NPPF :: Vidan

August 3, 2009

एकीकृत ने. क. पा. माओबादीको केन्द्रीय तदर्थ समितिका सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता

Filed under: Vidan

१। के।स।sा सबै सदस्यहरु क्रान्तिको स्वार्थप्रति एकनिष्ठ पूर्णकालीन पेशेवर क्रान्तिकारी हुनुपर्दछ ।

२। केन्द्रीय सदस्यहरु पार्टीले खटाएअनुसार जहिले पनि र जहाँ पनि विनाशर्त काम गर्न तयार रहनुपर्दछ । पार्टीमा आफ्नो कामको रुचीको फाँट राख्न सकिनेछ । तर व्यक्तिगत सुविधालाई केन्द्रमा राखेर जिम्मेवारी माग गर्न पाइनेछैन ।

३। केन्द्रीय सदस्यहरु पार्टीको निर्णय र योजनामा बाहेक कुनै पनि आर्थिक उपार्जनका काममा संलग्न रहनु हुँदैन ।

४। सबै केन्द्रीय सदस्यहरुले आर्थिक मितव्ययिता अपनाउनुपर्दछ । आय÷व्ययको विवरण पार्टी समक्ष पारदर्शी गर्ने र प्रत्येक तीन महिनामा सोको विवरण केन्द्रीय कार्यालयलाई बुझाउनु पर्नेछ ।

५। के।स।sा सदस्यहरु पार्टीको विशेष योजना अन्तर्गत निर्णय गरिएको अवस्थामा बाहेक आइ।एन।जी।ओ। र एन।जी।ओ।मा संलग्न हुनुहुँदैन ।

६। कुनै पनि केन्द्रीय सदस्य जाती वर्ण वा रंगको आधारमा छुवाछुत वा त्यसप्रकारको कुनै पनि भेदभावको कार्यमा संलग्न हुनुहुँदैन । त्यसलाई अपराधको रुपमा लिई पार्टी कार्वाहीको विषय बनाइनेछ ।

७। केन्द्रीय सदस्यहरुले एकाघरको परिवारको आर्थिक स्थिति र कारोवार पार्टी समक्ष पारदर्शी ढंगले राख्नुपर्दछ ।

८। केन्द्रीय सदस्यहरुले आफ्नो कार्यक्षेत्रमा नै मुकाम कायम गर्नुपर्दछ । कार्यक्षेत्रबाहेक अन्यत्र डेरा लिन पाइनेछैन ।

९। केन्द्रीय सदस्यहरुबाट भ्रष्टाचार तस्करी पार्टीको नाममा आफ्ना लागि गोप्य आर्थिक चन्दा संकलन गरिएको पाइएमा त्यसलाई अत्यन्त गम्भीर अपराधको रुपमा लिई कडा कार्वाहीको प्रकि्रयामा लगिनेछ ।

१०। केन्द्रीय सदस्यहरुले सर्वहाराकरण र सांस्कृतिक रुपान्तरणको समग्र पक्षलाई आत्मसात गर्दै त्यसअनुकूल आफूलाई रुपान्तरण गर्दै लैजानुपर्दछ र त्यसक्रममा निजी सम्पति पार्टीकरण गरी भौतिक सर्वहाराकरण समेत गर्नुपर्दछ । सबै केन्द्रीय सदस्यहरुले आफ्नो सम्पति पार्टीलाई बुझाउनुपर्दछ ।

११। केन्द्रीय सदस्यले पार्टीको खर्चमा विदेश र महंगा निजी एवं आवासिय विद्यालयहरुमा छोराछोरीलाई पढाउन पाइने छैन ।

१२। स्थायी समितिका सदस्यहरुले गाडी प्रयोग गर्न पाउने छन् । राज्य कार्यालयहरुमा कार्यालयको उपयोगको लागि एउटा गाडी राखिनेछ । के।स।हरुले आवश्यक परेको खण्डमा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् ।

१३। स्थायी समितिका सदस्यहरुले १ जना ड्राइभर र अन्य २ जना सहयोगी राख्न पाउने छन् । पी।बी।एम।हरुले १ जना सहयोगी राख्न पाउनेछ । सुरक्षा स्थितिलगायतका विशेष कारणबस अन्य कसैलाई गाडी वा सहयोगी अत्यन्त आवश्यक भएमा केन्द्रीय कार्यालयको अनुमतिमा गर्न सकिनेछ ।

१४। केन्द्रीय सदस्यका एकाघरका परिवारका सदस्यहरु पार्टी वा पार्टीसँग सम्बन्धित कुनै न कुनै संगठनमा आबद्ध भई कि्रयाशील हुनुपर्दछ ।

१५। केन्द्रीइ पदाधिकारीहरुले २ महिनामा १ दिन र अन्य सबै के।स।स।हरुले महिनाको १ दिन शारिरीक श्रममा भाग लिनेछन् ।

Free MySpace Counters
ACLens.com Coupons