थिति र समाजवाद उन्मुख हुनुपर्ने प्रमुख आवश्यकतालाई ध्यानदिई केन्द्रमा पनि समुचित रुपले बलियो कार्यकारी अंग निर्माण गर्ने प्रश्नलाई गंभीरतापूर्वक लिई जनवादी केन्द्रीयताको पद्धतिलाई सुदृढ गर्ने । संविधानमा नेपाली विशेषतासहितको संघीयता तथा स्वायत्त प्रदेश र केन्द्र दुवैमा मजदुर किसान लगायत उत्पीडित वर्गको प्रतिनिधित्व र नेतृत्वमा प्रथामिकता पाउने कुरा सुनिश्चित गर्ने । स्वायत्त प्रदेशहरुको नेतृत्वका हकमा पहिलो निर्वाचनमा अग्राधिकार सुनिश्चित गर्ने तर त्यस पछि प्राथमिकतामा लैजाने नीति लिने ।
ड्डराष्ट्रपतिको निर्वाचन जनताको प्रत्यक्ष मतदान७बचष्लनसारा हुनु पर्ने निर्णय लिइएको छ ।
३- संगठन र संघर्षका प्रश्नमा निम्न अनुसारका निर्णयहरु लिइएका छन् ः
ड्डसंगठनात्मक प्रस्तावमा पार्टीको विधान संशोधन गरिएको छ । खासगरी बदिलंदो परिस्थितिलाई ध्यानमा राखी पार्टीमा जनवादी केन्द्रीयता सामूहिक निर्णय र एकीकृत सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति लगायतका विषयलाई अझ व्यवस्थित र सुदृढ बनाउनका लागि अध्यक्ष कमरेडको नेतृत्वमा बहुपदीय व्यवस्था तय गरिएको छ । जस अनुसार उपाध्यक्षहरुमा क्रमशः क।मोहन वैद्य किरण क।डा।बाबुराम भट्टराई क।नारायण काजी श्रेष्ठ प्रकाश महासचिवमा क।राम ब।थापा बादल सचिव ७बचष्लनसयमा क।चन्द्र प्र।गजुरेल र क।पोष्ट ब।बोगटीलाई सर्वसहमतिले चयन गरिएको छ र एवम् प्रकारले पदाधिकारीहरुको कार्यविभाजन पनि गरिएको छ ।
ड्डसचिवालयको पदावली परिवर्तन गरी स्थायी समिति नामाकरण गरिएको छ ।
ड्डहालै पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक आचरण सम्बन्धमा छानविन गर्न उच्च स्तरीय छानबिन आयोग उपाध्यक्ष क।मोहन वैद्य किरण को अध्यक्षतामा गठन गरिएको छ । यस आयोगको कार्यअवधि ३ महिना तोकिएको छ ।
ड्डमिथिला भोजपुरा र अबध राज्यलाई मिलाएर मधेश राज्य समन्वय समितिको गठन गरिएको छ ।
ड्डक।sृष्णदास श्रेष्ठको अध्यक्षतामा गठित केन्द्रीय सल्लाहाकार समितिमा केही सदस्यहरु थप गरिएको छ ।
ड्डपार्टीका नेता तथा कार्यकर्ताहरुको सर्वहारावर्गीय जीवन शैलीमा आइरहेको ह्रासोन्मुख स्थितिलाई ध्यानमा राखी १५ बुँदे आचार संहिता पारित गरिएको छ ।
ड्डराणाशासन विरोधी अँन्दोलनमा शहादत प्राप्त ललितपुरका हरि बहादुर खड्कीलाई सहिद घोषणा गर्नुका साथै पूर्व बंगला सर्वहारा पार्टीका तात्कालीन महासचिव तथा रिमका सदस्य समेत रहिसक्नु भएका बंगलादेशका क।अरुणको हालै असमायिक निधन भएकोमा वंहाप्रति हार्दिक श्रद्धााजली अर्पण गरियो ।
ड्डहालै भारतको लालगढमा गरिएको फौजी दमन र श्रीलंकाको तमिल जातिको मुक्ति आन्दोलनका विरुद्ध गरिएको दमनको विरोध गरिएको छ । त्यसैगरी नेपालका सीमावर्ती क्षेत्रहरुमा गरिएको सीमा अतिक्रमणको विरोध गरिएको छ । त्यसैगरी सरकारले संविधानको भावना र दलीय सहमतिका विपरीत स्थानीय निकाय सम्बन्धी संयन्त्र बनाएकोमा त्यसको विरोध गर्दै अविलम्ब दलीय सहमति र समानुपातिक प्रतिनिधित्वको आधारमा स्थानीय अन्तरिम निकाय गठन गर्न जोड दिने लगायत ५ बुँदे सम-सामयिक प्रस्तावहरु पारित गरियो ।
ड्डनागरिक सर्वोच्चता राष्ट्रिय स्वाधीनता राष्ट्रपतिको अवैधानिक कदम महंगी लगायतका जनजीविकाका प्रश्न स्वायत्त गणराज्यहरुको स्थापना स्थानीय निकायहरुको गठन माओवादी नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको गठन लगायतका विषयहरुलाई लिएर सशक्त जनआन्दोलन उठाउने निर्णय गरिएको छ । यस सम्बन्धी ठोस कार्ययोजना छिट्टै गठन हुने संयुक्त मोर्चा मार्फत् सार्वजनिक गरिनेछ ।
ड्डजाजरकोट रुकुम लगायतमा फैलिएको महामारी नियन्त्रण सहयोगार्थ स्थायी समिति सदस्य क।गिरिराज मणि पोख्रेलको नेतृत्वमा त्यस क्षेत्रमा सभासदहरु सहितको एउटा जनस्वास्थ्य अभियान टोली गठन गरिएको छ ।
अन्तमा असाधारण परिस्थितिमा सम्पन्न केन्द्रीय समितिको यो वैठक एकता-संघर्ष र रुपान्तरणका बीचबाट पार्टीलाई नयाँ आधारमा एकताबद्ध तुल्याउन र नयाँ उचाइमा आधारित यो प्रस्ताव पारित गर्न असाधारण रुपमा शानदार ढंगले समृ७बचष्लनस बन्न गएको कुराको उल्लेख सहितको सारगर्भित मन्तव्य प्रस्तुत गर्दै अध्यक्ष क। प्रचण्ड७बचष्लनसारा बैठकको समापन गरियो ।
हाम्रा नाराहरु ः
ड्डमाक्स्रवाद-लेनिनवाद-माओवाद ÷ विचार जिन्दावाद ७३ढटण्स
ड्डमहान् सर्वहारा अन्तराष्ट्रियवाद जिन्दावाद ७३ढटण्स
ड्डविश्व साम्राज्यवाद तथा विस्तारवाद मूर्दावाद ७३ढटण्स
ड्डनयाँ जनवादी क्रान्ति जिन्दावाद ७३ढटण्स
ड्डजनताको संघीय गणतन्त्रको स्थापना गरौं ७३ढटण्स
ड्डराष्ट्रिय स्वाधीनताको राक्षा गरांै ७३ढटण्स
ड्डराष्ट्रघाती प्रतिक्रान्तिकारी षडयन्त्रके भण्डाफोर गरौं ७३ढटण्स
ड्डसम्पूर्ण वामपन्थी देशभक्त र गणतन्त्रवादीहरु एकजुट होआंै ७३ढटण्स
ड्डएकीकृत नेकपामाआवादी जिन्दावाद ७३ढटण्स
ड्डमहान् शहिदहरु लाल सलाम ७३ढटण्स

मितिः- १८ श्रावण २०६६
…………………………॥
प्रचण्ड
अध्यक्ष
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
केन्द्रीय समिित

July 30, 2009

प्रेश बिज्ञप्ति

Filed under: Press Release

 

 उपरोत्त सम्बन्धमा नेपाली जन प्रगतिशील मंच साउदी अरेवियाको प्रथम महाधीबेशन यहि जुलाई  २४ तारिखको दिन सम्पन्न भएको छ । उक्त अबसरमा साउदी अरेवियामा पहिलो पटक नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्ने उदेश्यले प्रतियोगितात्मक नेपालको प्रकृतिक दृष्यहरुलाई समेट्ने किसिमले तयारपारिएको चित्रकलाहरुको पनि प्रर्दशनी गरिएको थियो साथै नेपाली जनकलाकारहरुले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरियको थियो भने यस कार्यक्रम लाई सफल पार्ने संघ संस्था पार्टी  नेपाली दुतावास९रियाद० सम्मपुर्ण सहयोग पुर् याउने तमाम नागरिक समाज वुद्धिजिवी लेखक पत्रकार रं सम्पुर्ण सहयोद्धा एवं  चेतनशील वर्ग र  समुदायलाई  नेपाली जन प्रगतिशिल माच साउदी अरब हार्दिक धन्यवाद गर्दछ ।
 
   क्रान्तिकारी अभिवादन सहित
                        संयोजक भिम चापागाँई
                 नेपाली जन प्रगतिशील मँाच साउदी अरब

July 1, 2009

नेपाली तामाङ्ग समाज साउदी अरेबियाको प्रेस बक्तब्य

Filed under: Press Release

मिती स२८ ६ २००९

आदरणिय जनसमुदायहरु
बैशाख २९ गतेका दिन काठमाण्डौ भाट भटेनि दुर्गा भबन महतो निवासमा एक ६५ बर्षको बृध्दाले १५ देखी १६ बर्षकी अबोध ना बालीका माथि गरेको असमाजिक कु कृत्यको घोर भत्स्रना गर्दछ तामाङ्ग समाज साउदी अरब ।
निरीह प्रशासन कमजोर नागरीक समाज र देश संक्रमणकाल बाट गुज्रीरहेको अबस्थामा एक अबोध ना बालीका माथि आफुमा भएको मानबिय मानसिक सन्तुलन गुमाउदै दानबिय रुपमा पशु भन्दा पनी तल गिरेर जुन किसीमको अमानबिय ब्यबहार गर्ने निज ६५ बर्षीय राम आषिश महतोलाई कडा भन्दा कडा सजाय नतोकिय सम्म तामाङ्ग समाज साउदी अरबले नेपालमा भएका सम्पुर्ण तामाङ्ग जातीहरुलाई कडा संघर्षमा उत्रन हार्दिक अपिल गर्दछ । र साथै दुई चार पैसाको लालचमा र् याल काटेर अपराधीको घरमा पुर् याउने पुजा भन्ने लक्ष्मी लामा र संगीता थापालाई चेलीबेटी बेचबिखन सम्बन्धि सार्बजानीक मुध्दा लगाई आजिबन काराबासको सजाए तोकीयोस भन्ने हाम्रो मान्यता छ ।
गरीब र निरीह जनताको छोरीहरुमाथि आफ्नो स्वार्थ पुरा गर्दै धाक धम्की र ज्यानमार्ने डर र त्रास देखाउदै महिलामाथि गरीएको शोसण अन्याय र अत्यचारको ढाक छोप पैसाले गर्न सकिन्छ भन्ने जुन मानसिकताका साथ त्यसरी त्यस दुर्गा भबन महतो निवास भित्र धेरै चेलीबेटीहरुको चित्कार गुाजीसकेको छ होला अब पैसाले नेपालको कानुन र नेपालको प्रशासन किन्ने र दिनदाहाडै आफ्ना काला कर्तुत प्रश्तुत गर्ने अपराधिहरु खबरदार …। अपराध गरीसके पश्चायत हाल फरार भै सकेको जानकारी प्रहरीले दिइसकेको छ तर निज अपराधी त्यही भबन भित्र आरामले बसिरहेको हुन सक्छ । जनताको जिउ धन र सुरشामा खटेका प्रहरी प्रशासन हिम्मत गर्नु समातेर अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिन सक्नु पर्छ हाईन भने घुस खान मात्रै जान्ने जनतामाथि भएको अत्यचारलाई सामान्य भन्दै अपराधिहरुलाई सामान्य तारीकमा अदालतले छोड्दै जाने र जनताले आवाज उठाउदा फरार भयो भन्दै त्यतीकै झिस मिस हुन्छ भन्ने मानसिकता र चिन्तनबाट ग्रस्त हाम्रो नेपालको प्रशासन अझै परीबर्तन हुन सकेको छैन यदी यसरीनै धनिबर्गको चाकडी गर्ने हो र कानुन गरीबको निम्ती मात्रै लागू हुने हो भने गरीब र अन्यायमा परेका जनताहरु फेरीपनी जुर्मुराउनै पर्दछ र आबश्यकता पनी छ । यदी अपराधीहरु लाई छुट दियर अन्यायमा परेका जनता माथि फेरी कानुन अन्ध बनेर बस्छ भने कानुनी कार्बाही होईन जनकार्बाही गरीनु पर्दछ र नेपाली जनताले खाजेको पनी त्यही हो । अन्तराष्ट्रिय गैर आबसिय नेपाली संघ का अध्यش उपेन्द्र महतो यदी साूच्चिकै नेपाल निर्माण गर्न दौड धुप गर्न हिडेका हो भने सबै भन्दा पहिले आफ्नो बलात्कारी बुबालाई कानुनको दाएरामा उपस्थित गरीयोस हाईन भने पैसा भन्दा बलीयो जनशक्ति हो । श्रमजिबीबर्गका जनताहरुलाई सम्मान गर्न सिक्नुहोस । घटना सामान्य हो भनेर चुपचाप लागेर बस्ने नेपाली दाजुभाईहरु त्यस ठाूउमा तपाईको चेलीबेटी भएको भए तपाई सहेर बस्न सक्नुहन्छ

तामाङ्ग समाज साउदी अरब

केन्द्रीय कमिटी

June 28, 2009

किडनीमा पत्थरि पिडित योगीलाई युनिटी कन्फिडेन्स ग्रुप साउदी अरेवियाद्वारा आर्थिक सहयोग

Filed under: Press Release

हामीलाई विदितै भएको कूरा हो मानिश सामाजिक प्राणी हो उ समाजमा नै संगवठत भएर बस्न रुचाउंछ हाम्रै देश नेपालमा पनि विभिन्न धर्म संस्कार अनि भाषाहरुको एक संगम रहेको तथ्य हामीबाट लूकेको छैन यिनै गरिमामय इतिहास बोकेका विभिन्न संास्कृतिक संघ संस्थाहरुबाट राष्ट्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा केही सामाजिक आर्थिक टेवा पूग्ने काम अवश्य भएको छ यही साना साना काम गरेर मात्र महान कार्य गर्न सकिन्छ भन्ने मूल नाराका साथ अधि बढेको कन्फिडेन्श समुह साउदी अरेवियाका प्रतिनिधी श्री कृण्ण प्रसाद शर्मा सूवेदी र बिण्णू बहादूर थापाले हाम्रो यस नेपाली जन प्रगतिशिल मँाच साउदी अरेबियाका सहयात्रि एंव केन्द्रिय कमिटीका सचिव अमर योगीजीको किडनीमा पत्थरि भएको र आर्थिक अबस्था निकै कमजरोर भएकोले वहाँको उपचारको लागी मानवियताको कदर गर्दै श्री कृण्ण प्रसाद शर्मा सूवेदी र बिण्णू बहादूर थापाले उहाको उपचारको लागि साउदी रियाल १००० सयोग गर्नू भएकोमा नेपाली जन प्रगतिशिल माचले उहांहरुलाई धेरै धेरै बधाई एवं धन्यवाद गर्दछ ।

May 25, 2009

नेपाली जन प्रगतिशील मँच्च साउदी अरबको प्रेस विज्ञप्ती

Filed under: Press Release

आज र्तक बिर्तक सहित धेरै कुराहरु मिडियामा आउँदा हामी पनि मिडिमाहरुमा सैदान्तिक रुपमा कमल चलाउने भएको हुनाले चिन्त नबुझेका कुराहरु लेख्ने स्वतन्त्र हरेक व्याक्तिमा छ सोहि अनुरुप सहि सत्य लेख्न उचित हुनेछ हामिलाई लेख्दा बोल्दा वहस गर्दा एँव हरेक ठाउमा सिमा हुन्छ त्यो सिमा भन्र्दा बाहिर गएर मनमा जे आयो त्यो चाहि लेख्न बोल्न या वहस गरेमा गैर जिम्मेवारी हुन जान्छ हामीलाई आशा छ जो कसैले पनि गैर जिम्मेवारी लेख्न बोल्र्दा प्रतिकुल रुपमा कसलाई कति असर पर्छ वा सहि सत्य हो वा होईन छुटत्यार कलम चलानु नै सहि यर्थाथमा वस्तु वादी हुनेछ हामीले भन्न खोजेको साउदी अरबमा ४ लाख नेपालीहरु कामदार छन वर्गिय स्वतन्त्र पनि छ भने धेरै सँग सस्था छन ।

<!–more–>

जस्मा एक मात्र यस्तो सँगठन हो जसले आफू र आपनो सँगठन स्वतन्त्र छैन भन्ने स्प्रस्ट पादै आएको छ नेपाली जन प्रगतिशिल मँच हाम्रो सिमा छ सिमा भन्दा बाहिर हामी जान सक्दैनौ अब छलफल गरौ देश छोडी शार्क देश भन्र्दा बाहिर बस्ने नेपाली गैर आवाशी हुन्छ दुई मत छैन तर शोषणअलपत्रठगी धोका एँव हामीलाई यहाँ सम्म पूराउने मुख्य कारक तत्वो चाईमा दुई मत हुनै सक्दैन तर वस्तुवादी विश्लेशण गर्न सक्नु पर्छ तर त्यो हुन नसक्नु बिडम्वना नै हो।
त्यस कारण पनि जुन जुन देशमा नेपाली श्रमजिवी वर्गहरु छन् त्यहाँ सँग सस्था हुन पनि स्वाविकै पनि हो त्यस अनरुप साउदीमा पनि धेरै सँग सस्थाहरु छन् त्यो मुख्य होईन मुख्य त कुन सँगठनले श्रवहारा श्रमजिवी वर्गको न्याए मुक्ति हक अधिकारको वकालत गर्दछ त्यो चाई मुख्य रुपमा हामीले वस्तुवादी तरिकाले बुमुनु पर्छ । तर तेसो हून सकेन र बर्षाका च्याउ जस्तै मजदूरहरुको श्रमजिवी वर्गको नाममा सँगठन या सँस्था निर्माण भएका छन् हूदै छन र हूने पनि छन् जो साउदी अरबमा पनि देखिुएको छ तर छूत्याउने काम आम श्रमजिवी वर्गको नै हो साउदी अरबमा देखिएका धेरै सँग सस्थाको म अहिले वैचारिक रुपमा शस्लेशण गर्न भन्दा एर्थावमा मजदूर वर्गहरुको हकहित न्याए मूक्तिको लाई हामी सबै सँग सस्था सँग सामु सवालमा सहकार्यको निती जन प्रगपतिशिल मँचले अपनाएको स्पस्ट हूदा हूदै पनि कतिपय कोण बाट हाम्रो अथवा साउदी अरकै सँग सँगठनहरुलाई हस्तक्षेप गर्ने तर्क मिडीयामा आउदा हामी अत्यातै भावूक सम्म भएका छौ र सबै सँग सस्थाहरु पनि भावूक छन वा छैनन त्यो हाम्रो टाउको दूखाई होईन तर जन प्रगतिशिल मँचलाई वैचारिक रुपमा सैदान्तिक रुपमा परिचालन गर्ने ने ए माओवादी पार्टी मात्र हो अरु कूनै पनि हून सक्दैन र सक्ने पनि छैन यसमा NRN ले जून विश्लेशण छ सरासर गलत र भ्रामिक छ यो मँचको निस्र्कश पनि छ सैदान्तिक् रुपमा सहमती हुन नसकेपनी मजदुर हरुको श्रम्जिबी बर्गहरुको हक अधिकार न्याए र मुक्ती लाई मन्च सबै संगठन संघ सस्था हातेमालो गर्ने निती भयता पनि तेस लाई गैर जिम्मेबारी पूर्ण अविब्याक्ति दिन N.R.N को निती पर्ति शंका उपसंका गर्न पर्ने हुन्छ हामी नचाहदा नचाहदै पनि बाद्दे भएर N.R.N को बारेमा टिप्प्णी गर्न ठानेका छौ किन कि N.R.N ले साउदी मा रहेका सबै संघ सस्था संगठन हरुलाई चलाएको अविव्याक्तिले प्रश्न चिनह उठेको छ N.R.N पुजिपती को सेरोफेरोमा रहेको सस्था भएको हुनाले हाम्रो मन्च सर्वहारा बर्गको नेत्रूत्व गर्ने पार्टी को जन बर्गिए संगठन लाई कसरी परिचालन गरेको छ N.R.N ले स्पस्ट पारेको हुनुपर्छ भने अरु साउदीमा प्रबासी सँघ तमु समाज लुम्बिनी मन्च मिलन केन्द्र आदी को बाट परिचालित छन त्यो टाउको दु:खाइ हाम्रो होइन उनै सम्स्था हरुको हो N.R.N को वास्तव मा बिस्लेसण गर्दा हामी गैर आबासिय हौ दुई मत छैन तर गैर आबासिय भयता पनि खास गरी खाडी मुलुक बाट पुजिपती को सेरोफेरो लाई आत्मै ढेखी सुइकार गर्न सक्ने हामी लाई लाग्छ N.R.N मात्र हो फेरी हाम्रो बिस्लेसणमा युरोपेलियेन् देशहरुका N.R.N जुन सस्था छ त्यो खाडीका N.R.N भन्दा केही भिन्न देखिनु स्वभाबिकै पनि छ येस्मा थुप्रो बिसएहरु पनि छन जो आगामी दिन्मा छलफल गर्न पर्छ भन्ने सम्म हाम्रो सोचाइ छ हामीलाई लाग्छ साउदी अरब मा भएका सबै सघ सस्था बर्गिए स्वतण्त्र छ वा छैनन त्यो स्वएम संगठन सस्था को निती कार्येकरम् बाट स्पस्ठ हुन्छ तर जन प्रगतिशिल मन्च बर्गिय छ स्वतण्त्र छैन जनबाद् को साथ् साथ् केन्द्रिय सम्म लागु भएको हुनाले N.R.N को परिचालन् गर्न सवाल नै उठदैन उक्त धर्म K.C ज्यु ले दियको अन्तर्वाता बाट भरम मा नपर्न हामी सम्पूर्ण श्रमजिवी वर्गहरुलाई अनुरोध सम्म गर्न चाहान्छौ स्पस्ट रुपमा भन्नू पर्दा पूजिपति र सर्वहारा निम्न सर्वहारा वर्गको अन्तर बिरोध नै मूख्य अँतर बिरोध हो फेरी त्रिर पक्षय खाडी अन्तर बिरोध नै खाडी मूलूका श्रमजिबी वर्गको निकाश पनि होईन किन कि खाडीमा कार्यरत सबै श्रमजिवी वर्गहरुले दिर्धकालिन रुपमा पूजिवादलाई स्वकार गर्न सक्दैनन तर केहि व्याक्तिहरु पूजिवादलाई तफ रुपान्तर हून खेल खेल्ने प्रयास गर्न सक्छन उक्त संग सस्था वा सँगठनका व्याक्तिहरु यर्थाथमा भविश्यमा खेलाउना नै बन्ने छन त्यस कारण खाडी मूलूकमा हामी गैर आवासीय हौ श्रमजिवी हौ र संग सस्था वा सँगठन सँग आवब् छौ कून संग सस्था वा सँगठनको निति कार्यक्रम बूमुन जरुरी छ त्यसै अनूरुप हामी अगाडी बढेमा हामी सवैको हक अधिकार न्याए मूक्ति र रास्टियता जनतन्त्र जन जिबिका का सवाल लाई आत्म साथ गरौ भन्ने सबै संग सस्था सँगठन श्रमजिवी वर्गहरुलाई नेपाली जन प्रगतिशिल मँाच साउदी अरबले ध्यानर्कण गराउन चाहान्छौ ।
नेपाली जन प्रगतिशील मँच्च
केन्द्रिय समिती

प्रेस विज्ञप्ती

Filed under: Press Release

सर्वहारा वर्गको मुक्ति र सामन्ति राजतन्त्र तथा यसमा आधारीत अर्थतन्त्रलाई ध्वस्त पार्न गरीएको १० वर्षे जनयूद्धको सफलता पस्चात नेपाल र नेपालीको आमुल परीवर्तन गरी मलुकलाई नयाँ नेपाल बनाउने अग्रगामि सोच तथा प्रतिवद्धताका साथ संविधान सभाको निर्वाचनमा सव भन्दा ठूलो दल हुन सफल नेकपा माआृवादी को अध्यक्ष क। प्रचण्ड यहि अगष्ट १५ २००८ को दिन सभासदहरुका दुई तिहाई भन्दा बढी अत्याधिक प्रचण्ड वहुमतद्धरा नेपालको प्रधानमन्त्रिमा निर्वाचित हुनु भएकोमा नेपाली जनताको सयौं वर्ष देखिको विद्यमान जरजर समस्याहरुका समाधान र सर्वहारमुक्तिको सपना र आन्दोलनलाई मुक्तिकामि पथमा डोर् याउन सर्व प्रथम सर्वहरा क्रान्तिको नायक क। प्रचण्डलाई निर्वाचित गर्न सफल भएकोले आज नेपाल र नेपालीको शीर उच्चो र गौरम्भित भएको छ ।

अहिले नेपालको भाग्य बनाउने ऐतिहासिक सुवर्ण अवसर आएको र १० वर्षे जनयूद्धको औचित्य इतिहासमा सुनौलो अक्षरबाट लेख्ने महत्वपूर्ण अवसर भएकोले विगतमा जनता सामु व्यक्त नीति र कार्यक्रमहरुलाई प्रतिवद्धताको साथ तिव्रगतिमा पुरा गरी नेकपा माओवादी एउटा अग्रगामि परिवर्तकारी नायकको रुपमा स्थापित गर्न र मुलुकलाई जनता नै राष्‎को मालिक हो भन्ने सिद्धान्तमा रही संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको सवोकृष्ट संविधानको निमार्ण गरी नेपाल र नेपाली जनताहरुको सुख र सम्मृद्धिको नयाँ मार्ग प्रशस्त गर्न क। प्रचण्ड सफल हुनुहुने छ एवं आدनो कार्यकाल भरी काम गर्न सहज र सरल वतावरण बनोस भन्ने सफलताको शुभकामना नेपाली जन प्रगतिशिल माच साउदी अरब व्यक्त गर्दछ ।

लाल अभिवादन

क। लाभा संयोजक
तदर्थ केन्द्रिय कमिटी
नेपाली जन प्रगतिशिल माच साउदी अरब

Protected: उपराष्ट्रपतिलाई पदबाट फिर्ता गराई्र नेपाली जनता र आफ्नै मतदाताको सम्मान गर्न जोडदार मागं ।

Filed under: Press Release

This post is password protected. To view it please enter your password below:

Free MySpace Counters
ACLens.com Coupons